• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कृष्ण थापाको पुनर्वहाली हुँदा स्वघोषित क्रान्तिकारीहरु किन मख्ख ?


  •   सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
  • शुक्र भण्डारी

    Advertisement

    गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसाधारण सदस्य प्रदेश सांसद कृष्ण थापाको सांसद पद पुनरवहाली हुँदा प्रतिगमनकारी र प्रतिगमनका मतियारहरू सामाजिक सञ्जालमा खुबै रमाएको, खुसी प्रकट गरेको वा राजमोविरूद्ध खुवै इख फेर्न खोजेको देखियो । कृष्ण थापालाई सर्वोच्चको पुनरवहालीको फैसलाले राष्ट्रिय जनमोर्चालाई कुनै फरक पार्दैन र त्यसलाई आश्चर्य वा अनोैठो मान्नु पर्ने कुनै कुरा पनि छैन । प्रतिगमनकारीहरू रमाउनु पनि कुनै अनोैठो कुरा भएन, उनीहरू त्यही योजनामा थिए र सर्बोच्चलाई आफ्नो प्रभावमा पारेर सिलसिलेवार रूपमा धेरै यस्ता काम गराउँदै आएका छन् त यो गरे के अनोैठो कुरा भयो ?

    तर आश्चर्यको कुरा त के छ भने स्वघोषित कथित क्रान्तिकारीहरूले यसको किन समर्थन गरेका छन्, किन खुसी प्रकट गरेका छन, किन रमाइ रहेका छन्, यसबाट उनीहरूलाई के प्राप्त भएको छ, के लेनदेन प्राप्त भएको छ वा उनीहरूको कुनचाहिँ स्वार्थ पूरा भएको छ ? उपरोक्त प्रश्नहरूको जवाफ पनि भविष्यमा पक्कै पनि मिल्दै जाने नै छ ।

    सांसद पद कुनै कार्यकारी पद होइन, यो पार्टीको घोषित नीति, निर्णय र निर्देशन अनुसार पार्टीको विचार वा दृष्टिकोण प्रकट गर्ने जिम्मेवारी हो । त्यसका लागि अनुकुल अबस्था नभएमा बरू बाहिरिने ठाउँ हो । सत्ताका लागि मरिहत्ते गर्नेहरूका लागि त ठिकै होला तर राष्ट्रिय जनमोर्चा जस्तो पार्टीका सदस्यका लागि सर्वोच्च गइ–गइ पद व्यूँताउनुपर्ने कुरालाई सहज र स्वभाविक मान्न सकिँदैन । यो कुराबाट राजमोले कृष्ण थापालाई पार्टीबाट निष्कासन गर्ने कुरा ठिक र जायज रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।

    राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई केन्द्रीय सदस्यसहित साधारण सदस्य समेतबाट निष्कासन गरिसकेको छ । ती पदहरू सर्वोच्चको फैसलाले व्यूँतिने कुरा पनि भएन । कुनै पनि राजनैतिक व्यक्तिका लागि सबै भन्दा ठूलो पद नै उ संलग्न पार्टीको साधारण सदस्यता हो । त्यो नै गुमिसकेको अबस्थामा अन्य जुनसुकै पदको कुनै अर्थ हुँदैन । झनै सांसद पद त पार्टीका दृष्टिमा एउटा प्राविधिक पद मात्रै हो । वडा अध्यक्ष वा पालिका अध्यक्ष यी कार्यकारी पद हुन् । यी पदमा रहनेहरूले पार्टी सदस्य नभए पनि काम गर्न सक्लान तर कृष्ण थापाले गण्डकी प्रदेश सभामा के गर्नु होला ? कस्को विचार, दृष्टिकोण, निर्णय, निर्देशनको पालना गरेर प्रस्तुत हुनु होला ? अब उहाँबाट हुन सक्ने काम हो, प्रतिगमनको मतियार पृथ्वीसुब्बा गुरूङको सत्ता जोगाइदिने र डुङडुङती गन्हाउने प्रतिगमनको कुम्लो बोकेर गाउँ गाउँ हिँड्ने ।

    राष्ट्रिय जनमोर्चाले अनुशासन तथा निर्णय, निर्देशनको उल्लंघनको कारवाही गरेपछि उहाँले आफ्नो प्राकृतिक विचार प्रकट गर्नु भएको थियो त्यो थियोः गाउँमा जान्छु तरकारी खेती गर्छु, भैंसी पाल्छु तर अदालत जाँदिन । पछि उहाँ सांसद पद व्यूँताउन अदालत जानु भयो । उहाँको कथन र कार्यले किन मेल खाएन ? उहाँ कस्को योजना, निर्णय र निर्देशन बमोजिम अदालत जानु भयो ? केही त देखिएकै छन् र बाँकी पनि भविष्यमा देखिँदै जानेछन् ।

    राष्ट्रिय जनमोर्चाले कांग्रेसलाई समर्थन गरेको अफवाह फैलाउने काम वडो जोडतोडका साथ भैरहेको छ । राष्ट्रिय जनमोर्चा प्रतिगमन विरोधी संयुक्त आन्दोलनमा छ । बिषयबस्तुसँग सहमत हुनेसँग संयुक्त आन्दोलन गरिन्छ र त्यो अहिलेको मात्र नोैलो कुरा पनि होइन । प्रतिगमनकारी पक्षलाई कमजोर बनाउने आन्दोलनको कार्यक्रम अनुसार नै गण्डकी प्रदेशमा एमाले सरकारलाई हटाउन खोजिएको हो । संयुक्त आन्दोलनमा भएका सबै शक्तिको त्यो साझा विषय हो यसलाई कांग्रेसलाई समर्थन गरेको भन्ने कुरै आँउदैन ।

    जहाँसम्म चुनावमा एमाले संगको तालमेलबाट जितेको भन्ने प्रश्न उठाउने गरिएको छ, त्यो त एमालेको मतले राजमोले दुई सिट जित्दा, राजमोको मतले एमालेले ४ सिट जितेको छ । त्यही आधारमा के एमालेका ४ जना सांसद राजमोको नीति अनुसार चल्छन ? यो त केटाकेटी तर्क भयो । चुनावमा कार्यगत एकता भयो, चुनाव सकियो त्यो पनि सकियो । फेरि चुनावमा सहकार्य गर्ने शक्ति आधा भन्दा धेरै माधव नेपाल पक्ष र माओवादी केन्द्रसँग त अहिलेको प्रतिगमन विरोधि आन्दोलनमा त सँगै छोैँ त । यो कृष्ण थापा वा प्रतिगमनकारी वा कथित क्रान्तिकारीहरूको प्रतिगमनलाई सहयोग पुर्‍याउने रणनीति भन्दा अरू केही हुन सक्दैन । तर एउटा कुरा के निश्चित छ भने हरेक आरोह, अबरोहका बिचबाट प्रतिगमनका विरूद्धको आन्दोलन अगाडि बढ्छ र प्रतिगमनलाई परास्त गरि छाड्छ ।

    (सामाजिक सञ्जालबाट । भण्डारी प्रगतिशील पत्रकार संघ,नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • २.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ५.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ६.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ७.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ८.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.