• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना कहर र केपी ओलीको प्रतिगामी कदम


  •   सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
  • चेतनाथ आचार्य ##
    यतिबेला विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त छ । तुलनात्मक रूपमा पहिलो महामारीको लहरबाट बच्न सफल नेपालीहरू दोस्रो लहरबाट लाखौँको सङ्ख्यामा सङ्क्रमित भएका छन् । मृत्यु हुनेको सङ्ख्या पनि कहालिलाग्दो छ ।

    Advertisement

    विज्ञहरूले कोभिडको दोस्रो लहर आउने सङ्केत पहिले नै गराइसकेका थिए । दोस्रो लहर रोक्न राज्यको तर्फबाट पूर्वतयारीका लागि समयमै ध्यान गएन । सङ्क्रमणको चेनब्रेक गर्न भनी लगाइएको निषेधाज्ञाले पनि सङ्क्रमण दर रोक्न सकेको छैन । अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गर्न नसक्दा नेपालको स्वास्थ्य प्रणाली कोल्याप्स भएको हो कि भन्ने आम जनसमुदायमा परेको छ ।

    कोरोनाका अनेकौँ भेरियन्ट दिन–प्रतिदिन भेटिएका छन् । तिनीहरूको सङ्क्रमण दर अत्यन्तै तीव्र छ । निको भएका सङ्क्रमितमा ब्ल्याक फङ्गस नाम गरेको भाइरसको सङ्क्रमण काल बनेर आइरहेको छ । समयमै सबैको सचेत प्रयत्नबाट यसको नियन्त्रण र रोकथाम सम्भव छ । जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो कर्तव्य हुन जान्छ । तर सरकार यो दायित्वप्रति बेखबर छ ।

    कोभिडका कारण देशको सबै क्षेत्र तहसनहस भएको छ । मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गइरहेको छ । लाखौँको सङ्ख्यामा विधार्थी विद्यालयबाहिर छन् । उनीहरूको भविष्य अनिश्चयको भुमरीमा फसेको छ । उद्योगधन्दा, होटेल व्यवसाय धरासायी बनेका छन् । महङ्गीले आकास चुम्न लागेको छ । हजारौँ श्रमजीवी वर्गको रोजगारी खोसिएको छ । दैनिक मजदुरी गरेर बिहानसाँझ हातमुख जोर्नुपर्ने तप्काको झन् कन्तविजोग भएको छ । निकट भविष्यमै भोकमरीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ ।

    स्वास्थ्यविज्ञहरू छिट्टै नै तेस्रो, चौथो लहर आउने चेतावनी दिइरहेका छन् । अब आउने सङ्क्रमणको लहरले बालबालिका आक्रान्त हुने प्रक्षेपण गरिएको छ । दोस्रो लहरको सङ्क्रमणबाट पनि विश्वभर बालबालिका मृत्यु हुनेको सङ्ख्या उच्च छ । कोरोनाका कारण विश्वभर धेरै बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् । आमाबाबु गुमाएका बालबालिकाको लालनपालन, स्वास्थ्य, शिक्षा र उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्ने चुनौती कम्ती छैन । नेपालमा यो खतरा झन् बढी छ । समयमै सरकारको ध्यान जाने सम्भावना न्यून छ ।

    कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले सम्पूर्ण शक्ति, साधनश्रोत लगाएको बताएको छ । तर हामी देखिरहेका छौँ, उसको सम्पूर्ण ध्यान सङ्क्रमण रोकथाम र नियन्त्रणभन्दा पनि सत्ता कसरी लम्ब्याउने भन्नेमा केन्द्रित छ । सत्तास्वार्थका कारण संसद विघटन गर्ने उपक्रम चलिरहेको छ । संसद विघटनको यो शृङ्खला प्राप्त उपलब्धिलाई सखाप पारेर देशलाई फासिवादीकरणको दिशामा लैजाने उद्देश्यद्वारा अभिप्रेरित छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । यसमा देशीविदेशी शक्तिकेन्द्रको हात पनि उत्तिकै रहेको छ ।

    संवैधानिक सङ्कट निम्त्याएर अधिनायकवादी शासन सञ्चालन गर्ने सर्तमा यी सबै एक ठाउँमा देखिन्छन् । तर उनीहरूको इन्टेन्सन अलग अलग छ । अमेरिकाले नेपाललाई चीन विरोधी राजनीतिक गतिविधिको केन्द्र बनाउन, चीनसँगको सम्बन्ध अलग गर्न, इन्डो–प्यासिफिक रणनीतिको अङ्ग एमससी पास गराउन चाहन्छ भने भारत हिन्दु राज्य कायम गर्न, तिब्बत बिरोधी गतिविधि गर्न एकलौटी बजार कब्जा गर्न र चीनका विरुद्ध नेपाललाई उपयोग गर्न चाहन्छ । त्यसैगरी देशीय प्रतिक्रियावादीहरू हिन्दु राष्ट्र र राजतन्त्र कायम गरी गुमेको स्वर्ग फर्काउन चाहन्छन् ।

    यसरी हेर्दा “न रहे बाँस, न बजे बाँसुरी” भने झैँ ओली र देशीविदेशी प्रतिक्रियावादीको प्रहारको केन्द्र एउटै छ । त्यो हो– संविधान । एकातिर, विदेशी साम्राज्यवादी शक्ति, देशीय प्रतिक्रियावादी शक्ति र अर्कातिर, स्वेच्छाचारी केपी ओलीको शैली, जसले लोकतान्त्रिक गणतन्त्रको आवरणमा अधिनायकवाद र निरङ्कुशतन्त्र स्थापनाको लागि आधारभूमि तयार गरिरहेका छन् । राजनैतिक मूल्यमान्यता, विधि, नियम, कानुन संविधान र स्थापित नजिरको कतै पनि ख्याल नराखी ओली जसरी पनि लामो समयसम्म सत्तामा रहिरहन चाहन्छन् । विदेशी साम्राज्यवादी र देशीय प्रतिक्रियावादी ओलीको यही महत्त्वाकाङ्क्षी भावनालाई क्यास गरेर एकपछि अर्को गलत कदम चाल्न उत्प्रेरित गरिरहेका छन् ।

    केपी ओलीले एकै चोटि प्रतिगमन र राष्ट्रघातलाई अगाडि बढाइरहेका छन् । संसद विघटन स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कार्यशैली हो भने अध्यादेशमार्फत नागरिकता विधयक जारी गर्नु र आ.व. २०७८÷७९ को बजेटबाट नदीजन्य वस्तुको निकासी पैठारी खुल्ला गर्नु घोर राष्ट्रघाती कदम हो ।

    खनिज र खानीजन्य वस्तुको दोहन अनियन्त्रित तरिकाले सुरु भइसकेको छ । दलाल र भूमाफिया यति धैरै सल्बलाइसकेका छन् कि बयान गरिसाध्य छैन । नेपालका अधिकांश नदीमा बेलगाम रूपमा टिप्पर कुदिरहेका छन् । मानौँ, यही नै सुवर्ण अवसर हो । यदि नदीदोहनको सिलसिला रोकिएन भने त्यो छिट्टै चुरेक्षेत्रमा सर्ने छ । तराई मरुभूमीकरण हुने छ । भारतीय साम्राज्यवादले चाहेको पनि त्यही हो । त्यसैले चुरेक्षेत्र दोहनका लागि भारतीय साम्राज्यवादले धेरै पहिलेदेखि नै योजनाबद्ध किसिमले दबाब दिँदै आइरहेको थियो । उसका आँखाअगाडि महाभारत शृङ्खला क्षेत्रमा रहेका बहुमुल्य जडिबुटी तथा खनिज र खानीजन्य पदार्थहरू, जस्तै– तामा, जिङ्क, युरेनियम, निकेल, चाँदी, टिन, चुनढुङ्गा, मार्बल, म्याग्नेट, कोबाल्ट नुनको भण्डार आदि अनेकौँ वस्तु झल्झल्ती देखिरहेको छ । उसले यसको दोहन गरेर दीर्घकालीन उपयोग वा निकासीको रणनीति लिएका छन् । यो योजनाबद्ध रूपमा चालिएको कदम हो । यस कार्यबाट सत्ताउन्माद कति चरम र निकृष्ट हुन्छ भन्ने थाहा हुन्छ ।

    वास्तवमा अहिले पनि प्रतिगमनको विरुद्धमा ठुलो जनमत छ । केपीले त्यो जनमतलाई आफ्नो पक्षमा उपयोग गर्न अधिकतम प्रयत्न गरे । कतैबाट उनको पक्षमा प्रतिगमन विरोधी शक्ति उपयोग हुने सम्भावना नभएपछि विदेशी शक्तिकेन्द्रको शरणमा गए । वामपन्थी नामको सरकारको हातबाट प्राप्त उपलब्धि मास्न लगाएर कम्युनिस्ट जनमत ध्वस्त र बदनाम गर्न उपयुक्त मौकाको पर्खाइमा रहेका साम्राज्यवादी शक्तिलाई “के खोज्छस् दृष्टिविहीन आँखा” भयो । साम्राज्यवादका लागि ओली नै उपयुक्त पात्र भए ।

    वर्तमान राज्यव्यवस्थाले जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्दैन । त्यसका लागि योभन्दा उच्च प्रकारको जनवादी व्यबस्था आवश्यकता पर्छ । उच्च प्रकारको व्यवस्था निर्माणका लागि परिस्थिति तयार छैन । परिस्थिति तयार नहुँदासम्म यसको संरक्षण र संस्थागत विकासमा जोडदिने कुरालाई अन्यथा मान्नु गम्भीर राजनैतिक गल्ती हुन जान्छ । आज कतिपय वामपन्थी शक्तिहरू पनि गणतन्त्र, धर्म निरपेक्षतामाथिको खतरालाई नजरअन्दाज गरिरहेका छन् । सामान्यतः ओलीको संसद विघटनको कदमलाई प्रतिगमन मान्न तयार भए पनि संसद पुनस्र्थापनाको पक्षमा सङ्घर्ष गर्न तयार छैनन् । उनीहरूको यो मत छ कि वर्तमान राज्यव्यवस्था आज वा भोलि फाल्नु नै छ । यो व्यवस्थालाई संरक्षण गर्नु छैन र हुदैन । कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडायो त राम्रै भयो भन्ने मान्यताका आधारमा विरोध गरेको देखिन्छ । यस्तो मान्यताले प्रकारान्तरले ओलीको प्रतिगामी कदमको सेवा गर्दछ ।

    अन्तमा, केपी ओलीका हरेक कदमहरू गैरसंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादको दिशातिर उन्मुख छन् । विदेशी सांम्राज्यवादी शक्ति र देशीय प्रतिक्रियावादीहरू पनि योजनाबद्ध र सङ्गठित रूपमा आफ्नो निहित स्वार्थसिद्धिका लागि प्रयत्नरत छन् । प्रतिगमनका लागि यस्तो अनुकूल अवस्था भविष्यमा नआउन सक्छ; किनकि, केपी ओली अहिले सत्तारक्षार्थ जस्तोसुकै सर्त मान्न तयार छन् । साँच्चै भन्ने हो भने देश प्रसवपीडाबाट गुज्रिरहेको छ । देशलाई परेको यो पीडाबाट मुक्त गर्न जनता जाग्न आवशयक छ । प्रतिगमन सफल हुन्छ वा हुन्न भन्ने कुराको निक्र्याेल जनताद्वारा गरिने प्रतिरोधमा निर्भर हुन्छ । जनताको सचेत आन्दोलनका अगाडि संसारका मै हुँ भन्ने तानाशाह पनि बढारिएका छन् । जनताले नै तानाशाहलाई घोडाबाट खसाल्ने तागत राख्छन् । आउनुहोस्, देशलाई देशीविदेशी प्रतिक्रियावादीको चङ्गुलबाट बचाउन सङ्घर्षको आँधीबेहरी सृजना गरौँ ।

    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.