• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ओलीको ‘यू टर्न’ र उत्ताउला समर्थकहरु !


  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
  • वाशुदेव पोखरेल

    Advertisement

    केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नाकाबन्दी गर्दा राष्ट्रको पक्षमा चट्टानी अडान लिए । चीनसँग व्यापार तथा पारवहन सन्धि गरे । लिपुलेक र लिम्पियाधुरा समेटेर छापिएको नक्सालाइ संसदबाट पास गराए । ओलीका ती कार्य अवस्य पनि राष्ट्रियताको पक्षमा थिए र तिनले राष्ट्रव्यापी समर्थन पनि प्राप्त गरे । त्यति मात्र होइन, मधेसवादी संगठनहरुले आफ्ना राष्ट्रघाती मागलाई समावेश गर्न संविधानमा संशोधन गर्न राखेका मागलाई ओलीले दृढतापूर्वक अस्वीकार गरे । त्यही कारणले नै उपेन्द्र यादव सरकारबाट बाहिरीएका थिए ।

    ओलीले गरेका यी कामहरू अवस्य पनि सकारात्मक थिए । त्यसको समर्थन गर्नु सबै रास्ट्रवादी शक्ति र नागरिकको दायित्व बन्दथ्यो र त्यसै गरे पनि । तर उनै केपी ओलीले छोटो अबधिमै आफूले गरेका केही सकारात्मक कामले प्राप्त गरेका लोकप्रियताबाट हौसिएर देशमा सर्वसत्तावाद नै लागू गर्न खोजे । जसबाट उनको सत्ता जोखिममा पर्यो ।

    उनै केपी ओली हुन् , जसले आफ्नै कारणले जोखिममा परेको सत्ता जोगाउन के सम्म गरेनन् ? भारतको साम्राज्यवादी र विस्तावादी चरित्रको विरोध गरेर लोकप्रिय बनेका ओलीले त्यही भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलसँग गोप्य भेटपछि एक पछि अर्को गर्दै लोकतन्त्र विरोधी, गणतन्त्र विरोधि र राष्ट्रियता विरोधि कदमहरु चाल्दै गए । जननिर्वाचित संसदलाइ दुई–दुई पटक विघटन गरे र सो कार्यमा गणतन्त्रको प्रतिकको रूपमा रहेको संस्था राष्ट्रपतिलाई समेत दुरुपयोग गर्न सफल भए । आफैँद्वारा राष्ट्रघाती करार गरेको नागरिकता विधेयकलाई अध्यादेश मार्फत जारी गरेर ठूलो राष्ट्रघाती काम गरे ।

    पछिल्लो पटक भारतले नेपालमाथि नाकाबन्दी गर्दा सिमानामा बसेर नाकाबन्दीलाई सहयोग गरेका र नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा करार गरेका राजेन्द्र महतोको समूहलाई सरकारमा सहभागी गराए । सपथ लिएको केही समय नबित्दै नवनियुक्त उपप्रधानमन्त्री महतोले पुनः दोहोर्‍याउँदै ‘नेपाल बहुल राज्य हो र त्यसलाई वैधानिकता दिन आफ्नो अभियान जारी रहेको बताए ।

    हिजो केपी ओलीले लिएका कयौं अडानहरु राष्ट्रियताको पक्षमा थिए, लोकतन्त्र र गणतन्त्रको रक्षाको पक्षमा थिए । तर, आज ओली आफ्ना पूर्व अडानहरुबाट ‘यू टर्न’ भएका उनको भनाई र गराईबाट प्रष्ट देखिएको छ । तैपनि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता र उनका समर्थकहरु अझै पनि केपी ओलीले गरेका (कु) कार्यप्रति समर्थन गर्न रमाइलो मानिरहेका छन् । ओली र उनको सरकारले गरेका यसप्रकारका लोकतन्त्र विरोधी र रास्ट्रघाती कार्यहरूको पक्षमा समेत वकालत गर्ने हे युवा तथा बुद्धिजीवी साथीहरू कुनै कार्य सुल्टो गर्दा नि ठिक र त्यसको ठिक बिपरित उल्टो गर्दा नि कसरी ठिक हुनसक्छ ?

    पार्टी,नेता र चुनाव चिन्ह भन्दा उसले (पार्टी र नेताले) राष्ट्र,जनता र लोकतन्त्रबारे लिने नीति नै प्रमुख कुरा हो । आफूले समर्थन गरेको पार्टी र नेताले जे गर्दा पनि वकालत गर्दै जाने हो भने देश र जनताको भविस्य के होला ? नेपाल रहे पार्टी बन्लान, भत्कलान र फेरि बन्लान । चुनाव जित्लान, हार्लान र फेरि जित्लान । सरकारहरु पनि अदल बदल भैरहलान् । तर नेपालै नरहे हाम्रो अवस्था के होला ?

    नेपाल जसको उत्तरतिर ६२ गुना ठुलो र संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन छ । पूर्व, पश्चिम र दक्षिणबाट नेपाल भन्दा २२ गुना ठुलो र करिब डेढ अरब जनसंख्या भएको भारतले घेरेको छ, जसको जनसंख्या वृद्धिदर अत्यन्तै बढी छ र नेपालसँगगको सिमाना खुला छ । स्वयम मधेसकै बुद्धिजीवीहरुले भनिरहेका छन् कि, यदि यसरी चोर बाटोबाट विदेशीहरुलाई नागरिकता वितरण गर्दै जाने हो र वर्तमान संविधानमा रहेको नागरिकता सम्बन्धी खुकुलो प्रावधानलाई नसच्चाउने हो भने अबको दुइटा चुनाव पछि नेपाल नेपालीहरुको हातमा रहने छैन । वास्तवमा यो विष्लेषणमा सत्यता छ । अझ यो प्रक्रियालाई छिटो गराउन यिनै केपी ओलीको अघिल्लो सरकारको पालामा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने प्रावधान संसदबाट पास गराइएको छ।

    पुर्खाहरुले रगतसँग साटेर बचाएको देश हो नेपाल । कसैको सत्ता भन्दा सस्तो राष्ट्रको मूल्य हुन सक्दैन । त्यसकारण कुनै पक्ष र विषय बस्तुको समर्थन र बिरोध गर्दा पूर्वाग्रह र अन्धभक्त भएर होइन, जुनसुकै पक्षले गरेको भए पनि सही कामको समर्थन र गलत कामको विरोध गरेर नै हामी देशका सच्चा नागरिक कहलिन सक्नेछौँ । न कि पूर्वाग्रह, अन्धभक्त र आवेगमा आधारित उत्ताउला स्टाटस र कमेन्ट लेखेर ।

    (लेखक राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ ।)

    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.