• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अलविदा उज्ज्वल थापा !


  •   शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
  • कृष्ण अधिकारी ।।
    विवेकशील–साझा पार्टीका पूर्व संयोजक तथा वैकल्पिक राजनीतिक अभियन्ता उज्ज्वल थापाको कोरोना सङ्क्रमणका कारण यही जेठ १८ गते ४४ वर्षको अल्पायुमै निधन भएको छ ।

    Advertisement

    उहाँको निधनप्रति उहाँको परिवार, उहाँ संलग्न रहेको पार्टी, हजारौँ शुभचिन्तक र प्रायः सबै राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    थापालाई श्वासप्रश्वासको समस्या भएपछि सुरुमा हम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएकाले हम्सबाट ग्रान्डी रेफर गरिएको थियो । गएको शुक्रबार उहाँलाई ग्रान्डीबाट नेपाल मेडिसिटी अस्पताल लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो ।

    आम नेपालिले सर्वसुलभ स्वास्थ्योपचार पाउनुपर्छ भन्ने अभियन्ता स्वयम्लाई महङ्गो उपचार खर्च जुटाउन उहाँको परिवारजन र शुभचिन्तकले “गो फन्ड मी” मार्फत उपचार सहयोगको अनुरोध गरेको २४ घण्टा नपुग्दै ५० लाखभन्दा बढी रकम जम्मा भएको थियो । विडम्बना ! सहयोग त उठ्यो, उहाँ भने उठ्न सक्नुभएन ।

    नेपालको राम्रो स्कुलमध्यको बुढानीलकण्ठ स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेका थापाले खगोलशास्त्र र भौतिक विज्ञान पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका गएका थिए । पछि उनले आफ्नो विषयको पढाइ छाडेर वेबसाइट बनाउने डिजाइनर भएर नेपाल फर्केका थिए ।
    किन यति धेरै सद्भाव पाए थापाले?

    हामी पनि देश र समाज परिवर्तनका लागि भनेर वर्षौँ कुदिरहेका छौ । पञ्चायती व्यवस्था ढाल्यौँ । गणतन्त्र ल्यायौँ । विडम्बना ! तर देशमा राजनीतिक स्थिरता अझै कायम हुन सकेको छैन । त्यसैले हाम्रो यात्रा जारी छ ।

    हामीसँगै लागेका हजारौँले हामीबाट अलग हुँदै राजनीतिलाई उपयोग गरेर आफू त बनिँदै गए, तर देश र समाजलाई झन् कङ्गाल बनाउँदै लगे । कमाउधन्दाकै लागि जस्तो गरेर मलिलो राजनीतिक फाँट बनाएकालाई उज्ज्वल थापाले पनि पृथक ढङ्गले चुनौती दिँदै वैकल्पिक राजनीतिक अभियानताको “पोजेटिभ भाइरस” (उनकै भाषामा) समाजमा छर्न सकेका रहेछन्, जुन कुरा उनी बिरामी भएर अस्पतालमा उपचाररत रहिरहँदा र उनको मृत्युपछि उनीप्रति समाजले देखाएको मायाले प्रष्ट पारेको छ ।

    नेपालप्रति उनको माया पवित्र थियो । यदि त्यसो नहुँदो हो त छात्रवृत्ति पाएर अमेरिका पुगेको मान्छे आफ्नै देश फर्केर केही गर्छु भन्ने कुरा समकालीन युवा मानसिकता विपरीतको कुरा थियो । नेपाल फर्केर उनी आफ्नो योग्यताको जागिर वा व्यवसाय चलाउनपट्टि लाग्नुभन्दा पनि सामाजिक सेवामा रुचि भएकाले द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम लिएर माओवादी जनयुद्धका आधार इलाका रोल्पा, रुकुमदेखि देशका अन्य विकट द्वन्द्वग्रस्त क्षेत्रमा पुगे । यी क्षेत्रका बस्तीले भोगेका पीडा र समस्या नजिकबाट हेरेपछि उनलाई नेपालको जटिल परिस्थितिका बारेमा विस्तृत बुझ्ने मौका मिल्यो ।

    २०५९ सालको अन्तिमतिर उनले डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने एउटा सूचना प्रविधिसम्बन्धी कम्पनी दर्ता गरे र त्यसमार्फत् दर्जनौँ सूचना सम्बन्धी युवा उद्धमीहरू तयार गरे । २०६४ सालमा उनकै सक्रियतामा सानो समूह बनाएर सञ्चालन गरेको युवा उद्यमशील अभियान, जसलाई “इन्टरप्रेनर्स अफ नेपाल” भनिएको थियो, त्यसमा ४० भन्दा बढी देशबाट आज १०,००० बढी उद्यमशील नेपालीसम्बद्ध रहेको बताइन्छ । यसले सयौँ उद्यमशील नेपालीलाई उद्योग खोल्न प्रेरणा दिने, सिप र वातावरण मिलाइदिने गरेको छ ।

    २०६२–६३ सालको जनान्दोलन सफल भइसकेपछि पनि देशमा बन्द–हड्तालको सिलसिला रोकिएको थिएन । पटक पटकको बन्द–हड्तालले जनजीवन आजित भइसकेको थियो । त्यही बेला २०६६ सालतिर उज्ज्वल थापासहितका साथीहरू मिलेर बन्द विरुद्धको समूह तयार पारे । त्यसको उद्देश्य बन्दका विरुद जनसाधारणलाई निडर बनाउनु थियो र नेपाल खुल्ला छ भन्ने आभाष दिलाउनु थियो । यसरी सुरु गरेको यो प्रतिकारात्मक “नेपाल खुल्ला” अभियानले राम्रै प्रभाव पार्दै गयो र बन्दकर्ताहरूलाई ठुलो दवाब दियो । पछि गएर राजनीतिक पार्टीले पनि जबर्जस्ती बन्द–हड्ताल नगर्ने प्रतिबद्धता जनाउँदै गए ।

    यो परम्परागत राजनीतिक अभियानभन्दा पृथक खालको अभियान थियो, जसमा कैयौँ स्वतन्त्र युवा वर्ग र बुद्धिजीवी जोडिँदै गए । यो उनले छोडेको सकारात्मक सन्देशमूलक अभियान थियो । यसैको प्रेरणाले २०६८ सालतिर “परिवर्तनका लागि हामी नेपाली एक” वा “नेपाल युनाइट्स” भन्ने नागरिक अभियान स्थापना हुन पुग्यो, जुन विभिन्न नागरिक पेसेवर अगुवा र गैरराजनीतिक युवालाई सङ्गठित गर्ने माध्यम बन्यो । प्रथम संविधान सभाले संविधान दिन नसकेपछि यिनै सङ्गठित अभियानकर्ताको अगुवाइमा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा दिएर अभियान चलाए, जसले ठुलो जनाकर्षण उनीहरूतिर खिच्यो । राजनीतिक तहलाई हल्लाइदियो । यसको प्रभाव देशविदेशमा आगो झैँ फैलियो ।

    २०७० सालमा विवेकशील नेपाली समूह, २०७१ सालमा विवेकशील नेपाली दल गठन, २०७४ मा विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा पार्टीको गठनमा थापाको भूमिका महत्त्वपूर्ण थियो ।

    २०७० को संविधान सभाको चुनावमा विवेकशीलले स्वतन्त्र उम्मेदवारका रूपमा थापालाई काठमाडाँै क्षेत्र नं. ५ बाट उठाएको थियो । तर उनी चुनावी प्रतिस्पर्धामा निकै पछि रहे । २०७४ को स्थानीय चुनावमा विवेकशीलको तर्फबाट देशभरि नै उम्मेदवारी दिइएको थियो र यसको चर्चा देशविदेशसम्म पनि हुन थाल्यो । काठमाडौँमा रन्जु दर्शनाले काङ्ग्रेश, एमालेलाई टक्कर दिएर चुनावी प्रतिस्पर्धामा तेश्रो स्थान लिइन् । विवेकशील साझा पार्टी २०७५ सालमा विभाजित भयो र पुनः २०७७ मङ्सिरमा एकीकृत भएर मिलन पाण्डेलाई संयोजकका रूपमा नेतृत्वको हस्तान्तरण गरेर थापा त्यसका नेता मात्र रहेका थिए ।

    थापा जहाँ आबद्ध थिए, त्यो पार्टी ठुलो थिएन र उनी निकै चर्चित नेता पनि थिएनन् । उनको अद्भुत भाषणकला पनि थिएन, न कुनै धनाड्य घरानिया थिए । तर पनि उनले समाजलाई झिनो भए पनि एउटा तरङ्ग छोड्न सफल भए । “राजनीति फोहोरी खेल हो” भन्दै राजनीतिबाट धेरै टाढा भाग्न खोज्ने सहरिया युवापङ्क्तिलाई उनले फरक ढङ्गले राजनीतिक प्रवाहमा धकेलिदिए र उनीहरूलाई आसा जगाए । मोटरसाइकल जुलुस लिएर “आज नेपाल खुल्ला छ” भन्दै निस्किएको बन्द विरुद्धको जुलुस होस वा “ज्याला पूरा लियौ, अब संविधान देऊ” भनेर सडकपेटीमा प्लेकार्ड लिएर लामबद्ध हजारौँको सङ्ख्या अथवा माइतीघरमा डा. गोविन्द केसीको स्वास्थ्य सुधार अभियानलाई साथ दिन प्लेकार्ड बोक्नेको जमात, यी सबै नागरिक जागरण अभियानमा आम न्यायप्रेमी र हजाराँै युवायुवती स्वतःस्फुर्त सामेल हुँदै गए । थापा आफैमा एउटा आन्दोलनका रूपमा स्थापित भए ।

    विकृत, मूल्यहीन र फोहोरी बन्दै गएको संसदीय राजनीतिलाई सफा गर्न राम्रा, योग्य, विवेकशील र क्षमतावानहरू अगाडि आउनुपर्दछ । राजनीतिलाई इमानदारी, वफादारी र जनताको पहरेदारी गर्न सक्नेले हाँक्नुपर्दछ भन्ने महत्त्वपूर्ण सन्देश उनले दिए ।” सबैभन्दा पहिले राजनीतिका नाममा भइरहेको लुटतन्त्रको जालो तोड्नुपर्छ । राष्ट्रनिर्माणको काम त्यहीँबाट सुरु हुन्छ” भन्ने उनको धारणा थियो ।

    पछिल्लो समय नेपाली राजनीतिज्ञप्रति वितृष्णा बढेको छ । लामो इतिहास र सङ्घर्षबाट स्थापित अधिकांश राजनीतिक नेतृत्वप्रति किन यति धेरै वितृष्णा भयो ? जसको सिधा र सरल उत्तर हो– उनीहरूले जनताको अपेक्षानुरूप कामै गर्न सकेनन् । जनताभन्दा आफन्त र नातागोता प्रथमिकतामा परे । जनसेवाभन्दा व्यक्तिगत स्वार्थपूर्तिमा तँछाडमछाड गरे । जनताको जनान्दोलन वा सशस्त्र विद्रोहका बलमा प्राप्त भएको गणतन्त्रमा पनि जनताको जीवनस्तर झन् धस्सिँदै गयो । चप्पल लगाएर सहर छिरेकाहरू चिल्ला गाडीमा हिँड्न थाले ।

    गाउँघरको झुपडी भएकाहरूको सहरमा महल ठडियो र त्यसैमा उनीहरू बसाइँ सरे । उनीहरूको कमाइ गर्ने साधन अरू केहि थिएन, खालि राजनीतिबाहेक ।

    व्यवसायिक मिडिया हाउसमा पनि यिनैको चल्छ र मुख्य पृष्ठमा यिनैका बोली छापिन्छन् । त्यसैले आम मानिसले नेता भनेको त यिनै मात्र हुन् भन्ने सोच्दथे । सानो पार्टीमा रहेका, त्यति धेरै चर्चामा पनि आउन नरुचाउने, ठुला मिडियामा पनि बोली नबिक्ने उज्ज्वल थापा एउटा साधारण भुइँमान्छे थिए र लाखाँै भुइँमान्छेका भावनालाई प्रतिनिधित्व गरेर एउटा विवेकशील नागरिक अभियान चलाएका थिए ।

    राज्यको ढुकुटीबाट करोडौँ खर्च गरेर सामान्य बिरामी पर्दासमेत विदेशका महङ्गा अस्पताल धाउने नेताहरूप्रति वा बिरामी परेर अस्पतालमा उपचाररत रहँदा पनि उनीहरूप्रति वितृष्णा र कतिपय बेला अनावश्यक टीकाटिप्पणी पनि गरेको सुनिने गरेको छ । तर उज्ज्वल थापा अस्पताल भर्ना भएदेखि नै उनीप्रति धेरैले चासो र चिन्ता जनाए । उनको स्वास्थ्यलाभको हजारौँले कामना गरे । सर्वसुलभ स्वास्थ्य सुरक्षाको माग गर्दै माइतीघरमा प्लेकार्ड बोक्ने थापा आफैलाई यति महङ्गो उपचार खर्च जुटाउन सक्ने सामथ्र्य उनको परिवार र उनको पार्टीलाई पनि थिएन । त्यसैले उनीहरूले सर्वसाधारणलाई आर्थिक सहयोगको आह्वान गरे । त्यसको २४ घण्टा नपुग्दै स्वतःस्फूर्त तबरले लाखौँ पैसा उठ्यो र आर्थिक सहयोग बन्द गरेको घोषणा नै गर्नुप¥यो । उनी जीवित रहन नसके पनि राजनीतिमा आदर्श र त्यागको मूल्य कति महत्त्वपूर्ण रहेछ भन्ने अमिट छाप छाडेर गए ।

    उज्जवल थापा आफुले अँगालको पार्टीको राजनीतिक दर्शन र सिद्धान्तबारे प्रष्ट दृष्टिकोण अझै मुखरित भएको थिएन । तर पनि किचोलिएको र बिग्रिएको देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउनुपर्छ र भष्टाचाररहित, भयमुक्त, स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न विकसित राष्ट्र निर्माण गर्नुपर्छ भन्ने उनको भावना उच्च थियो ।

    थापाको मृत्युपछि उनको परिवारका तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ– “उहाँले प्रभाव पारेका जिन्दगी र उनीहरूका सफलता, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइने छ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्ने छ भन्ने हामीलाई लागेको छ ।”

    माथि भनिएजस्तै सुन्दर मुलुक निर्माणमा थापाले सकारात्मक पहल गर्दै युवा पुस्तालाई जुन आसा जगाए, त्यसलाई निरन्तरता दिन सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धा हुने छ ।अलविदा ! उज्ज्वल थापा ।

    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.