• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘ओलीका दुस्कर्मको मूल्य देश र जनताले चुकाउनु पर्नेछ’


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • सुवाश जि.सि.

    Advertisement

    ‘नेपालको संविधान २०७२’ जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि हो । जसले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वका सकारात्मक पक्षहरुलाई समावेश गरेको छ । यद्यपि यो संविधानमा कैयौं कमजोरीहरु छन, संघीयता जस्तो गम्भीर र राष्ट्रघाती व्यवस्था पनि यसमा छ । जसको खारेजीको लागि संविधान संशोधनको आवश्यकता छ । साथै, संविधानमा उल्लेखित जनताका अधिकारहरुको संरक्षण गर्दै थप अधिकारका लागि निरन्तर संघर्ष गर्नु आवश्यक छ ।

    संविधानमा आफैँमा सहमति र तत्कालिन शक्ति सन्तुलनको दस्तावेज हो । यसमा विभिन्न पक्षका विरोध र विमतिहरु हुन सक्छन् । राजनैतिकरुपले संविधान मान्दिन भन्ने पनि अधिकार छ । तर जसले यो संविधानको कार्यान्वयन र संरक्षणको जिम्मा लिएर सत्ता र सरकारको नेतृत्व गरिरहेको छ उसैले पटकपटक संविधानको धज्जी उडाउनु र हुर्मत लिनु लोकतन्त्र र संविधान माथिको उपहास मात्र होइन नेपाली जनताको लामो संघर्षद्वारा प्राप्त उपलब्धि माथिको हमला पनि हो ।

    पार्टी विभाजनमा ओली
    २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच नाटकीय तालमेल भयो । निर्वाचनपछि उनीहरुबीच पार्टी एकता पनि भयो । त्यो एकता कुनै मार्क्सवादी लेनिनवादी विधि, विचार, सिद्धान्त र संगठनात्मक पद्धतिमा भएको थिएन । खाली केपी ओली र पुष्पकमल दाहाल लगाएतका नेताहरुको व्यक्तिगत र उनीहरुका पार्टीको सिमित स्वार्थका लागि थियो भन्ने कुरा घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । यद्यपि हामीले त्यसले देशमा पर्न सक्ने सकारात्मक प्रभावको आधारमा स्वागत र समर्थन गर्‍यौं ।

    नेकपा गठन भएको पुगनपुग तीन वर्ष नहुँदै त्यसभित्र कयौं प्रकारका समस्याहरु देखापर्न थाले । ती समस्याहरु राजनैतिक र वैचारिक भन्दा पनि बढी आत्मकेन्द्रित, भागवण्डा, सिमित समूहका स्वार्थ, शक्ति र सत्ताको केन्द्रविन्दुमा भएका थिए । त्यसप्रकारका समस्याहरुको निराकरण पार्टी भित्रको आन्तरिक छलफल र बहसहरुद्वारा नै सम्भव थियो र हुनुपर्थ्यो । त्यो उनीहरुबीच सम्भव भएन र स्थिति धेरै नै पेचिलो बनेर गयो । वास्तवमा त्यसप्रकारको आन्तरिक झगडालाई साम्य पार्ने प्रमुख जिम्मा निश्चितरुपले पार्टी अध्यक्ष र सरकार प्रमुखको हैसियतले केपी ओलीको नै बढी र निर्णायक भूमिका हुन्थ्यो । उनले त्यसको लागि ठोस पहल र प्रयास पनि गरेनन् । पार्टी भित्र उनी अल्पमतमा परे । कम्युनिष्ट पार्टी भित्रको एउटा सामान्य सर्वमान्य नियम हुन्छ बहुमतको निर्णय लागू गर्ने र अल्पमतको विचारलाई सम्मान गर्ने । केपीले बरु पार्टीलाई विभाजन तिर धकेलिदिए तर पार्टी भित्रको समस्यालाई समाधान गर्ने दिशामा साधारण पहल समेत पनि गरेनन् । वास्तवमा त्यतिबेला ओलीले उनको पार्टीको बहुमतपक्षले भने जस्तै सरकार र पार्टी मध्य एउटाको नेतृत्व हस्तान्तरण मात्र गरेको भए पनि आज नेकपाको अस्थित्व कायम नै रहने थियो ।

    ओलीको निशानामा संविधान
    पार्टी भित्र आन्तरिक, छलफल र बहसहरु हुन्छन् नै । स्वार्थलाई केन्द्रमा राखेर गरिने बहस झगडा हो । ओलीले आफ्नो पार्टी भित्रको आन्तरिक झगडाको निशानामा संविधानलाई पारे । जसको कारण गत पौष ५ गते प्रतिनिधिसभाको घाँटी निमोठ्ने काम भयो । त्यही दिन देखि उनले शृङ्खलाबद्धरुपमा संविधानलाई च्यात्न सुरु गरे । एउटा शासकको सनक र आफूलाई अलिकति अफ्ट्यारो पर्दा बित्तिकै जस्तो सुकै निर्णय लिने उनको त्यो कदम निश्चितरुपले असंवैधानिक, अराजनीतिक, प्रतिगामी र स्वेच्छाचारी हो ।

    वास्तवमा संविधानको मर्मले कुनै पनि प्रतिनिधिसभा आफ्नो पाँच वर्षको अवधी नगुजारी साधारण स्थितिमा विघटन हुने कल्पना गरेको छैन। सरकारहरु सामान्य अवस्थामा पनि ढल्ने र बन्ने परिस्थितीले देशमा राजनैतिक स्थिरता नहुने पक्षमाथि विचार गरेर नै संविधानमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नराखिएको हो । संविधानको धारा ७६ ले अन्तिम अवस्थासम्म पनि सरकार निर्माण हुने स्थितिमा प्रतिनिधिसभा विघटन गर्ने बाटो दिएको छैन । तर केपी ओलीले लगातार प्रतिनिधि सभामाथि हमला गरिरहेका छन् ।

    केपी ओलीले एकपछि अर्को गर्दै संविधानलाई कुल्चँदै अगाडि बढिरहेका छन् । विडम्बना भन्नुपर्छ संविधानको संरक्षण गर्ने संस्थाको प्रमुख राष्ट्रपतिले ती सबै कर्महरुलाई लगातार साथ दिँदै आइरहेकी छन् । यो ‘दुर्भाग्यपूर्ण’ स्थितिको कारण नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

    उनको पौष ५ गतेको कदम विरुद्ध उनी बाहेक नेपालका सम्पूर्ण पार्टीहरुले विरोध जनाए र प्रदर्शन गरे । अन्ततः गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्‍यो । वास्तवमा ओलीको अलिकती पनि नैतिकता हुन्थ्यो भने आफैले घाँटी थिचेको संसदमा पुग्ने धृष्टता नगर्नुपर्‍थ्यो ।

    संसदीय व्यवस्थाका विरुपताहरुको प्रदर्शन
    सर्वोच्चले नेकपालाई २०७५ जेठ ३ मा पुर्‍याइदिएपछी ओली शासनका विरुपताहरु देखापर्न थाले । विभाजनको असर केन्द्रीय सरकारमा त छँदै थियो त्यसको प्रत्यक्ष असर प्रदेश सरकारसम्म पुग्यो । जसरी ओलीले एमाले पट्टि लागेका माओवादीका नेताहरु (कतिपय सांसद नभएका समेत)लाई मन्त्री बनाएर उपहार दिए । त्यसको सिको गर्दै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा संसद भित्र निकृष्ट गतिविधिहरु भए । आफूले जितेको पार्टी छोडेर अर्को पार्टी प्रवेश गर्नेहरुलाई धमाधम मन्त्रीको शपथ खुवाइयो । सांसदहरु खसी बोका जस्तै किनबेच भए । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने काम भयो । लुम्बिनीमा बिहान मुख्यमन्त्रीबाट राजीनामा गर्ने र साँझ फेरि आफैँ मुख्यमन्त्रीको शपथ खाने नौटंकी मन्चन गरियो । गण्डकीमा त्यस्तै फोहोरी खेल नेपाली जनताले हेर्नुपर्‍यो ।

    खेल त्यतिमा मात्रै सिमित रहेन । संविधानको धज्जी उडाइरहेका केपी ओलीले पार्टी विभाजन भएको एक महिना भित्र नै संसदबाट विश्वासको मत लिनुपर्थ्यो । उनले करिब दुई महिना पुगेपछि मात्रै मत लिए । २७५ सदस्यीय संसदमा जम्मा ९१ मत पाउँदा पनि आफैँ शासक बनेर फेरि शपथ खाएको नौटंकी उनले नै गरे । नैतिकता भन्ने यो देशमा केपी ओलीको लागि कुन चराको नाम हो जस्तै भएको छ । त्यतिमात्र होइन ओलीले सांसद नै नभएका व्यक्तिहरुलाई पटक–पटक मन्त्री बनाएर संविधानको हुर्मत लिइसकेका छन् ।

    राष्ट्रघातका शृङ्खलाहरुको साक्षी राष्ट्रपति
    केपी ओलीले एकपछि अर्को गर्दै संविधानलाई कुल्चँदै अगाडि बढिरहेका छन् । विडम्बना भन्नुपर्छ संविधानको संरक्षण गर्ने संस्थाको प्रमुख राष्ट्रपतिले ती सबै कर्महरुलाई लगातार साथ दिँदै आइरहेकी छन् । यो ‘दुर्भाग्यपूर्ण’ स्थितिको कारण नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति सिर्जना भएको छ ।

    दल विभाजन गर्ने ऐन, संवैधानिक परिषद् सम्बन्धी ऐन, संसद विघटन गर्ने कामदेखि राष्ट्रघाती नागरिकता सम्बन्धी ऐन सम्मका विधेयकहरु अध्यादेशद्वारा जारी गर्ने राष्ट्रघाती र जनघाती कुकर्मको साक्षी स्वयम् राष्ट्रपति हुनु गम्भीर र राष्ट्रिय लज्जाको विषय बनेको छ । नागरिकता विधेयक जारी गरेर लाखौंको संख्यामा भारतीयलाई नागरिकता दिने भारत र मधेशवादी दलको मुख्य एजेन्डा केपीले सफल बनाइदिएका छन् । राष्ट्रपतिले त्यसलाई निर्वाद सदर गरिदिएकी छन् । नेपाली राजनीतिको इतिहासमा यी दुस्कर्महरुको चर्चा भईरहने छ ।

    अबको बाटो
    संविधानलाई सहि बाटोमा ल्याउनु, प्रतिनिधिसभालाई पाँच वर्ष काम गर्न दिनु र कोरोना विरुद्ध संयुक्तरुपमा लड्नु अहिलेको राष्ट्रिय आवस्यकता हो । राष्ट्रघाती नागरिकता ऐनको अध्यादेशलाई खारेज गर्नुपर्दछ । एकापट्टी कोरोनाको कहरले जनता निरीह र संरक्षणविहीन बनेका छन् । विश्व कोरोनासँग जुधिरहेको छ र संसारभरका सरकार जनताको साथमा छन् । तर हाम्रो देशका पार्टी, तिनका नेता र सरकार सञ्चालन गर्ने शासकहरुको जुन ताण्डव हामीले हेर्नुपरेको छ यसको पीडा जनतालाई रातदिन हुन थालेको छ ।

    निर्वाचन अगाडि जनताले गरेको अपेक्षामा केपी ओलीले गम्भीर कुठाराघात गरेका छन् । आफूलाई नव तानाशाहको दिशामा अघि बढाउने उनको योजना निरन्तर जारी छ । ओलीको आफूलाई सर्वशक्तिमान शासक ठान्ने, दम्भ, इख र प्रतिशोधलाई अहिले भारतको साहारामा अघि बढाइरहेको बुझ्न कुनै गाह्रो पर्दैन । देशको राजनीति यति कठिन परिस्थितिबाट अघि बढ्नुको प्रमुख र मुख्य दोषी केपी ओली हुन् । त्यसकारण अहिलेको मुख्य ‘राष्ट्रिय समस्या’ केपी ओली नै हुन् । उनको वहिर्गमन समस्या समाधानको प्राथमिक र उपयुक्त बाटो हो ।
    (लेखक अखिल (छैठौं) का केन्द्रीय सचिव हुन् ।)

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.