• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सामाजिक सञ्जाल : हामी मानव भन्दा रोवर्ट बढी


  •   बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
  • सुवाश जि.सि.

    Advertisement

    यो सहि हो- हामी विज्ञानको युगमा छौं । विज्ञानले कामको सजिलोको लागि रोवर्ट बनायो । `दुर्भाग्य´ त्यही विज्ञानको अनुचित प्रयोगले हामी नै रोवर्ट बन्दै छौं । मुलत हाम्रा काम, व्यवहार, सोंच्ने तरिका र यति सम्म कि हामीमा पैदाहुने विचार पनि यान्त्रिक, कहिलेकाही कृतिम र झण्डै झण्डै रोवर्ट स्टायलका हुन थालेका छन् । खासमा यसो हुनुको पछाडी दुईवटा कारण हुन सक्छन्- पहिलो हुनसक्छ- ज्ञानले प्रविधीको विकास गर्नुपर्थ्यो, हामीकहाँ प्रविधीले ज्ञान भित्राउँदै छ । दोस्रो- हामीलाई लाइब्रेरी थाहा हुन छाड्यो र हामी सामाजिक संजालहरुवाटै विचारहरुको निर्माण गर्न थाल्यौं ।

    सामाजिक संजालको अर्थ हुन्छ समाजलाई जोड्ने जालो । अर्थात प्रविधिको माध्यमद्वारा कुनै एक व्यक्तिका विचारहरुलाई एकैपटक समाजमा संप्रेषण गर्नु वा सुचनाहरुको सामुहिक आदानप्रदान गर्नु । सामाजिक संजालमा व्यक्त गर्ने त्यसप्रकारका विचारहरु व्यक्तिले एकल रुपमा तयार गरे पनि सामाजिक संजालमा सेयर गरेपछी ती समाजको ठूलो हिस्सामा पुग्छन् र त्यसले सार्वजनिकरुप धारण गर्दछ ।

    विचार सार्वजनिक हुँदैमा त्यो सामाजिक हुन्छ भन्ने हुँदैन । खासमा सामाजिक संजालको अर्थ सामाजिक विचारहरुको आदानप्रदान भएपनि विचारको रुप सामाजिक नहुदा सम्म त्यसलाई सामाजिक मान्न सकिँदैन । त्यसकारण हामीले सामाजिक संजालमा अभिव्यक्त गर्ने विचारहरु सामाजिक हुनुपर्ने हो, हुनुपर्दछ ।

    सामाजिक विचार त्यसै उत्पन्न हुने होइन । त्यसकोलागि कम्तिमापनि व्यक्तिमा सामाजिक जीवन दर्शनको अध्ययन र त्यसको प्रभावको आवस्यकता हुन्छ । त्यसको साथै सोही अनुसारको व्यक्तिगत आचरण निर्माणको पनि जरुरी हुन्छ । तर विडम्बना हामी विषयवस्तुको अध्ययन, अनुसन्धान, खोज, विश्लेषण र त्यसको गहिराईमा पुग्नै सकेनौं, पुग्नै खोजेनौं । वरु हामी तिनै संजालहरुमा आउने सतहि विचारहरुको सिकार भएका छौं ।

    हामीसङ्ग हाम्रो आफ्नै स्पष्ट घारणा र दृष्टिकोण छैन । छिनछिनमै हाम्रो धारणा वद्लिरहेको हुन्छ । कुनै एउटा विषयमा कसैले लेखेको एउटा स्ट्याटसको आधारमा एकैछिन हामीले एउटा विचार बनाइरहेका हुन्छौं । सोही विषयमा केहिबेरमा अर्को सुचना कसैले पोष्ट गर्यो भने हामीले फेरि आफ्नो धारणा परिवर्तन गर्छौं र बेग्लै दृष्टिकोण बनाइसकेका हुन्छौं । जस्तै कि कसैले नेतालाई गाली गरेर राजा नै उपयुक्त भएको विचार प्रवाह गर्यो भने हामी राजावादी भईसकेका हुन्छौं, फेरि कसैले राजालाई गाली गरेर लेख लेख्यो भने हामी गणतन्त्रवादी बनिसक्छौं । यसको अर्थ हो हामीसङ्ग हाम्रो आफ्नो विचार छैन, आफ्नो दृष्टिकोण र बुझाई छैन । यसरी हामी लगातार विचारविहिन दिशातिर दौडिरहेका हुन्छौं ।

    एकातिर सामाजिक संजालले हामीलाई विचार र विवेकशुन्य बनाइरहेको छ भने अर्को तिर हाम्रो इमोशनलाई विचलित बनाएको छ । जस्तै हामीले कुनै आफ्नो आफन्तको मृत्युको खवर सुन्छौं र सामाजिक संजालमा उत्तिखेरै पोष्ट गरेर आफू निकै मर्माहत र दुखी भएको कुरा प्रेसित गर्छौं । त्यसको छिनमै कसैले विवाह गर्यो भने तुरुन्तै आफू अत्यन्तै खुसी भएको र कृतज्ञ भएको कुरा पोष्ट गरिभ्याउँछौं । यसरी एउटै मान्छे हरेक मिनेटमा अत्यन्तै खुसी र अत्यन्तै दुखि भइरहेको हुन्छ । यसले वास्तवमा हाम्रो मानवीय संवेगहरुलाई विचलित पारिरहेको छ । जसको कारण हामीले हाम्रा संवेगहरुमाथी नियन्त्रण गुमाउँदै छौं । अब हामीसङ्ग हाम्रो भावना छैन ।हामी रियल जीवन अर्थात सामाजिक संजाल विनाको जिवनमा रुने समयमा रुन सक्दैनौं, हाँस्ने समयमा हाँस्न सक्दैनौं । जसको कारण हामी विछिप्त हुँदैछौं र विछिप्तताको स्थितिवाट गुज्रदै छौं । यसको परिणाम ढिलो चाँडो मनोरोग र मनोरोगी हुनु नै हो ।

    सबै भन्दा ठूलो कुरा विचारको निर्माण हो । आफुलाई चिन्ने विचार । समाज, देश र दुनियाँलाई बुझ्ने विचार । जिवनलाई हेर्ने विचार । जीवन दर्शनको विचार । त्यसकारण हामीले हाम्रो जिवनलाई सहि तरिकाले बुझ्न सक्यौं भने मात्र हामीले व्यक्त गर्ने विचारको अर्थ हुन्छ । अर्थ भएको विचारलाई समाजमा बाँड्न सक्यौं भने त्यसले सामाजमा अर्थ राख्दछ, त्यसको महत्त्व हुन्छ ।

    सामाजिक संजालको प्रयोग हाम्रो विचारसङ्ग गरौं । आफ्नो विचारको लागि पहिले अध्ययन गरौं । अध्ययनको अर्थ होस् , निष्कर्ष होस् , त्यसलाई बाँड्यो भने समाजमा प्रभाव होस् । तवमात्र हामी सामाजिक संजालमा मानव देखिन्छौं । नत्र हामी मानव आकारका रोवर्ट, पपेट र कार्टुन जस्तै हुन्छौं , त्यस्तै लाग्छौं, जस्ले जसरी जतासुकै जेमा पनि हामीलाई प्रयोग गर्छ हामी प्रयोग भईरहेका हुन्छौं ।
    २०७८-०२-०४

    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • २.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ५.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ६.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ७.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ८.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.