बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्र सञ्चालन भएको छ । कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
यस्तै, आजै विधान संशोधन प्रस्ताव, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पेश हुनेछ भने सबै प्रतिवेदन छलफल गरी पारित गर्ने कार्यक्रम छ ।
कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, नेताहरु बोमबहादुर खत्री, मनोज भट्ट र राजाराम चौधरी रहेको अध्यक्षमण्डल गठन गरी बन्द सत्रको छलफल सुरु गरिएको हो ।
बन्द सत्रमा १० वटा ग्रुप बनाएर विभिन्न विषयमा छलफल गरिने उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव महासचिव शर्माले प्रस्तुत गर्नुहुनेछ भने विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हिमलाल पुरीले प्रस्तुत गर्नुहुनेछ । ग्रुप छलफलबाट आएका सुझावका आधारमा ती प्रतिवेदनहरु पारित गरिनेछ ।
भोलि नयाँ नेतृत्व चयन गर्दै राजमोको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।
यो पनि :
सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : केसी
राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई मसालको शुभकामना
सम्मेलनलाई शुभकामना दिँदै मित्र दलहरुले भने : राजमोले लिएका अडान स्वागतयोग्य