• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सम्मेलनलाई शुभकामना दिँदै मित्र दलहरुले भने : राजमोले लिएका अडान स्वागतयोग्य


  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
  • बुटवल । विभिन्न राजनीतिक दलहरुले राष्ट्रिय जनमोर्चाले लिएका अडानप्रति स्वागत गरेका छन् । बुटवलमा जारी राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई शुभकामना दिँदै नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र र जनता समाजवादी दलका नेताहरुले राजमोको अडानप्रति प्रशंसा गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा शुभकामना दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य हरि नेपालले राष्ट्रिय जनमोर्चाले लिएको राष्ट्रियताप्रतिको अडान स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र राजमोको राष्ट्रियताको अडान मिल्दो रहेको भन्दै देशको राष्ट्रियता जोगाउन मिलेर संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    यस्तै, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले ओलीले चालेका फासीवादी कदमविरुद्ध राजमोले लिएको अडानको सराहना गर्नुभयो ।

    कार्यक्रममा नेकपा (माले) का पिविएम चन्द्रकान्त आचार्य र जनता समाजवादी दलका केन्द्रीय सदस्य कमल खनालले बर्तमान सरकारले आफ्नै कारण काम गर्न नसकेको र त्यसको अपजस पार्टीभित्रका इतर खेमा तथा विपक्षी दलहरुलाई लगाउन खोजेको भन्दै राष्ट्रिय जनमोर्चाले सरकारको कार्यशैलीप्रति स्पष्ट र दह्रो अडान राखेको बताउनुभयो ।

    नेताहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि राजमोसँगै मिलेर काम गर्न आफुहरु इच्छुक रहेको बताउनुभएको थियो ।
    तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको मंगलबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो ।

    कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, प्रदेश सांसदहरु कृष्ण थापा, खिमविक्रम शाही, तारा जिसी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, अन्टुकका कार्यबहाक अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका,रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्की, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन लगायतले शुभकामना दिनुभएको थियो ।

    यसैगरी, शुभकामना दिनेहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता सामाजका अध्यक्ष दुर्गाबहादुर केसी, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष हनुमान चौधरी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य लिलाबहादुर केसी, जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य विष्णु केसी, हङकङ नेपाली एकता समाजका केन्द्रीय सदस्य बालानन्द घिमिरे, साउदी अरब नेपाली एकता समाजका हरिप्रसाद घिमिरे, प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेल, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका संयोजक पृथ्वी थापा, र कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य हुनुहन्थ्यो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    कोषाध्यक्ष हिमलाल पुरीको सञ्चालन र महासचिव जनकराज शर्माको स्वागतमा कार्यक्रम भएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनमा ७१ जिल्लाबाट ३ सय बढीको प्रतिनिधिन्व रहेको राजमोले जनाएको छ ।

    यो पनि :

    सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : केसी

    राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई मसालको शुभकामना

    मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.