लोकेन्द्र पौडेल/चेन्नै (भारत) ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य शशि थापाको चेन्नैमा निधन भएको छ ।
मार्च १४, २०२१ को राती ११ः३० बजो स्वदेश जानका लागि राप्तिसागर एक्सप्रेस चढ्ने क्रममा अचानक चक्कर लागि प्लेटफर्ममा ढल्न गएका शशि थापाको अचानक मृत्यु भएको हो ।
भारतीय रेलवे तथा अस्पतालको विभिन्न प्रकृया पूरा गरी मार्च १५ दिन उहाँको चेन्नैको कृष्णपेट स्मशानघाटमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारपूर्वको शवयात्रामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य काशिराम शर्मा, पुर्व नगर समितिका अध्यक्ष चन्द्रबहादुर थापा, नगर समितिका सचिव कोटिप्रसाद पोख्रेल, नगर सदस्य लक्षुमण चालिसे, महेन्द्र बस्याल, आफन्तहरू चन्द्र थापा, राम थापा, अनु थापा, लालबहादुर थापा, खुमबहादुर थापा, युवराज थापा, धनबहादुर थापा, भीमबहादुर थापा, डम्बरबहादुर थापा, नरबहादुर थापा, सुरेस श्रीस, बी डम्बरबहादुर थापा, पुरन सलामी ,सुरज केसी, मीना थापा र मिलन थापाको उपस्थिति रहेको थियो ।
कालीगण्डकी गाउँपालिका वडा नं. ६ लुङखानी गुल्मी जिल्ला निवासी कुल बहादुर थापाका ४६ वर्षी छोरा शशि थापा भारत तमिलनाडुको चेन्नैमा कार्यरत हुनुहुन्थ्यो ।

