• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलामाथि चरम ज्यादती


  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलाहरूमाथि चरम ज्यादती भएको छ ।

    Advertisement

    ओमनको सोहरस्थित अल–असिल लेब रिक्रुटमेन्ट (म्यानपावर) नामको कम्पनी नै सञ्चालन गरेर महिलाहरूमाथि ज्यादति भएको पाइएको हो ।

    अल–असिल म्यानपावरबाट पीडित नुवाकोट शिवपुरी गाउँपालिका बतासेटोलकी प्रगति तामाङका अनुसार उक्त म्यानपावरले नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का, फिलिपिन्स, इडोनेसिया, अफ्रिाकालगायत विभिन्न देशका महिलालाई घरेलु कामदारको रूपमा ओमनमा काममा

    लगाउने तथा तत्तत् देशमा समेत पठाउने गरेको छ । त्यसका लागि उसले विज्ञापन नै गर्ने गरेको छ ।

    प्रगतिका अनुसार मालिकको रूपमा मुन्ना र मोनिकाले त्यस म्यानपावर सञ्चालन गरिरहेका छन् । विज्ञापनमा मुन्ना नामको नै प्रचारसमेत गरिएको छ ।

    सो म्यानपावरले तोकेको ठाउँमा महिला कामदारहरू घरेलु काममा खटिन्छन् । तर मालिकहरूले तोकेको तलब दिँदैनन् । त्यति मात्रै होइन, फर्केर म्यानपावर कार्यालयसम्म आउँदा काम नगरेको भन्दै उल्टै मोनिकाले ती महिला कामदारमाथि हातपातसमेत गर्ने गरेकी हुन्छिन् ।

    २०७४ माघमा नयाँदिल्ली हुँदै ओमन पुगेकी प्रगतिले पनि यस्तै उत्पीडन ब्यहोरेकी छिन् । उत्पीडन सहिनसक्नु भएपछि उनी भागेर गत २०७६ मङ्सिरमा नेपाल फर्केकी छिन् ।

    उनी त्यति सजिलै नेपाल फर्किएकी होइनन् । तलब रोक्का, शारीरिक मानसिक उत्पीडन र उपचार अभावको समस्यामाझ सिकिस्त बिरामीको रूपमा उनी नेपाल फर्केकी हुन् ।

    ‘मेरो पासपोर्ट मालिक र म्यानपावरको मिलेमतोमा लुकाइएको थियो’ उनी भन्छिन्– ‘टन्सिल, पिनास र अन्य छालारोगको समस्याबाट सिकिस्त अवस्था देखेर ओमनको राजदूतावासले मेरो नागरिकताको आधारमा आवश्यक कागजात बनाइदिएपछि म नेपाल फर्केकी हुँ ।’

    एक लाख ५० हजार नेपाली रुपियाँ अल–असिल म्यानपावरका नेपालस्थित एजेन्टलाई बुझाएर उनी मासिक ९० रियल (तत्कालीन नेरु २५ हजार) पाउने आसाका साथ ओमन पुगेकी थिइन् । तर उनले कहिल्यै पनि ९० रियल मासिक बुझ्न पाइनन् ।

    उनी भन्छिन्– ‘मैले ९० रियल त कहिल्यै बुझिनँ । २०/३० रियलसम्म बुझेँ । सिकिस्त बिरामी हुँदा उपचार खर्च पनि २० रियल मात्र दिएका थिए ।’

    घरेलु काम गरिरहेकी प्रगति तामाङ मालिकको ज्यादती सहन नसकेपछि भागेर म्यानपावरको अफिसमा आइपुगिन् । त्यतिबेला भने म्यानपावरको म्यानेजरले उनलाई काम गरेबापत २६० रियल म्यानपावरबाट लिनू भनी भनेको, तर सो रकम नपाएको उनी बताउँछिन् ।

    उनलाई मालिकले दिनरात घरेलु काममा जोताउँथे । त्यसले गर्दा प्रगति तामाङ थकानले चुर हुन्थिन् ।

    ‘मालिकको घरमा सरसफाइ, खाना, आइरन लगाउनेलगायतका काम त गर्नैपर्दथ्यो’ उनी भन्छिन्– ‘ती मालिकले आफ्ना अरू नातेदारकहाँ समेत काम गर्न पठाउँथे ।’

    कुमार तामाङकी चार बहिनी छोरीमध्ये प्रगती माइली हुन् । उनका दुई दाजु र दुई भाइ पनि छन् ।

    ९ कक्षासम्म पढ्दै गर्दा घरको कमजोर आर्थिक अवस्था उकास्न केही सहयोग गर्न सकिन्छ कि भनेर उनी वैदेशिक रोजगारतर्फ लागेकी थिइन् ।

    ‘घरको आर्थिक अवस्थामा मद्दत पुगोस् भनेर विदेश गएकी थिएँ’ उनी भन्छिन्– झन् जीवनकै कठोर सास्ती बेहोरेँ ।’

    उनी अल–असिल म्यानवापरको दोस्रो तल्लामा राखिएका महिलाहरूको दुःखद् अवस्था स्मरण गर्दै भन्छिन्– ‘यस्ता मानव तष्करहरूलाई कठोर सजाय पाउनुपर्दछ ।’

    उनी अरूलाई सुझाव दिन्छिन्– ‘घर दुःख पर्यो भनेर नजानी नबुझी विदेश जाने काम नगर्नुहोला । मैले नै धेरै दुःख ब्यहोरेँ, अरूले ब्यहोर्नुनपरोस् ।’

    बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.