जनक राज पौडेल, पाण्डिचेरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डेचेरी अन्तर्गत महिला विभागको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति एकता समाज केन्द्रीय सचिव प्रेम पौडेलले महिलाहरुमाथि हुँदै आएका शोषण दमन मुख्यतः सामन्ती चिन्तनको परिणाम भएको बताउनु भयो ।
उहाँले महिलाहरु माथि लैङ्गिक र यौनिकहिंसा मात्र नभइ सामाजिक साँस्कृतिक विभेद पनि मुख्य रहेको र हरेक क्षेत्रबाट महिलाहरु उत्पिडनमा परेको भन्दै त्योबाट मुक्त हुन संगठित र सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सचिव, तथा नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय सदस्य भगवती कुँवर, परिषद सदस्य चन्द्रकान्त शर्मा, नगर समिति सचिव गोविन्द शर्मा, सदस्य भद्रबहादुर जिसी, श्रीकृष्ण खनाल, विनोद गायक, समता विभागबाट प्रेम परियार, जनजाती विभागबाट शोमबहादुर चौधरी, विद्यार्थी विभाग क्षेत्रबाट पृया कुँवर लगायत अतिथीहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे स्मरण गर्दै महिला मुक्ति आन्दोलन र बर्तमान राज्य व्यवस्थामा परिवर्तनबारे धारणा राख्नुभएको थियो ।

त्यस्तै, महिला विभागबाट माया खनाल, पार्वती आचार्य, सरस्वती गायक, रेखा गायक, गायत्री शर्मा, मुदलियर पेट एरिया समिति अध्यक्ष विनोद गायक, सचिव रवि पौडेल शुभकामना दिनु भएको थियो । कार्यक्रममा महिला विभागकी संजोजक विष्णु शर्माको अध्यक्षता जमूना शर्माको सञ्चालन तथ विभागकी सदस्य सञ्जु पौडेलले स्वागत गर्नु भएको थियो ।