• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाबाट विदेशमा थप दुईको निधन


  •   आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।

    Advertisement

    शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली संक्रमित भएका छन् ।

    सङ्घका अनुसार कोरोनाका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ , बेलायतमा ८६ र यूएइमा ५० जना नेपालीको ज्यान गएको ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

    शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६२८ कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यस स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा तीन हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको संख्या दुई लाख ७४ हजार ६०८ भने दुई लाख ७० हजार ७७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाटमुक्त भएका छन् ।

    ज्येष्ठ नागरिकले खोप नलगाउने वा सतर्कता अपनाउने नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् । विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् । कोरोना विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ ।

    खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउनुहुन अनुरोध गर्न स्वास्थ्य समितिले आग्रह गरेको छ । यस बाहेक ज्येष्ठ नागरिकले विभिन्न अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ ।

    जस्तै, कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति, स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति, हृदयाघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्तिलाई खोप लगाउन सिफारिस गरिदैँन वा लगाउनका लागि स्वास्थ्य विज्ञको परामर्श आवश्यक पर्छ । मस्तिष्कको रोग भएका वा स्नायू सम्बन्धी स्वास्थ्य समस्या भएका, सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका तथा एकपटक गम्भीर कोभिड– १९ लागेर थला परेका व्यक्तिलाई पनि खोप लगाउँदा सावधानी अपनाउनुपर्छ ।

    तीन महिनायता शल्यक्रिया गरेका व्यक्ति, सिकिस्त बिरामी, ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी, गम्भीर मानसिक स्वास्थ्य समस्या भएका तथा दुई महिनायता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्तिलाई पनि खोप लगाउनुअघि आफ्नो रेगुलर स्वास्थ्य विज्ञसँग सल्लाह गर्न सिफारिस गरिन्छ । हाल रुघाखोकी, ज्वरो, सास फेर्न गाह्रो भएका र कोरोना निको भएको २८ दिन नपुगेका व्यक्तिले खोप लगाउनु उचित मानिदैँन ।

    क्यान्सरको उपचार गराइरहेका बिरामी, एचआइभी संक्रमित, कडा खालका औषधि सेवन गरिरहेका, मिर्गौला तथा बोन म्यारो प्रत्यारोपण गरेका,
    गम्भीर दम भएका, डाउन सिन्ड्रोम भएका र थाल्सेमिया वा बाथ भएका व्यक्तिलाई पनि खोप नलगाउन तथा लगाउनु परे स्वास्थ्य विज्ञसँग परामर्श गरेर मात्रै खोप लगाउन अनुरोध गरिएको छ । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । झोलिलो खाने, ज्वरो आए वा शरीर दुःखे पारासिटामोल खाने तथा केही गाह्रो भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । (रासस)

    आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.