खिमराज चालिसे, चंडिगढ ।
यात्राको दौरानमा सावधानी अपनाउदा नसक्दा नेपालीहरुबाटै नेपालीहरु लुटिने ठगिने समाचार बेलाबेलामा आउने गरेका छन् ।
यसै क्रममा भारतको पञ्जाव राज्यको डेराबस्सी– लाडडु सडकखण्डमा १७ जनवरी दिउँसो करिव १ वजे रुपन्देही जिल्लाको कंचनपुर गाउँपालिका–५ रुद्रपुर हरैया, भैसिया निवासी ६० वर्षीय श्रीराम विकको एउटा मोवाइल , १० हजार भारु, २ वटा एटीएम तथा जरुरी कागजपत्र रहेको पर्स र एक झोलासहित लत्ताकपडाहरु लुटेका छन् ।
नेपाल जान भनि पटियालाबाट जीरकपुर नुक्कड़ ढावा नजिकैको हाइवेमा बसको प्रतिक्षामा रहेका बेला श्रीराम लुटिएका हुन् । उनका अनुसार अगाडि सेतो रंगको स्कार्पियो गाडी (जस्को नम्बर याद रहेन) रोकिएर ‘नेपाल जाने तपाईं हो ? आउनुहोस् सिट खाली छ’ भनि बोलाएको र गाडीमा अगाडि २ जना भारतीय हिन्दी भाषी र पछाडि ३ जना नेपालीभाषी रहेका थिए ।
उनीहरु तीन जना नेपाली भाषीले डेराबस्सी टोलपार गरिसकेपछि अचानक छोपी लुटेका हुन् । केही सामाजिक व्याक्तको उद्धारमा भतिजासँग पुगेका श्रीराम विक आज भतिजासँगै नेपालको लागि चंडिगढबाट प्रस्थान गरेका छन् ।
उपरोक्त घटना सम्वन्धमा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको विचार जान्ने हाम्रो प्रयासमा उहाँले भन्नुभयो, ‘भारतस्थित नेपालीहरुले नेपालीहरु प्रति नै बढी विश्वास गर्ने हुँदा भारतीय तथा नेपाली असमाजिक तत्वहरुको मिलीमतोमा उनीहरुले फाइदा उठाउन सक्ने हुँदा यस्ता प्रकारका घटनाहरु विरुद्ध आम जनसाधारणलाई सचेत गर्दै र प्रशासनले पनि नेपालीहरुको संरक्षण र सुरक्षाको ग्यारेन्टी गर्नु पर्दछ भन्ने रहेको छ ।’