मेघराज रिस्मेली, जापान ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका वार्ड नं.४, खरुवाका पूर्णबहादुर खत्रीको जापानमा निधन भएको छ ।
Advertisement
विगत तीन वर्षदेखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत ३८ वर्षीय खत्रीको ब्रेन ह्यामरेजका कारण ‘फुजी नोउकेन हस्पिटलमा’ मा उपचारका क्रममा शुक्रबार (जनबरी ८) साँझ ५ बजे निधन भएको हो ।
मृतक खत्रीको नेपालमा श्रीमती, ३ छोरी र १ छोरा छन् । पारिवारिक स्रोतका अनुसार उनको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको जनाइएको छ ।
मृतक खत्रीको अन्तिम संस्कार आइतबार फुजिनोमिया सेईयनमा हुने जापान नेपाली एकता समाजले जानकारी गराएको छ ।