काठमाडौं । गत २४ घण्टामा दुई हजार आठ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार एक हजार ६७ महिला र एक हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । १२ हजार ३११ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका हुन् ।
यस्तै ३ हजार ३३६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ पुगेको छ ।
हालसम्म नेपालमा १ लाख ५८ हजार ८९ जनालाई कोरोना संक्रमित भइसकेका छन् । सोमध्ये नेपालमा निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा मृत्यु हुनेको जम्मा संख्या ८४७ पुगेको छ।

