• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यी पाँच कारण, जसले कोरोना भाइरस यति खतरनाक बनिरहेको छ


  •   शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसले यतिबेला पूरै विश्व आक्रान्त छ । यसअघि पनि मानिसलाई भाइरसले आक्रमण नगरेका होइनन‍् । यस्ता महामारी नफैलिएका होइनन् । तर ती नियन्त्रण गर्न यति कठिन भएको थिएन ।

    Advertisement

    कोरोना भाइरस नै यस्तो किन ?यसको जीवशास्त्रमा त्यस्तो के छ, जसले गर्दा मानव जीवनका लागि यो यति खतरनाक बनिरहेको छ ?

    १) धोका दिन सिपालु
    संक्रमणको सुरुवाती चरणमा कोरोना भाइरस तपाईंको शरीरलाई धोका दिन्छ। अर्थात् यो भाइरस हाम्रो फोक्सो र श्वासप्रश्वास प्रणालीमा ठूलो मात्रामा बसिसकेको हुन्छ, तर पनि हाम्रो प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई लाग्छ कि सबै ठीकठाक छ ।

    युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक पल लेहनर भन्छन्, ‘यो अचम्मको भाइरस हो । यसले तपाईंको नाकलाई आफ्नो कारखाना बनाइसक्छ, तर तपाईंलाई लाग्छ कि म ठीकै छु ।’

    हाम्रो शरीरका कोषिकाले इन्टरफर्नो नामको रसायन उत्पादन गर्छन् । जब त्यसमा कुनै भाइरस प्रवेश गर्छ तब हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले चेतावनी दिन्छ । तर कोरोना भाइरसमा यस्तो चेतावनी रोक्ने गजबको क्षमता हुन्छ ।

    प्राध्यापक लेहनर भन्छन्, ‘यो भाइरसले यति कुशलतापूर्वक आफ्नो काम गर्छ कि तपाईंलाई थाहै हुँदैन कि तपाईं बिरामी हुनुहुन्छ ।’

    उनका अनुसार शरीरको कोषिकामा भाइरस बसेको लामो समय भइसक्दा पनि संक्रमणको महसुस हुँदैन, परीक्षण गरेपछि मात्रै भाइरस रहेको थाहा हुन्छ ।

    २) हिट एन्ड रनजस्तो भाइरस
    हाम्रो शरीमा भाइरसको भार उच्च भइसकेपछि मात्र हामी बिरामी पर्छौं र लक्षण देखिन थाल्छन्।

    यसकारण लक्षण नदेखिए पनि शरीरमा भाइरस प्रवेश गरिसकेको हुन सक्छ र एक व्यक्तिले अर्को व्यक्तिलाई सार्न सक्छ। बिरामी अस्पताल भर्ना हुनुपर्ने गरी भाइरल लोड पुग्न करिब एक हप्ता लाग्छ।

    प्राध्यापक लेहनर भन्छन्, ‘आफूलाई वृद्धि गर्ने यसको शानदार तरिका छ। यसले बिरामीलाई तुरुन्त अस्पताल जाने अवस्थामा पुर्‍याउँदैन। आरामैजस्तो महसुस गराउँछ र संक्रमितलाई पर्याप्त मात्रामा बाहिर घुमफिर गर्ने समय दिन्छ, जसका कारण भाइरस अन्य व्यक्तिमा फैलिन पाउँछ।’

    यसर्थ कोरोना भाइरस त्यस्तो चलाख चालकजस्तो छ, जो दुर्घटना गराएर तुरुन्त भाग्छ। कुनै संक्रमित सञ्चो हुनु वा मर्नुअघि ऊ तुरुन्त अर्को व्यक्तिमा सर्छ।

    सन् २००९ मा देखापरेको मूल सार्स–कोरोना भाइरस र अहिले फैलिएको कोरोना भाइरसमा धेरै अन्तर छ । मूल सार्स–कोरोना भाइरस संक्रमण हुनेबित्तिकै मानिस बिरामी पर्थे र लक्षण देखिन्थे, जसले गर्दा उसलाई तुरुन्तै अलग ठाउँमा राख्न भ्याइन्थ्यो ।

    ३) शरीरका लागि अपरिचित भाइरस
    यसअघिको महामारीको सम्झना गरौं । सन् २००९ मा मानिस एच१एन१ अर्थात् स्वाइन फ्लुबाट निकै डराउँथे । तर त्यसले त्यति धेरैको ज्यान लिएन, जति चिन्ता गरिएको थियो ।

    कारण के हो भने यस भाइरसविरुद्ध लड्ने क्षमता केही हदसम्म वृद्ध मानिसमा पनि थियो । किनकि यस किसिमको भाइरस पहिले पनि फैलिसकेको थियो ।

    युनिभर्सिटी अफ म्यानचेस्टरका प्राध्यापक ट्रेसी हसल भन्छन्, ‘यो नयाँ किसिमको भाइरस हो, यसैकारण मानिसमा यसविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली नै छैन । यसको नयाँ प्रभाव तपाईंको शरीरको प्रतिरक्षा प्रणालीका लागि एउटा झट्का साबित हुन्छ ।’

    यसको तुलना युरोपमा देखापरेको स्मलपक्ससँग गर्न सकिन्छ । जुन भाइरसविरुद्ध पनि मानिसमा प्रतिरोधी क्षमता थिएन, जसले गर्दा घातक परिणाम बेहोर्नपर्‍यो ।

    भाइरसविरुद्ध लड्ने नयाँ प्रतिरक्षा प्रणाली बन्न वृद्ध मानिसका लागि एकदमै मुस्किल हुन्छ, किनकि उनीहरूको प्रतिरक्षा प्रणाली नै कमजोर भइसकेको हुन्छ । नयाँ भाइरसविरुद्ध लड्ने नयाँ प्रतिरक्षा प्रणाली बन्न निकै परिवर्तनबाट गुज्रिनुपर्ने हुन्छ । जस्तो कि जीवनमा आउने नयाँ समस्या समाधान गर्न कति तरिका अपनाउनुपर्छ । जुन कुनै सफल हुन्छ त कुनै असफल । कुनै कुरा परिवर्तन पनि गर्नुपर्ने हुन्छ । यस्तै हो, प्रतिरक्षा प्रणाली विकास हुने प्रक्रिया पनि ।

    तर धेरै उमेरका मानिसमा प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अंश मानिने टी–सेल्स एकदमै कम बन्छ । यसकारण प्रतिरक्षा प्रणाली विकास हुन गाह्रो

    ४) पूरै शरीरमा फैलिन्छ
    कोरोना भाइरसले फोक्सोमा त संक्रमण गर्छ नै, पूरै शरीमा फैलिन्छ । किङ्स कलेज अफ लन्डनका प्राध्यापक मारो गाका भन्छन्, ‘कोरोनाका धेरै कुरा निकै अनौठा छन्, यो अन्य भाइरसभन्दा एकदमै फरक छ ।’

    उनका अनुसार यसले फोक्सोका कोषिकालाई मार्ने काम मात्र गर्दैन, तिनलाई बिगार्छ पनि। यसबाट खराब भएका कोषिकाले आफ्ना आसपासका स्वस्थ कोषिकालाई पनि खराब बनाइदिन्छन् ।

    प्राध्यापक गाका भन्छन्, ‘फ्लु निको भएपछि तपाईंको फोक्सो फेरि पूरै स्वस्थ हुन सक्छ । तर कोरोना संक्रमणपछि यस्तो हुँदैन । यो अजिबको संक्रमण हो ।’

    यसमा शरीरमा रगत जम्ने समस्या पनि हुन्छ । धेरैपटक चिकित्सकलाई यस्ता बिरामीको नसा पत्ता लगाउनसमेत मुस्किल हुने गरेको छ ।

    किङ्स कलेज अफ लन्डनका प्राध्यापक बेवरली हन्ट भन्छन्, ‘कोरोनाले केही बिरामीमा रगत जमाउने रसान सामान्यभन्दा २००, ३००, ४०० गुनासम्म बढी पाइएको छ ।’

    उनले इनसाइड हेल्थसँग भनेका छन्, ‘म इमान्दराीसाथ भन्न चाहन्छु कि मैले आफ्नो चिकित्सकीय जीवनमा अहिलेसम्म यति गाढा रगतवाला बिरामी देखेको थिइनँ ।’

    कोरोना भाइरसले पूरै शरीरलाई प्रभावित पार्न सक्नुको कारण हो– शरीरमा भएको एसीई–२ रिस्पेटर, जसमार्फत भाइरसले कोषिलाई संक्रमण गर्छ । एसीई–२ रिस्पेटर, एक किसिमको प्रोटिन हो, जुन रक्त कोषिका, फोक्सो, कलेजो र मिर्गौलासहित पूरै शरीरमा हुन्छ । यसकारण कोरोना भाइरस शरीरका हरेक अंगमा पुग्छ ।

    ५) मोटोपनका लागि झन् खतरनाक
    यदि तपाईंको तौल धेरै छ भने त कोरोनाले तपाईंलाई धेरै हानि गर्ने जोखिम हुन्छ ।

    युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक स्टिफन ओ रहेली भन्छन्, ‘मोटोपनसँग यसको गहिरो सम्बन्ध छ, जुन सम्बन्ध अन्य भाइरसमा देखिन्न । वास्तवमा, सम्पूर्ण शरीरमा रहेको बोसोले मेटाबोलिक गडबडी गराउँछ, जसले गर्दा मोटा मानिस कोरोना भाइरसबाट थप प्रभावित हुन्छन् ।’

    कोरोना भाइरस र यससँग सम्बन्धित प्रभावबारे थाहा नभएका अन्य धेरै कुरा समयसँगै पत्ता लाग्दै जालान् । यसबारे जस्ताजस्ता कुरा पत्ता लाग्दै जान्छन्, मानव शरीरले पनि त्यस्तैत्यस्तै नियन्त्रणका उपाय विकास गर्दै जानेछ । बीबीसी

    शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.