• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

गहन विषय, सरल लेखनः ‘नेपालमा पूर्वीय दर्शनको शासन’


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • नेपालको राज्य सत्ता सञ्चालनमा पूर्वीय दर्शनको प्रभावबारे गहकिलो पुस्तक बजारमा आएको छ।

    Advertisement

    लेखक विमल पोखरेलले ‘नेपालमा पूर्वीय दर्शनको शासन’ नामक पुस्तकमार्फत पूर्वीय दर्शन र शासन व्यवस्थाबीचको अन्तरसम्बन्धलाई मसिनो गरी केलाउने प्रयास गरेका छन्।

    पूर्वीय दर्शनको शासनसत्तासँगको सम्बन्धबारेका पुस्तकहरु यसअघि प्रकासित भएको जानकारीमा छैन। यसर्थ यस विषयमा चासो राख्नेहरुका लागि पोखरेलको पुस्तकले थोरै भएपनि अभाव पुर्ति गरेको छ।

    यसअघि ‘शिक्षाको राजनीतिक स्वरुप–२०६६’ र ज्ञानको पाइला–२०६८’ मार्फत चर्चा कमाएका विद्यार्थी नेता पोखरेलले विषयबस्तुको जति गहिरिएर अध्ययन गर्छन्, त्यति नै सरल शब्दमा प्रस्तुत गर्ने उनको शैलीले पाठकलाई मोहित पार्छ।

    दर्शन केवल दर्शन मात्रै होइन, यो शासनसत्ताको प्रतिविम्ब पनि हो। हरेक परिवर्तनको प्रतिविम्ब दर्शनमा देखापर्छ। दार्शनिक मान्यताहरु निरन्तर परिवर्तन भइरहेका छन्। दर्शनले समाजका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सैनिक पक्षहरुमा दरिलो प्रभाव पार्न सक्छ। दर्शन यही पृथ्वीमा भइरहेका भौतिक गतिविधिहरुको मान्छेको दिमागको उपज हो।

    प्रस्तुत पुस्तकमा पूर्वीय अध्यात्मवादी र पूर्वीय भौतिकवादी दर्शनको द्वन्द्वलाई रोचक विश्लेषण गरिएको छ । माक्र्सवादमा विश्वास राख्ने विद्यार्थी नेताको प्रस्तुत पुस्तकले पूर्वीय दार्शनिक व्याख्यामा नयाँ आयाम थपेको छ । पोखरेलले दार्शनिक बहसमा आफूलाई उभ्याएका छन्। नेपालको दार्शनिक क्षेत्रमा यो उल्लेख्य उपलब्धि पनि हो ।

    हरेक विषयवस्तुलाई प्रमाणिक प्रस्तुती पुस्तकको रोचक पक्ष हो। पूर्वीय अध्यात्मवादी दर्शनले नेपाली समाज, शासनसत्तामाथि यति लामो समयसम्म कसरी नियन्त्रण जमाउन सक्यो भन्ने कुरालाई पुस्तकमा पस्किन सक्नु पोखरेलको सफलता हो।

    पूर्वीय अध्यात्मवादी दर्शनमा कुलीनहरुले किन निरन्तर पकड जमाउन सके, छुवाछूतले कसरी साम्राज्य जमाउन सक्यो, अध्यात्मवादले अगाडि सारेको पूर्वजन्म वा पुनर्जन्म, दलितहरुमा हजारौँ वर्षदेखिको छुवाछुत जस्ता कुराहरुको सुक्ष्म विश्लेषण गरिएको पुस्तक बनेको छ।

    पूर्वीय दर्शन भन्नाले केवल अध्यात्मवादी दर्शनलाई बुझ्ने गरिन्छ। तर बौद्ध, सांख्य, जैनजस्ता भौतिकवादी दर्शनले आफूलाई स्थापित गर्न सफल भएका छन्।
    हिन्दू अध्यात्मवादी दर्शनको केन्द्रमा राजा नै रहेका छन्। राजालाई भगवानको प्रतीक मानिएको छ। तर आज राजा नहुँदा पनि पूर्वीय अध्यात्मवादी दर्शनले समाजमा जरा गाडेर बसेको छ।

    यद्यपि पूर्वीय अध्यात्मवादी दार्शनिकहरुले शासनसत्तामा राजालाई निर्विकल्प प्रस्तुत गरेका छन्। मनु, याज्ञबल्क, शुक्राचार्य आदी दार्शनिकहरुले राजालाई शक्तिशाली रुपमा प्रस्तुत गरेका छन्। तर त्यति शक्तिशाली राजाले शासन गरेका राज्यहरु पछिल्लो समय यस क्षेत्रमा किन ढले? तिनीहरुको विकल्पबारेमा पूर्वीय दार्शनिक कृतिहरु मौन रहे पनि समयको बदलावलाई अध्यात्मवादले स्वीकार गर्न नसकेको कुराबाट सबैभन्दा मार अध्यात्मवादी दर्शनले नै खाएको छ।

    भौतिकवादी तथा नास्तिकहरु समाजमा बढ्दै जानुले अध्यात्मवादप्रतिको चासो कम हुँदै गएको छ। पुस्तकमा अध्यात्मवाद र त्यसको शासनको ढल्दै गरेका दृश्यहरुलाई ऐतिहासिक रुपमा विश्लेषण गरेका छन्।

    पुस्तकको भूमिका मोहनविक्रम सिंहले लेखेका छन् भने आहुती, शे तोकारेव, मोहन वैद्य, गोपीनाथ शर्मा, विशाल खनाल, श्रीरामप्रसाद उपाध्याय, ज्ञाइन्द्रबहादुर श्रेष्ठ जस्ता विद्धानहरुको टिप्पणी समेटिएको छ।

    परिवेश मिडिया प्रालिद्वारा प्रकासित पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ।

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.