दाङ । दाङका विभिन्न स्थानमा राष्ट्रिय जनमोर्चामा प्रवेशको लहरै चलेको छ । सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस परित्याग गरी युवाहरु धमाधम राजमोमा संगठित हुन थालेका छन् ।
यसै क्रममा दाङको घोराही उपमहानगरपालिका–१ का दर्जन बढी युवाहरु राजमोमा प्रवेश गरेका छ्न् । राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितमा भएको एक कार्यक्रमका बिच युवाहरु पार्टीमा प्रवेश गरेका हुन्।
तारा बहादुर बुढाको नेतृत्वमा प्रवेश गर्ने हरुमा सन्तबिर घर्ती, सोभाराम पुन, भिमा बुढा, दिल बहादुर रावत, कुन्ती पुन, चन्द्रबहादुर थापा, मीन बहादुर बुढा, लालबहादुर सुनार, चिन्ता बुढा, निमा थामा, मित्री सुनार, भिमा रावत, हेमराज बिस्ट लगायत रहनु भएको छ ।
कार्यक्रममा युवाहरुलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले देशमा अन्याय, बेथिति र भ्रष्टाचार बढेको हुँदा युवाहरु सक्रियतापूर्वक राजनीतिमा लागेर समाजका सम्पूर्ण बेथितिहरुको अन्त्य गर्नु पर्ने र समाजलाई सकारात्मक रुपान्तरणमा अग्रसर हुनु पर्ने बताउनु भयो ।
प्रवेश पछि उत्साहित हुँदै गाउँमा बृहत रुपमा प्रवेश कार्यक्रम सञ्चालन गर्ने र संगठन निर्माण गर्ने योजना समेत बनेको छ।
यो पनिः
राजमोप्रति युवाहरुको आकर्षण, दाङमा प्रवेशको लहर
दाङका उद्यमी युवाहरु राजमोमा संगठित