• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

यस्तो छ आजको मौसम पूर्वानुमान

बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

कार्की रिटमा सरकारलाई सर्वोच्चको कारणदेखाऊ आदेश

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ५. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ६. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो–रक्तिमको संयुक्त टोलीले खेल्यो रुकुमपूर्वमा पाँच दिनसम्म प्रगतिशील देउसीभैलो

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित


  •   बिहिबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
  • बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतङ्कले हैरान बनाएको छ ।

    Advertisement

    चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका/बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा/पाठामा क्षति पुर्‍याएको छ ।

    जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण पशुपालन र अन्न बाली सङ्कटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउनुहुन्छ ।

    “अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो,” सापकोटाले भन्नुभयो, “हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।” किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उहाँको भनाइ छ ।

    चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गर्नुभयो । उहाँले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताउनुभयो ।

    आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताउनुभयो । जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।

    जैमिनी नगरपालिकामा बसाइँसराइ बढेपछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिनुभयो । रासस

    बिहिबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान
    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ५.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ६.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    भर्खरै

    • १.
      दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

    • २.
      बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    • ३.
      भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    • ४.
      लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    • ५.
      कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    • ६.
      यस्तो छ आजको मौसम पूर्वानुमान

    • ७.
      बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

    • ८.
      पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.