काठमाडौं । भारतले बागडोग्रा विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश प्रयोग गर्न अनुमति मागेको छ। नेपालले भैरहवा एयररुटका लागि भारतीय आकाश प्रयोगको अनुमति माग्दै आएको सन्दर्भमा भारतको प्रस्तावमा सकारात्मक संकेत दिएको हो।
Advertisement
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको टोलीले नयाँ दिल्लीमा यस विषयमा छलफल गरेको थियो। नेपाली पक्षले बागडोग्राका लागि सहमति जनाउन सक्ने संकेत दिए पनि रक्सौलका उडानबारे थप अध्ययन आवश्यक रहेको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणमा एयररुटसम्बन्धी समस्या समाधानका लागि सहमति जुटाउने प्रयास गरिने बताइएको छ। नेपालले विशेषगरी भैरहवा एयररुटको अनुमति प्राप्त गर्न जोड दिँदै आएको छ।