• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

यस्तो छ आजको मौसम पूर्वानुमान

बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

कार्की रिटमा सरकारलाई सर्वोच्चको कारणदेखाऊ आदेश

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ५. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ६. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो–रक्तिमको संयुक्त टोलीले खेल्यो रुकुमपूर्वमा पाँच दिनसम्म प्रगतिशील देउसीभैलो

युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

"सुवास जिसी, अध्यक्ष, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) "

  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
  • नेपालमा अनुभवहीन ‘जेन–जी आन्दोलन’ को योजनाबद्ध दुरुपयोगबारे विद्यार्थी संगठन अखिल छैठौँका अध्यक्ष तथा नेपालस्थित क्रान्तिकारी विश्व संगठनका सदस्य सुवाससँग अन्तर्वार्ता लिएको छ । नेपाल अहिले अमेरिकी साम्राज्यवादद्वारा प्रोत्साहित फासिस्ट गिरोहको शासनबाट शासित भइरहेको छ ।

    Advertisement

    गत सेप्टेम्बर महिनामा नेपालमा तथाकथित जेन–जी आन्दोलनको ठूलो युवा प्रदर्शन भएको थियो। यसको आयोजना कसले गरेको थियो ?

    –युवाहरूलाई मुख्यतः सामाजिक सञ्जाल तथा रेडिट र डिस्कोर्डजस्ता अनलाइन प्लेटफर्ममार्फत परिचालन गरिएको थियो। उनीहरू भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाउन खोजिएको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका थिए।

    वर्तमान गृहमन्त्री सुदान गुरुङ यस सामाजिक सञ्जाल अभियानका एक प्रमुख समर्थक थिए । प्रदर्शनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भए ।

    आज यो कुरा सार्वजनिक भइसकेको छ कि अमेरिकी दूतावासद्वारा परिचालित ‘युवा दस्ताहरू’ का व्यक्तिहरूले योजनाबद्ध रूपमा र नेतृत्वदायी भूमिकामा आन्दोलनमा सहभागिता जनाएका थिए र उनीहरूलाई नयाँ राजनीतिज्ञका रूपमा तयार पारिएको थियो ।

    यसका अतिरिक्त, विभिन्न पार्टीका कैयौँ नेताहरूका निवासस्थानको विवरण डिस्कोर्डमा सार्वजनिक गरिएको थियो । साथै, आगजनीका घटनापछि ‘काम सम्पन्न भयो’ भन्ने सन्देशहरू पनि लेखिएका थिए ।

    यी सबै कुराले यो कुनै स्वतःस्फूर्त आन्दोलन नभई योजनाबद्ध षड्यन्त्र थियो भन्ने निष्कर्ष निकाल्न पर्याप्त आधार प्रदान गर्छन् । यस षड्यन्त्रमा जेन–जी आन्दोलनको दुरुपयोग गर्दै युवाहरूको आक्रोशलाई हतियारका रूपमा प्रयोग गरी सरकारलाई सत्ताबाट हटाउने प्रयास गरिएको थियो ।

    यी प्रदर्शनहरू निकै छिटो हिंसात्मक बने । यस्तो कसरी भयो ?

    सुरुमा आयोजकहरूले आन्दोलन शान्तिपूर्ण रहने घोषणा गरेका थिए । आन्दोलनको पहिलो दिन अर्थात् सेप्टेम्बर ८ मा पनि अवस्था त्यस्तै देखिएको थियो । तर त्यसपछि प्रदर्शनकारीहरूको एउटा समूहले प्रहरीको घेराबन्दी तोड्दै संसद् भवनतर्फ अघि बढ्न थाल्यो ।

    प्रहरीले उनीहरूमाथि गोली चलायो र कम्तीमा १९ जना युवाको ज्यान गयो । सयौँ मानिस घाइते भए ।

    त्यसको भोलिपल्ट सरकारी भवनहरू तथा अन्य सार्वजनिक संरचनाविरुद्ध तोडफोड र हिंसात्मक गतिविधिहरू भए । पार्टी कार्यालय, आवासीय भवन, व्यावसायिक भवन तथा औद्योगिक प्रतिष्ठानहरूमा आगजनी गरियो ।

    विद्यार्थी संगठनहरूविरुद्धको प्रतिबन्धको विरोधमा आयोजित प्रदर्शन सभामा।

    अहिले नयाँ सरकार छ । के परिवर्तन भएको छ ?

    जेन–जी आन्दोलनका धेरै कार्यकर्ताहरूले आफ्‌नो असन्तुष्टि व्यक्त गर्दै कुनै पनि देखिने परिवर्तन नभएको बताएका छन् ।

    बरु नयाँ सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाएको छ, प्रेस स्वतन्त्रता सीमित गरेको छ र अन्य धेरै प्रतिबन्धात्मक कदमहरू चालेको छ ।

    अब संगठनहरूले सडक र अदालत दुवै ठाउँबाट सरकारका यी निर्णयहरूविरुद्ध संघर्ष गरिरहेका छन् ।

    यसैबीच, काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि उच्च तहका व्यक्तिहरूले भ्रमण गरेका छन् । करिब ८० हजार युवाहरूलाई आफ्‌नो युवा संगठनमा आबद्ध गराएको र उनीहरूलाई राजनीतिक तालिम प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा दूतावासको प्रशंसा गरिएको छ ।

    यस्ता निर्लज्ज गतिविधिहरू साम्राज्यवादी शक्तिहरू र प्रतिक्रियावादी शक्तिहरूका समर्थकहरूबाट मात्र अपेक्षा गर्न सकिन्छ ।

    हामी विश्वस्त छौँ कि जनचेतना र जनताको आन्दोलनमार्फत उनीहरूलाई पराजित गर्न सकिन्छ ।

    (प्रस्तुत अन्तर्वार्तालाई मूल जर्मन भाषाको भाव, प्रश्न–उत्तरको क्रम, शीर्षक, अनुच्छेद र आशयमा कुनै परिवर्तन नगरी नेपाली भाषामा अनुवाद गरिएको छ ।)

    सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान
    बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    यस्तो छ आजको मौसम पूर्वानुमान

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ५.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ६.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    भर्खरै

    • १.
      दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

    • २.
      बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    • ३.
      भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    • ४.
      लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    • ५.
      कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    • ६.
      यस्तो छ आजको मौसम पूर्वानुमान

    • ७.
      बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

    • ८.
      पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.