रवि पौडेल, पान्डिचेरी (भारत) ।
पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको आयोजनमा प्रगतिशील भैलो सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्री समितिका अध्यक्ष जनकराज पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर ८, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन उपाध्यक्ष पौडेलले नेपाली सांस्कृतिक आन्दोलनमा प्रगतिशील देउसीभैलोको छुट्टै योगदान रहेको दाबी गर्नुभयो ।
प्रगतिशील देउसीभैलो कार्यक्रममा रक्तिमका कलाकारहरूको भूमिका महŒवपूर्ण रहेको उहाँले स्पष्ट पार्नुभयो ।
भारत प्रवासमा भैलो कार्यक्रम सम्पन्न गर्नु भनेको खालि आर्थिक अभियान मात्रै नभएर छाडा पाश्चात्य संस्कार, संस्कृतको विरुद्धको आन्दोलन भएको उहाँको भनाइ थियो ।
कार्यक्रमलाई महिला विभागको तर्फबाट जमुना शर्मा, समता विभागको तर्फबाट शिव गायक, प्रगतिशील युवा तथा महिला समूहबाट गणेश परियार र रमिता परियारले शुभकामना दिनुभएको थियो ।
सो अवसरमा केन्द्रीय सदस्यहरू भगवती कुँवर र बालाकृष्ण गायक र समता विभाग विनोद गायकको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन नगर सचिव रवि पौडेलले गर्नुभएको थियो भने अध्यक्षता गोविन्द शर्माले । सहिदको सम्मानस्वरूप एक मिनट मौनधारणपछि उपस्थित जनसमुदायलाई स्वागत गमबहादुर विक र रक्तिमका कलाकारहरूले गर्नुभएको थियो ।






