खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा २०८३ सालको प्रगतिशील देउसीभैलो उद्घाटन भएको छ ।
केन्द्रीय सचिव कुलबहादुर बगालेले रिबन काटेर नोभेम्बर ८, २०२६ का दिन भैलोको उद्घाटन गर्नुभएको हो ।
केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का तथा महिला विभागकी केन्द्रीय सदस्य शुष्मा खडकाको घरबाट भैलो प्रारम्भ भएको छ ।
तीन दिनसम्म जनताको घरदैलोमा पुगी खेल्ने देउसीभैलोको टिम इन्चार्ज जितमान थापाले सो कार्यक्रममा सम्पूर्ण टिमलाई प्रशिक्षण पनि दिनुभएको थियो ।
भैलो टिमको व्यवस्थापनमा सुदूर पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभागकी सदस्य जमुना गाहाले भूमिका खेल्नुभएको बताइएको छ ।






