काठमाडौँ । लक्ष्मीपूजाको दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।
Advertisement
गत शुक्रबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार पुगेको थियो। पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको ७ हजार ५०५ रुपैयाँ रहेको छ।





