काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ। हाल देशमा करिब २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन भइरहेकाले माग आन्तरिक उत्पादनबाटै धान्न सकिने प्राधिकरणले जनाएको छ।
Advertisement
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली चुस्त राख्न विशेष तयारी गरेको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति सहज बनाइने जनाउँदै उपभोक्तालाई विद्युतीय उपकरण तथा तार प्रयोग गर्दा सावधानी अपनाउन र गुणस्तरहीन सामग्री प्रयोग नगर्न आग्रह गरेको छ।





