• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

लक्ष्मीपूजाको दिन सुनचाँदीको भाउ स्थिर

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु


  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
  • क्राको (पोल्याण्ड) । पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए ।

    Advertisement

    पोल्याण्डका रक्षामन्त्रीले ‘आतङ्कवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो । आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए । प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् ।

    गृहमन्त्री मार्सिन किएरविन्स्कीले आक्रमणकारी अत्यन्त कट्टर र अति–राष्ट्रवादी विचार राख्ने व्यक्ति भएको बताउनुभयो । “सबै कुराले उनी अति–दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए भन्ने देखाउँछ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

    प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमण भएको केही घण्टापछि आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शव फेला परेको जानकारी दिनुभयो । ती शव ओस्ट्रोभिएच स्विएन्तोक्रिज्स्की सहरस्थित घरमा भेटिएका थिए । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

    क्राकोमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा तीन जना पोलिश र एक जना बेलायती नागरिक रहेको अधिकारीहरूले बताएका छन् । अन्य दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

    घाइतेमध्ये १३ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीको पनि शल्यक्रिया गरिएको छ । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको प्रहरी कमाण्डर मारेक बोरोनले बताउनुभयो । दुई प्रहरी अधिकारीसमेत गम्भीर घाइते भएका छन् ।

    प्रहरी प्रवक्ता कातारजिना सिस्लोका अनुसार, आक्रमणकारीले सैनिक पोसाकजस्तो कपडा र बुलेटप्रुफ भेस्ट लगाएका थिए । उनको गाडीबाट थप हतियार र गोलीगठ्ठा बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा उनी एक्लैले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ ।

    प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा मानिसहरू चोकबाट भाग्दै गरेको र उद्धारकर्मीले घाइतेको उद्धार गरिरहेको देखिन्छ ।

    क्राकोका मेयर लुकास गिबालाले बुधबारसम्म सहरमा आधिकारिक शोक मनाइने घोषणा गरेका छन् । घटनापछि राजधानी वार्साका मेयर राफाल ट्रास्काओस्कीले पुरानो सहरका मुख्य सडकमा अवरोधक राख्नेलगायत सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको छ ।

    हेगस्थित अन्तरराष्ट्रिय आतङ्कवादविरोधी केन्द्रका अनुसन्धानकर्ता कास्पर रेकावेकले आक्रमणकारीको स्वरूप र हतियार युरोपका अन्य अति–दक्षिणपन्थी एकल आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको बताउनुभयो । उहाँका अनुसार पोल्याण्डमा यस्ता आक्रमणका प्रयास यसअघि पनि भएका थिए । पोल्याण्डमा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ ।

    आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई
    पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न
    जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन
    महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन
    चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    भर्खरै

    • १.
      बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

    • २.
      पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

    • ३.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

    • ५.
      महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    • ७.
      निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

    • ८.
      रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.