• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

पर्यटन विकासको सम्भावना र सरकारको दायित्व


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • –पदम के.सी. ###

    Advertisement

    अर्घाखाँची जिल्लाको सुपादेउराली क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गइरहेको छ । शितगंगाको लाहुरे बजारदेखि सन्धिखर्क नगरपालिकाको सुपादेउराली बजार, नरपानी र खाँचीकोटसम्म सार्वजनिक तथा निजी पर्यटकीय पूर्वाधारहरू निर्माण हुँदै गइरहेका छन् । लाहुरे बजारदेखि नरपानीसम्म करिब २० वटा आवासीय होटल तथा रिसोर्टहरू खुलेका छन् भने खाँचीकोटतर्फ दुईवटा स्तरीय होटल तथा रिसोर्ट निर्माणाधीन छन् ।

    खाँचीकोटमा केबलकार निर्माणको प्रक्रिया पनि अगाडि बढ्दै छ । दर्जनौँ खाना तथा खाजा पसलहरू खुलेका छन् । गंगा सरोवर, सहिद पार्क, नरपानी–पाणिनि पदमार्गजस्ता सार्वजनिक पूर्वाधारहरू पनि निर्माणाधीन अवस्थामा छन् । सुपादेउराली मन्दिरको प्रसाद ग्रहणका लागि नरपानी पिकनिक स्पट सञ्चालनमा छ । मनोरञ्जनका लागि निजी लगानीमा एडभेन्चर पार्क पनि निर्माण हुने क्रममा छ ।

    यस क्षेत्रमा मुख्यतः धार्मिक तथा प्राकृतिक आकर्षणका लागि पर्यटकहरू आउने गर्छन् । गर्मीयाममा शीतलताका लागि र हिउँदयाममा हिमाली दृश्यावलोकन तथा सुपादेउराली दर्शनका लागि मुख्यतः आन्तरिक र भारतीय पर्यटकहरू आउने गर्छन् । यो क्षेत्र पूर्व–पश्चिम राजमार्गको गोरुसिङ्गेबाट करिब ५० किलोमिटरको दूरीमा अवस्थित छ । समुद्र सतहबाट सरदर १,८०० मिटरको उचाइमा रहेको यस क्षेत्रको हावापानी लेकाली प्रकारको छ । चारैतिर पहाड र हरियाली जंगलले घेरिएको यस क्षेत्रले पनि पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । ऐतिहासिक खाँचीकोट दरबारका अवशेष र जिल्लाकै अग्लो स्थान साउने थुम (नरपानी) पनि नजिकै रहेकाले यो क्षेत्र पदयात्राका लागि समेत आकर्षक बन्दै गएको छ ।

    सम्भावना

    यो क्षेत्रले पर्यटनका लागि प्रचुर सम्भावना बोकेको छ । नेपाल र भारतका सहरहरूको कोलाहलपूर्ण तथा तनावयुक्त जीवनशैलीबाट विश्राम लिन चाहनेहरूका लागि यो शान्त र शीतल भूमि हो । मुख्यतः उत्तर भारतका पर्यटकहरूका लागि यो नजिकको हिल स्टेसन हो । त्यहाँका पर्यटकहरूलाई भारतकै नैनीताल, मसुरी, शिमला, दार्जिलिङ र सिक्किमजस्ता हिल स्टेसनमा पुग्न धेरै समय र धन खर्च गर्नुपर्ने हुन्छ । तर यो नेपालको मध्यभागमा पर्ने भएकाले त्यहाँ पुग्दा समय र धन दुबैको बचत हुन्छ ।

    खाँची र नरपानी जिल्लाको लेकाली हावापानी भएको क्षेत्र भएकाले यहाँका कृषि उपजसमेत स्वादिला हुन्छन् । मुख्यतः आन्तरिक पर्यटकहरूका लागि यहाँको अर्गानिक खाना आकर्षक बन्न सक्छ । आगन्तुक तथा पर्यटक दुवैका लागि यहाँका कृषि उपज र फलफूलले लोभ्याउने गरेका छन् । यसबाट कृषक तथा उत्पादकहरूले आफ्ना उत्पादनको राम्रो मूल्यसमेत पाइरहेका छन् ।

    चुनौती

    पर्यटकीय गन्तव्यका रूपमा प्रचुर सम्भावना बोकेको भए पनि यो क्षेत्र तीनै तहका सरकारको दृष्टिबाट ओझेलमा परेको छ । एउटा हिल स्टेसनका लागि आवश्यक भौतिक पूर्वाधार पर्याप्त, गुणस्तरीय र आकर्षक हुन जरुरी छ । नेपाल र भारतमा प्रसिद्ध सुपादेउराली मन्दिरअगाडिको सडकखण्डमा अझै ढलान हुन सकेको छैन । त्यहाँको धुलो र धुवाँको सास्ती अन्त्य हुन अझै कति समय लाग्ने हो, थाहा छैन । खाँची–नरपानीका पर्यटकीय पूर्वाधारमा पर्याप्त लगानी हुन सकिरहेको छैन । मुख्य सडकबाट होटल तथा रिसोर्टसम्म जाने सडकहरू कच्ची छन्। खानेपानीका योजनाहरू अधुरा छन् । पर्याप्त लगानीको अभावमा सहिद पार्क अधुरो छ । पदमार्ग अधुरो छ। बी.पी. फूलबारी पार्क पनि अधुरै छ ।

    शंकर पोखरेल मुख्यमन्त्री हुँदा नरपानीलाई हिल स्टेसन घोषणा गरी पूर्वाधार विकासमा व्यापक लगानी गर्ने बताइएको थियो । तर त्यसपछिका प्रदेश सरकारले त्यसलाई अगाडि बढाउन चाहेनन् वा बढाएनन् । केन्द्र सरकारले ल्याएको हिल स्टेसनको अवधारणा पनि समग्र क्षेत्रको विकासमा भन्दा चन्द्रागिरी हिल्सजस्तो सीमित क्षेत्रमा केन्द्रित हुने देखियो । त्यसले समग्र खाँची–नरपानीलाई समेटेर एउटा एकीकृत पर्यटकीय गन्तव्य विकास गर्ने देखिएन । सन्धिखर्क नगरपालिकाले समेत यस क्षेत्रको गन्तव्य विकासमा पर्याप्त ध्यान दिइरहेको छैन ।

    सुपादेउराली मन्दिर र नरपानीमा दैनिक औसतमा हजारौँ आगन्तुकको चहलपहल हुने गर्छ । मन्दिरको प्रसाद ग्रहण खासगरी नरपानी पिकनिक स्पटमा गरिन्छ । आगन्तुकहरूले ल्याउने सवारीसाधनका लागि बनाइएको एउटा कच्ची पार्किङस्थल सानो भएकाले सडकमा समेत सवारीसाधन पार्किङ गर्नुपर्ने अवस्था छ । यसले दुर्घटनाको जोखिम बढाएको छ। पर्यटकहरू आउने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक साँघुरो छ । साँघुरो सडकका कारण पनि धेरै पर्यटकहरू चाहेर पनि यस गन्तव्यमा आउन सकिरहेका छैनन् ।

    पिकनिक स्थलमा प्लास्टिकजन्य भाँडाकुँडामाथि प्रतिबन्ध लगाइएको भए पनि कुहिएर जाने फोहोर तथा आगन्तुकहरूले फाल्ने प्लास्टिकका बोतलहरूले पर्यटकीय क्षेत्रको सौन्दर्यलाई कुरूप बनाइरहेका छन् । फोहोर व्यवस्थापनसम्बन्धी कामसमेत स्थानीय तहले प्रभावकारी रूपमा गर्न सकेको देखिँदैन । यस क्षेत्रमा खुलेका होटल तथा रिसोर्टहरूबाट निस्कने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्वच्छ वातावरणमा नकारात्मक प्रभाव पर्ने खतरा छ ।

    यस क्षेत्रको सौन्दर्य र अनुकूल हावापानीका कारण होटल तथा रिसोर्टमा आउने पर्यटकहरू लामो समयसम्म बस्न चाहन्छन् । उनीहरू नजिकै रहेका आकर्षक स्थानहरूमा घुम्न पनि चाहन्छन् । तर माथि उल्लेख गरिएझैँ तीनै तहका सरकारको बेवास्ताका कारण आकर्षक पर्यटकीय केन्द्रहरू कि त अधुरा छन् कि निर्माण नै सुरु भएका छैनन् । परिणामस्वरूप पर्यटकहरू आफ्‌नो बसाइ अवधि छोट्याएर घर फर्किन बाध्य हुन्छन् । यसरी यहाँ खर्च गर्न भनेर ल्याएको धनसमेत फिर्ता जान्छ ।

    सुपादेउराली क्षेत्र एउटा प्रसिद्ध मन्दिर मात्र नभएर उदाउँदो हिल स्टेसन पनि हो । यहाँ पर्यटकीय गन्तव्य विकासका लागि निजी क्षेत्रले समेत लगानी बढाउँदै लगेको छ । यस क्षेत्रमा निजी क्षेत्रको लगानी अर्बौँ रुपैयाँ पुग्दै छ। लगानीकर्ताहरूको लगानी सुरक्षित गर्ने दायित्व पनि सरकारकै हो ।

    यहाँका बासिन्दाका लागि पर्यटन नयाँ पेसा हो । पर्यटनसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नु अत्यन्त आवश्यक छ। यसका लागि तीनै तहका सरकारले पर्यटनसम्बन्धी शिक्षा र तालिम प्रदान गर्न तथा स्थानीय युवालाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्न आवश्यक छ ।

    निष्कर्ष :

    पर्यटन समुदायमा नगद भित्र्याउने एउटा आकर्षक पेसा हो । कृषिलाई पर्यटनसँग जोड्न सके गरिबी निवारण गर्दै स्थानीय बासिन्दाको जीवनस्तर उकास्न यसले ठूलो भूमिका निर्वाह गर्न सक्छ । पर्यटनले सिर्जना गर्ने रोजगारी र स्वरोजगारीका अवसरहरूले विदेश पलायनलाई समेत रोक्न सक्छन् । नरपानी–खाँची क्षेत्रमा रहेका युवाहरूको संख्याले पनि यस सम्भावनालाई पुष्टि गर्छ ।

    अतः निर्वाचित सांसद हरिप्रसाद भुसालले आफ्‌नो निर्वाचन वाचापत्रमा उल्लेख गरेझैँ एउटा विस्तृत पर्यटकीय गुरुयोजना निर्माण गरी यस सुपादेउराली क्षेत्रको कायापलट गर्न अत्यन्त आवश्यक छ । यसका लागि तीनै तहका सरकार गम्भीर बनून् ।

    मिति : २०८३/०७/१७

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न
    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.