• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    कक्रोच पार्टी गठन

    जुन २६, २०२६ मा इन्स्टाग्रामद्वारा स्थापना भएको सिजेपी (भारतीय कक्रोच जनता पार्टी) ले सरकारको गलत रवैयाका विरुद्ध आन्दोलन गर्दै आइरहेको छ । गत जुन महिनामा निट पेपर लिक भएपछि विद्यार्थीहरू सडकमा आई विरोध गरेका थिए । यसरी पेपर चुहावटको विरोध गर्नेहरू किराफटयाङ्ग्रा वा साङ्ला हुन् भनी एउटा कार्यक्रममा सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले आरोप लगाए थिए । यसको विरोधमा महाराष्ट्र निवासी अभिजित दिपकेले अमेरिकाबाट इन्स्टाग्रामको माध्यमबाट पार्टी गठन गरेका थिए ।

    जुन २०२६ मा दिल्लीको जन्तरमन्तरमा विरोधसभा गर्ने उद्देश्यले उनी दिल्ली आए । दिल्ली, कानपुर, पटना, गोरखपुर, बैङ्गलोरलगायतका सहरमा त्यति बेला विरोध कार्यक्रम सम्पन्न भएका थिए । त्यस क्रममा जन्तरमन्तरको ३६ दिने आन्दोलन इतिहासको सबैभन्दा ठुलो आन्दोलन भनिएको छ । यो आन्दोलनलाई समर्थन गर्दै सामाजिक अभियन्ता तथा पर्यावरणविद सोनम वाङचुकले २६ दिनसम्म र आइसा अध्यक्ष नेहा बोरालगायतले २३ दिनसम्म भोक हड्ताल गरेका थिए । प्रशासनको लाठीचार्ज, अश्रुग्यासका बाबजुद जुलाई २० का दिन “संसद चलो” (संसद जाऔँ) आन्दोलनमार्फत तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानले जुलाई २५ का दिन राजीनामा दिनुपर्‍यो ।

    आन्दोलनकारीले मोदी सरकारको एउटा खुट्टा भाचिएको यो दिनलाई लोकतन्त्रको जित भएको मूल्याङ्कन गरिएको थियो । त्यसपछि शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच पार्टीले शिक्षा व्यवस्था र भौतिक सुधारका नारा लिएर “स्कुल ठिक करो” (स्कुल ठिक गर) अभियान लिएर देशैभरिका स्कुलमा निरीक्षण गर्दै आन्दोलन गरेको थियो ।

    जन्तरमन्तर–२

    गत निर्वाचनको मतदाता नामावलीमा १३ करोड भोट चोरीको आरोप लगाउँदै सिजेपस्ले जन्तरमन्तर सिजन–२ आन्दोलन घोषणा गरेको थियो । अक्टोबर १० का दिन उक्त आन्दोलन घोषणा गरिएको थियो । आन्दोलन विफल पार्न मोदी सरकारले दिल्ली जाने ७५ ओटा रेल, ४५ ओटा मेट्रोस्टेसन, इन्टरनेट सेवा सबै बन्द गरी दिल्ली जन्तरमन्तर मैदानमा ३६ हजार सुरक्षा फौज परिचालन गरेको थियो ।

    आन्दोलनको क्रममा अभिजित दिपके, सौरभ दास र आसुतोष राँकाका साथै चर्चित युट्युबर ध्रुव राठीलाई गिरफ्तार गरिएको थियो । सिजेपीका तीन जना नेतालाई हवाइजहाजबाट र राठीलाई घरबाट गिरफ्तार गरिएको थियो । यसका बाबजुद पनि आन्दोलनको मोर्चा विद्यार्थी नेतृ नेहा बोरा र सिजेपीको तर्फबाट अनिश गवाडेले समालेका थिए । आन्दोलनको क्रममा महिलामाथि गरिएका दमन निन्दनीय थिए । पत्रकार र विद्यार्थीहरूमाथि दिल्ली पुलिसले निर्मम दमन गरेको थियो ।

    प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सीमापारि जर्मन र लन्डनमा समेत सरकार विरोधी कार्यक्रम हुन थालेका छन् । भोटचोरीको आरोप अब राष्ट्रिय मुद्दा बनेको छ ।

    यता, विद्यार्थी नेतृ नेहा बोरा र कक्रोच पार्टीका संस्थापक अभिजित दिपके रिहा भए पनि सौरभ दास र आशुतोषलाई पाँच दिनको न्यायिक हिरासत भनी तिहाड जेलचलान गगरिएको थियो ।

    यी सबै मुद्दामा विपक्षी दल पनि एक ढिक्का भएका छन् ।अ ाजसम्म भएका आन्दोलनमा जुन प्रशासनद्वारा दमन भएको छ, त्यो दु:खपूर्ण छ । लोकतन्त्रमा जनताको घाँटी रेट्ने काम सही होइन । जनताको मौलिक अधिकारको रक्षा हुनुपर्छ । यस्ता न्यायपूर्ण आन्दोलन भारत, नेपाल वा विश्वभरि भएको किन नहोस्, जनताको समर्थन हुन्छ नै । सिजेपी वा आइसाले आयोजना गरेका यी आन्दोलन सही छन् ।

    भारतको कक्रोच जनता पार्टीको आन्दोलनले धेरै कुरा सिकाएको छ । बौद्विकता, निडरता र आत्मविश्वास अनि एकता हुने हो भने सरकार त के, विश्वको कुनै पनि शक्तिसामु झुक्नुपर्ने छैन भन्ने पाठ यो आन्दोलनले सिकाएको छ ।

    को हुन नेहा बोरा ?

    जुन २०२६ मा दिल्लीको जन्तरमन्तरमा भएको ३६ दिने आन्दोलनमा कक्रोच जनता पार्टीको जमेर साथ दिने एउटी विद्याथी्र्र नेतृ हुन् नेहा ।२३ दिनसम्मको भोकहडतालदेखि प्रहरी हिरासतसम्म र त्यसपछि भारतमा वामपन्थी विद्यार्थी सङ्गठनमा नेहा बोराको उदय भएको छ ।

    भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) लिबरेसनको विद्यार्थी सङ्गठन (आइसा) को नेतृत्वमा रहेकी बोरा बेरोजगारी, निट पेपर लिक र निर्वाचन प्रक्रियामा कथित अनियमितता विरुद्धको आन्दोलनमा सक्रिय कक्रोच जनता पार्टीसँगै आन्दोलनमा सकृय छिन् ।

    नयाँदिल्लीको सिजेपीको पहिलो आन्दोलनमा सामाजिक अभियन्ता तथा पर्यावरणविद् सोनम वाङचुकसँग २३ दिने लामो भोकहडताल गर्दै सडक आन्दोलन, लाठीचार्ज, प्रहरी हिरासतसम्म बेहोरेकी नेहा भारतीय वामपन्थी विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी छिन् । यसले उनलाई राष्ट्रिय चर्चाको केन्द्रमा पुर्‍याएको छ । बेरोजगारी, परीक्षामा प्रश्नपत्र आउट र निर्वाचन प्रक्रियामा कथित अनियमितता विरुद्ध आवाज उठाउँदै आएकी २९ वर्षीया नेहा अहिले भारतको युवा आन्दोलनको चर्चित अनुहार बनेकी छिन् ।

    नेहा बोरा भाकपा (माले) लिबरेसनसम्बद्ध विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष हुन् । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यावारिधि गरिरहेकी उनी विद्यार्थी राजनीतिसँगै सामाजिक तथा राजनीतिक आन्दोलनमा सक्रिय छिन् ।
    सञ्चारमाध्यमका अनुसार बोराको सक्रियता विद्यार्थीका शैक्षिक समस्या र प्रश्नपत्र चुहावट विरुद्धको आन्दोलनबाट राष्ट्रिय स्तरमा चर्चित बनेको हो । पछिल्लो समय निर्वाचन आयोग विरुद्धको प्रदर्शनमा सहभागिताले उनको राजनीतिक चर्चा थप बढाएको छ ।

    २३ दिने भोकहडतालमा नेहा

    नेहा बोरा पहिलोपटक व्यापक राष्ट्रिय चर्चामा सन् २०२६ को जुन महिनामा नयाँदिल्लीस्थित जन्तरमन्तरमा भएको ३६ दिने आन्दोलनमा २३ दिने भोकहडतालको क्रममा आएकी थिइन् ।

    परीक्षामा प्रश्नपत्र चुहावट र शिक्षाक्षेत्रमा कथित अनियमितता विरुद्ध जबाफदेहिता माग गर्दै भएको आन्दोलनमा आइसा सम्बद्ध विद्यार्थी नेताहरू मनिष कुमार र आमिन अमितोजसँगै बोहराले भोकहडताल गरेकी थिइन् । वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले समेत आन्दोलनप्रति समर्थन जनाउँदै २६ दिन भोक हड्ताल गरेका थिए ।

    आन्दोलनकारीले तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गरेका थिए । २३ दिनसम्म जारी भोकहडतालका क्रममा बोराको तौल करिब आठ किलोग्राम घटेको विवरण सार्वजनिक भएको थियो । सांसद, अभियन्ता तथा सार्वजनिक व्यक्तित्वको आग्रहपछि जुलाई २० मा उनले सहकर्मीसँगै भोक हडताल अन्त्य गरेकी थिइन् । यस आन्दोलनले प्रश्नपत्र चुहावट, प्रतिस्पर्धात्मक परीक्षाको विश्वसनीयता र शिक्षाक्षेत्रमा सरकारी जबाफदेहिताको विषयलाई राष्ट्रिय बहसमा ल्याएको थियो ।

    निर्वाचन आयोग विरुद्धको आन्दोलनमा नेहा

    शिक्षा र रोजगारीका मुद्दामा सक्रिय बोरा पछिल्लो समय भारतको निर्वाचन प्रक्रियासँग सम्बन्धित विवादमा पनि सहभागी भएकी छिन् । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा उनले नेतृत्वदायी भूमिका खेलेकी छिन् ।

    विशेष गहन पुनरीक्षण (एसआइआर) प्रक्रियाका क्रममा ठुलो सङ्ख्यामा मतदाताका नाम हटाइएको भन्दै प्रदर्शनकारीले निर्वाचन आयोगमाथि प्रश्न उठाएका छन् । प्रदर्शनकारीले मतदाता नामावलीबाट करिब १३ करोड नाम हटाइएको दाबी गर्दै यसले नागरिकको मतदान अधिकारमा असर पार्न सक्ने बताएका छन् तर उक्त प्रक्रियामा पक्षपात भएको आरोपलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगका अनुसार गलत रूपमा नाम हटाइएका मतदाताले पुन: नाम दर्ता गराउन सक्छन् ।

    यस विषयलाई लिएर विद्यार्थी सङ्गठन, युवा अभियन्ता तथा विपक्षी राजनीतिक समूहले विरोध प्रदर्शन गर्दै आएका छन् । बोराले निर्वाचन प्रक्रियाको पारदर्शिता र नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग उठाउँदै आएकी छिन् ।

    प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा

    भर्खरै सिजेपी आन्दोलनको अक्टोबर १० को सिजन–२ आन्दोलन नयाँदिल्लीमा भएको थियो । निर्वाचन आयोग विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा बोरा पटकपटक प्रहरी नियन्त्रणमा परेकी थिइन् ।

    अक्टोबर १६ का दिन कक्रोच जनता पार्टीले आह्वान गरेको “लहरा दो तिरंगा” (फहराइदेऊ झन्डा) प्रदर्शनको कार्यक्रममा बोरा र अन्य प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै विरोध कार्यक्रम गरेका थिए । जन्तरमन्तर प्रशासनद्वारा सिल गरिए पनि नेतृ बोराले छुट्टाछुट्टै जुलुस निकाल्न सफल भएकी थिइन् । यसको चारैतिर चर्चा चलेको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बोरालाई अक्टोबर १७ को रातभरि हिरासतमा राखी बिहान उनलाई रिहा गरिएको थियो । रिहाइपछि पनि उनले निर्वाचन आयोगसम्बन्धी विवादमा आवाज उठाउन र प्रदर्शन जारी राख्नुपर्ने अडान व्यक्त गरिरहेकी छिन् ।

    भारतकी ‘शेरनी’

    प्रदर्शनको क्रममा प्रहरीको घेराबन्दी छल्दै अघि बढेको दृश्य, उनका भाषण र आन्दोलनप्रतिको अडान सामाजिक सञ्जालमा फैलिएका छन् । समर्थकहरूले उनलाई भारतक ‘शेरनी’ अर्थात् सिंहिनीको उपनाम दिएका छन् ।

    नेहा बोरा हिन्दी र अङ्ग्रेजी दुवै भाषामा पोख्त भाषण गर्छिन् । विद्यार्थीका समस्या र युवाको असन्तुष्टिलाई व्यापक सामाजिक तथा राजनीतिक प्रश्नसँग जोडेर प्रस्तुत गर्ने उनको शैलीले उनलाई नयाँ पुस्ताका आन्दोलनकारीबिच परिचित बनाएको छ ।

    उत्तराखण्डमा हुर्किएकी बोरा सन् २०१८ देखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएकी हुन् । सन् २०१९–२० मा भारतमा नागरिकता संशोधन कानुन विरुद्ध भएका आन्दोलनले पनि उनको राजनीतिक सक्रियतालाई थप गति दिएको थियो । उनी रङ्गमञ्च तथा सडक नाटकसँग समेत आबद्ध छिन् ।

    वामपन्थी विद्यार्थी आन्दोलनले भारतमा बेरोजगारी, प्रतिस्पर्धा, अनियमितता र निर्वाचन प्रक्रियाको पारदर्शितासम्बन्धी प्रश्न उठिरहेका बेला नेहा बोराको सक्रियता चर्चामा आएको छ ।

    भाकपा (माले) लिबरेसनको विद्यार्थी सङ्गठन आइसाको नेतृत्वमा रहेकी बोरा विद्यार्थीका मुद्दालाई सडक आन्दोलनमार्फत राष्ट्रिय बहसमा ल्याउने प्रयासमा छिन् । उनको राजनीतिक सक्रियताले भारतमा विद्यार्थी आन्दोलन र वामपन्थी राजनीतिबिचको सम्बन्धलाई पुन: चर्चामा ल्याएको छ ।

    उनको उदयलाई केवल एक विद्यार्थी नेतृको लोकप्रियताका रूपमा मात्र नभई शिक्षा, रोजगारी र लोकतान्त्रिक अधिकारका विषयमा युवा पुस्ताले उठाइरहेका प्रश्नको प्रतिनिधित्वका रूपमा पनि हेर्न सकिन्छ । उनले उठाएका मागहरू नीतिगत रूपमा लागु हुन सके र उनको इमानदारीतामा आँच नआए भारतीय विद्यार्थी आन्दोलनको भविष्य उज्ज्वल छ ।

    (प्रस्तुत लेख तयार पार्दा बिबिसी हिन्दीसहित विभिन्न स्रोतको सहयोग लिइएको छ)

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारद्वारा एनप्याब्सन निलम्बित
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी
    लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार
    वेदकालीन समाज
    चिनियाँ कम्युनिस्ट पार्टीको अल्पसङ्ख्यक जनजातिप्रति कस्तो नीति थियो ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • २.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ३.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ४.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ५.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ६.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ७.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    • ८.
      शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.