• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • थिम्पू । सिन्टाफू हिमताल फुटेको आशङ्कासँगै भुटानमा कात्तिक १२ गते राति ठुलो बाढी आएको छ ।

    Advertisement

    बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ भने मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा क्षति पुर्‍याएको छ ।

    बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखागासा राजमार्गको एक खण्ड बगाएको छ । बाढीले लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डको केही भाग बगाएको र सडक अवरुद्ध भएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ ।

    बाढीका कारण मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण सङ्कलन गर्न नसकिएको अधिकारीले जनाएका छन् । सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन् ।

    सिन्ताफू हिमताल फुटेको हुन सक्ने

    सिन्ताफू हिमताल भुटानको गासा जिल्लास्थित लाया गेओगको लुङ्गो क्षेत्रमा वाकिला हिमालको फेदीमा पर्दछ । यो हिमताल देशका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । यो ताल मो छू नदीको मुहान क्षेत्रमा पर्छ । बाढी पनि मो छू नदीमा आएकाले ताल विष्फोटको आशङ्का गरिएको हो ।

    सामाजिक सन्जालमा सार्वजनिक केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएजस्तो देखिन्छ तर त्यसको आधिकारिकता पुष्टि हुन बाँकी छ ।
    प्रभावितलाई अग्लो स्थानमा सारियो

    बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सेना, कर्मचारी र स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । ताक्तिसमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

    गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई पनि सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै पुनाखाको येबिसा क्षेत्रमा पनि बाढीको पानी पुगेको छ । पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा सारिएको पुष्टि गरेको छ ।

    नदीको जलस्तर निगरानी

    भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको तासिथाङ र येबेसा क्षेत्रमा पानीको सतह निगरानी गरिरहेको छ ।

    मो छू नदी र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका साइरन प्रणाली सक्रिय बनाइएको छ । सम्भावित जोखिममा रहेका छिमेकी जिल्लालाई पनि सतर्क गराइएको छ ।

    बाढीको बहावसँगै ढुङ्गा, माटो र अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले आफ्ना विद्युत् उत्पादन गर्ने युनिट बन्द गरेको छ ।

    आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ । बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको हो ।

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
    नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.