• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

"सम्पादकीय "

  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • गत कात्तिक ६ गते भारतको केन्द्रीय सरकारपरस्त निजी टेलिभिजनले राखेको एउटा कार्यक्रममा पुगेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको घरेलु विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनको भनाइको सार थियो– नेपालमा भारत विरोधी राष्ट्रवादको युग समाप्त भएको छ । यसबाट उनले दुइटा विषय प्रष्ट रूपमा आफ्‌नो धारणा बाहिर ल्याएका छन् : प्रथम– उनले आफूलाई भारतपरस्त व्यक्तिको रूपमा प्रस्तुत गरेका छन्‌; द्वितीय– नेपालमा भारतले गरेका सीमा अतिक्रमण, असमान सन्धिसम्झौता र माइक्रो म्यानेजमेन्टसमेतको विरोधलाई उनले ॅभारत विरोधी राष्ट्रवाद’ मान्दछन् । यो बुझाइ भारत सरकारको हो भनेर भनिरहनुपर्ने विषय होइन । भारतले नेपालमा उठ्ने भारतको सीमा अतिक्रमण, असमान सन्धिसम्झौता र माइक्रो म्यानेजमेन्ट विरुद्धको आवाजलाई ॅभारत विरोधी राष्ट्रवाद’ बताउँदै आएको छ । २०८३ जेठमा प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको बताएको र त्यो अभिव्यक्ति अहिलेसम्म पनि संसद्को रेकर्डमा यथावत् रहेकै बेला अर्थमन्त्रीको यस्तो अभिव्यक्ति आएपछि यी दुवैको सम्मिलित अर्थ के हुन्छ ? के वर्तमान सरकारले आफूलाई भारतपरस्त भूमिकामा प्रकट गर्न थालेको हो ? सम्भावित भारत भ्रमणअघि प्रधानमन्त्री र अर्थमन्त्रीको यस्तो अभिव्यक्तिको स्वतन्त्र अर्थ यस्तो पनि लाग्न सक्दछ । सरकारले तत्कालै यसबारेमा आफ्‌नो धारणा सार्वजनिक गर्नुपर्दछ ।

    Advertisement

    नेपालको इतिहासको तितो यथार्थ यही हो– कतिपय कमीकमजोरीका बाबजुद राष्ट्रियताको मामिलामा वामपन्थी शक्तिहरूले नै सही नीति अपनाउने गरेका छन् । आफ्‌नो स्थापनाकालदेखि नै नेकपाले राष्ट्रियताको विषयमा महङ्खवपूर्ण भूमिका खेल्दै आइरहेको छ । अहिले कम्युनिस्ट पार्टी भनिएकाहरू विभिन्न टुक्रामा विभाजित भए पनि राष्ट्रियताको सवालमा उनीहरूमा त्यति बढी भिन्नता पाउन सकिँदैन र उनीहरूले यस सवालमा सहकार्य गर्ने गरेका छन् । अर्कोतर्फ, राष्ट्रिय राजनीतिको अर्को शक्ति नेपाली कङ्ग्रेसलाई हेरौँ । त्यसको स्थापना नै भारतीय कङ्ग्रेसको एउटा अङ्गको रूपमा भएको थियो । कङ्ग्रेसका नेता मातृकाप्रसाद कोइरालाको शासनकालमा नेपाल–भारत सम्बन्धमा “विशेष युग” को अभ्यास भएको थियो । त्यसअन्तर्गत भारतका प्रतिनिधि नेपालको मन्त्रिपरिषद् बैठकमा बस्दथे । त्यसपछि तुलनात्मक रूपमा विपीले सही नीति अपनाए पनि उनी भारतप्रति नरमै थिए । पछि जब उनी केही प्रष्ट भए, तब लोकतन्त्रप्रति गलत नीति अपनाउन पुगेका थिए । यसको तुलनामा विभिन्न टुक्रामा विभाजित भए पनि वामपन्थी शक्तिहरूले राष्ट्रियताको सवालमा सही नीति अपनाउने गरेका छन् । यदि देशमा वामपन्थी दलहरूको अस्तित्व हुँदैनथ्यो भने सम्भवतः नेपालको नियति सिक्किमको जस्तो भइसक्दथ्यो । अहिलेका अर्थमन्त्री डा वाग्ले कङ्ग्रेस पृष्ठभूमिबाट आएका हुन् । त्यस अर्थमा कम्युनिस्ट विरोधी भारतसमेतको सझदारी उनमा छ । त्यसैले नेपालका वामपन्थी शक्तिले सीमा अतिक्रमण, असमान सन्धिसम्झौता र माइक्रो म्यानेजमेन्टको विरुद्ध भारतीय गतिविधिको विरोध गर्दा डा वाग्लेले समेत त्यसलाई ‘भारत विरोधी राष्ट्रवाद’ देख्न पुग्नु अनौठो होइन ।

    नेपाली राजनीतिमा लोकतन्त्र र राष्ट्रियताबारे समान प्रकारले सही राजनीतिक दिशा अपनाउन नसक्ने समस्या गम्भीर रहँदै आएको छ । कङ्ग्रेस र वामपन्थी शक्तिमध्ये सत्तासंस्थापनको अवस्थामा रहँदा यसमध्ये कुनै एक मामिलामा कमजोरी गर्ने गरेको पाइन्छ तर अहिलेको सरकार भने लोकतन्त्र र राष्ट्रियता दुवै मामिलामा कमजोर देखिएको छ । वर्तमान बालेन्द्र सरकारले देशभित्र लोकतान्त्रिक अधिकारलाई कुण्ठित गरिरहेको छर्लङ्ग छ भने राष्ट्रियताको सवालमा पनि उसको एकपछि अर्को कमजोरी उजागर भइरहेको छ । यही तरिकाले अगाडि बढ्दै जाने हो भने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका बेला भारतसित नेपालको अर्को राष्ट्रघाती सन्धिसम्झौता नहोला भन्न सकिँदैन । त्यसैले लोकतन्त्रप्रेमी तथा देशभक्त नेपाली जनता चनाखो भएर बालेन्द्र सरकारका लोकतन्त्र तथा राष्ट्रियताको मामिलामा चुक्ने नीतिको विरोधमा आवाज उठाउन तम्तयार भएर बस्नुपर्ने आवश्यकता छ ।

    युगदर्शन साप्ताहिक, वर्ष १८, अंक ८, २०८३ कार्तिक ११ गते

    बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम
    वेदकालीन समाज
    चिनियाँ कम्युनिस्ट पार्टीको अल्पसङ्ख्यक जनजातिप्रति कस्तो नीति थियो ?
    रङ्गीन फूलको एउटै माला बनाऔँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.