• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ६. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ७. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : बिझुक्छे


  •   आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
  • भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    २०८३ कात्तिक ८ गते भक्तपुरमा छयालिसौँ नेपालभाषा साहित्य त:मुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताउनुभयो ।

    उहाँले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

    बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

    सम्मेलनमा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई बिजुक्छेले नगदसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

    बिजुक्छेले साहित्यतर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारलाई पुरस्कार वितरण गर्नुभयो । निर्णायक मण्डलको निर्णयअनुसार कवितातर्फ सकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमश: प्रथम, द्वितीय, तृतीय र चौथो हुनुभयो । कथा विधातर्फ कमलकेशरी थुयाजु, सूर्यनारायण फाँजु, श्रीया पहिजु र एलके सुन्दर क्रमश: प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो ।

    यसअघि पहिलो दिन शुक्रबार त:मुंज्याको मुखपत्रका रूपमा प्रकाशित त:मुंज्या ख्वपौँको विमोचन बिजुक्छेले गर्नुभएको थियो भने हरिबहादुर श्रेष्ठ (नारायणमान बिजुक्छे) द्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो ।

    सम्मेलनमा नेमकपाका अध्यक्ष नारायणमान बिजुक्छे, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा धनरत्न शाक्य, डा सरोज धिताल, डा तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारले साहित्यको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।

    ‘जनता म्वा:सा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा अन्तरक्रिया गरिएको थियो ।

    आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम
    एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
    एनपिएल जित्नेले डेढ करोड पाउने
    देशभर १३ बिपद्का घटना, एकको मृत्यु, आठ घाइते
    बेनीघाट–तातोपानी सडक खुल्यो
    बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    • ६.
      प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

    भर्खरै

    • १.
      बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

    • २.
      फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

    • ३.
      इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

    • ४.
      भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

    • ५.
      इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

    • ६.
      हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

    • ७.
      युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    • ८.
      ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.