• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ४. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ५. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ६. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ९. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व


  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
  • २०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा अकल्पनीय बाढी आयो । नेपालतर्फको लाङटाङ लिरुङ पर्वतमा विशाल हिमपहिरो जाँदा आएको बाढीबाट रसुवाको भोटेकोशी–त्रिशुली नदी हुँदै धादिङसम्म ठुलो जनधनको क्षति हुन पुग्यो । असोज २५ गते फेरि बुढीगण्डकी नदीमा अर्काे बाढी अयो, यद्यपि त्यसको तीव्रता र जनधनको क्षतिको आयतन सानो थियो । ठिक यही सन्दर्भमा सर्वाधिक नेपालीले मनाउने चाड बडादसैँ आइपुगेको छ । राष्ट्रिय शोकबाट सम्हालिन नपाउँदै अत्यन्तै प्रतिकूल परिस्थितिमाझ नेपाली जनताको एउटा तप्काले बडादसैँ मनाइरहेको अवस्था छ ।
    गत वर्ष फागुन २१ गते जनेजी आन्दोलनका कारण अप्रत्यासित प्रकारले संसदीय निर्वाचन भएको थियो । त्यो निर्वाचनले बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्‍यो । त्यो सरकारले विनातयारी र व्यवस्थापन सकुम्वासी बस्तीमाथि डोजर चलायो । केही हप्ताभित्र वास्तविक सुकुम्बासीलाई व्यवस्थापना गनर्ने दाबी गरिए पनि भर्खरै समाप्त भएको बर्खायाममा उनीहरूले कष्टकर दैनिकी बिताए । उनीहरू विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् । यसैबिच रसुवाबाढीले थप मानिसलाई बेघरबार बनायो । उनीहरू पनि होल्डिङ सेन्टरमै छन् । बुढीगण्डकी बाढीले पनि केही परिवारलाई होल्डिङ सेन्टरमै पुर्‍याएको छ । यस्तै प्रतिकूलमाझ हामी बडादसैँ मनाइरहेका छौँ । सम्भवत: यसरी नै तिहार र छठपर्व पनि मनाइनेछ ।

    Advertisement

    बर्खायामले प्रत्येक वर्ष यातायात व्यवस्थामा गम्भीर अवरोध सिर्जना गरिरहेकै हुन्छ । त्यसमाथि रसुवा–त्रिशूली र बुढीगण्डकी बाढीले यातायात व्यवस्थाका सामु थप प्रतिकूलता थपिदिएको छ । यही बहाना बनाउँदै महँगी र कालाबजारी चरमचुलीमा पुगेको छ । देशमा इतिहासकै शक्तिशाली सरकार रहे पनि महँगी र कालावजारी रोकिएका छैनन् । गतकालका सरकारले झैँ विभिन्न दाबी अहिले पनि गरिएका छन् । व्यवहारमा उस्तै छ : खासगरी विपिन्न तप्काका जनताको दैनिकी कष्टकर छ । रेमिट्यान्सको आय नहुँदो हो त नेपाल उहिल्यै अफ्रिकामा जस्तै भोकमरीको चापमा परिसकेको हुन्थ्यो । धन्य छन्, ती प्रवासी नेपाली, जसले पठाएको रेमिट्यान्सले जनताको दैनिकी चलिरहेको छ । रेमिट्यान्सले नै राष्ट्रको विदेशी मुद्रा सञ्चिति बढाइरहेको छ । यदि रेमिट्यान्स नहुँदो हो त हामी अहिलेभन्दा भयङ्कर कठिनाइको सामना गरिरहेको हुन्थ्यौँ ।

    चाडपर्वमा मानवनिर्मित कृत्रिम खुसी सिर्जना हुन्छ । यो सांस्कृतिक विषयले स्वाभाविक खुसी त्यतिखेर मात्रै प्रदान गर्न सक्दछ, जतिखेर सम्बन्धित समाजले अर्थतन्त्रको क्षेत्रबाट समृद्धि हासिल गरिरहेको हुन्छ । हाम्रो देशको विगतको तुलनात्मक अध्ययन गर्ने हो भने त्यस्तो स्थिति कहिल्यै रहेन । पक्कै पनि पछिल्लो समयमा सबै सूचनाङ्क नकारात्मक र निराशाजनक छन् भन्ने होइन, केही प्रगति भएकै छन्, त्यसका बाबजुद प्रगतिको तुलनामा महँगी, कालाबजारी, गरिबी, अव्यवस्था, बेरोजगारी ज्युँकात्युँ छन् । जनअसन्तोषको भेलमा पटकपटक राजनीतिक सत्ता र सरकार परिवर्तन हुन्छन् । पुरानोको ठाउँमा नयाँ भनिएकाहरू सत्तामा आए पनि काम गर्ने शैली र उनीहरूले अपनाउने विचार र दिशा उस्तै छन् । त्यसले गर्दा नेपाली जनताको जनजीवनमा आमूल परिवर्तन हुन सकिरहेको छैन । यस्तो लागिरहेको छ, नेपाली जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउनका लागि फेरि अर्काे राज्यक्रान्तिको आवश्यकता छ ।

    प्रत्येकपटक राजनीतिक परिवर्तन हुँदा अब आर्थिक एजेन्डा नै प्रमुख हो भन्ने गरिएको छ । वास्तविकता यो हो– राजनीतिक एजेन्डा नै क्रान्तिकारी नहुँदा आर्थिक एजेन्डाले अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिरहेको छैन । यिनै गोलचक्करमाझ हामी निरङ्कुश राणाशासन, पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुगेका छौँ तर अहिलेसम्म गणतन्त्र संस्थागत हुन सकेको छैन । फलस्वरूप अर्थतन्त्रको क्षेत्रमा आशातीत सफलता प्राप्त भइरहेको छैन । यिनै प्रतिकूलतामाझ हामी छौँ । यसरी प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ बडादसैँ, तिहार र छठपर्वजस्ता चाडपर्व मनाइरहेका छौँ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क ७, २०८३ कात्तिक ४ गते बुधबारको सम्पादकीय)

    बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुढीगण्डकी बाढीले दिएको चेतावनी
    केपी शर्मा ओली : एक त्रिवेणी विमर्श
    सहकारीमा ठगीको जालो : मनोज भट्टद्वारा लिखित पुस्तकको समीक्षा
    ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ
    रसुवाबाढीबाट सिर्जित महाविपत्तिबारे अन्टुकको अपेक्षा
    प्राकृतिक विपत्तिको सामना गर्न ठोस योजना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ४.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ५.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ६.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    भर्खरै

    • १.
      ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

    • ४.
      नेकपाले कात्तिक ७ गतेदेखि जागरण अभियान सुरु गर्दै

    • ५.
      यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

    • ६.
      नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    • ७.
      आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

    • ८.
      इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.