• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • नैरोबी । अनुयायीलाई येशुलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी एक सय ९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा चार सयभन्दा बढी शव फेला परेका थिए ।

    Advertisement

    न्यायाधीश डायना काभेद्जाले गुड न्युज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरे । अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो । भाग्न वा खाना खान खोज्नेलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिटसमेत गरिएको थियो ।

    म्याकेन्जीले अनुयायीलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिनुभएको थियो । चिकित्सा उपचारलाई शैतानको साधनका रूपमा प्रस्तुत गरिएको न्यायाधीशले बताए ।

    सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट चार सयभन्दा बढी शव निकालिएका थिए । घटनापछि म्याकेन्जी र उहाँकी श्रीमतीसहित दर्जनौँ व्यक्तिमाथि अभियोग लगाइएको थियो । म्याकेन्जीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीलाई भोकै बस्न बाध्य नपारेको दाबी गरेका थिए ।

    घटनामा आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताए । उनले यसले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा व्यक्त गरे ।

    २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्त विरुद्ध एक सय ९१ ओटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो । यसअघि उच्च अदालतले अभियोग १२ ओटामा सीमित गर्न निर्देशन दिए पनि पुनरावेदन अदालतले कानुनले अभियोगको सङ्ख्या नतोकेको ठहर गरेको थियो ।

    म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र सजाय नोभेम्बर ६ मा सुनाइने तय भएको छ । (रासस/एपी)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप
    मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान
    अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने
    जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश
    मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु
    सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • २.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ३.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ४.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ५.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ६.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ७.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ८.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.