• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दसैँमा नयाँ पैसा लिन सजिलो: बैंकको एटिएमबाटै १०० को नोट पाइने

तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

हुम्लामा हिमपातले जनजीवन प्रभावित

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ७. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ८. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

"सम्पादकीय "

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • खाना पकाउने ग्यासको समस्या अझैसम्म समाधान भएको छैन । यही विषयमा विवाद हुँदा तत्कालीन आपूर्तिमन्त्रीले रानीनामा दिनुपरेको थियो । त्यसलगत्तै आपूर्तिमन्त्रीको रूपमा दीपककुमार साह आएका छन् । त्यसलगत्तै ग्यास आपूर्तिको समस्या समाधान गरिने दाबी गएिको थियो तर हालसम्म समस्याको समाधान भएको छैन । अब आपूर्तिमन्त्रीले नै भन्न थालेका छन्‌– ग्याँस आपूर्तिको समाधान हाम्रो हातमा छैन । यसको सम्बन्ध मध्यपूर्वको युद्धसँग जोडिएको छ । उनले अब ग्यासको विकल्प सोच्नुपर्ने बताएका छन् । त्यसो हो भने समस्याको समाधान के हो ?

    Advertisement

    आपूर्तिमन्त्री साहले जुन अभिव्यक्ति दिएका छन्, त्यसप्रति विमति राख्नु आवश्यक छैन । ग्यासको उत्पादन हामीकहाँ नहुने भएकाले यसको समाधानमा हाम्रो पूर्ण नियन्त्रण हुन सक्दैनथ्यो । मन्त्री साहले भनेजस्तै ग्याँसको विकल्प खोजिनुपर्दछ । उनले ग्यासको विकल्पमा विद्युत्, सौर्य ऊर्जा, ब्रिक्स, दाउरातर्फ जानुपर्ने बताएका छन् । उनको यो प्रस्तावमा पनि विमति जनाउनुपर्ने कुनै कारण छैन । सवाल खालि यत्ति हो– यति सामान्य विषयमा पनि सरकारको किन ठोस रूपमा ध्यान जान सकिरहेको छैन । अहिलेको सरकार त अङ्कगणितीय हिसाबले शक्तिशाली सरकार हो । उसलाई यस्ता दैनिक विषयप्रति निर्णय लिन कुनै कठिनाइ छैन । यदि त्यो हो भने यसबारे ठोस पहलकदमी लिन के कस्ता अवरोध आएका छन् । यस खालको सामान्य निर्णय लिन सरकारका सामु के कस्ता समस्या छन् ? सरकारलाई समस्या समाधानमा कुनै बहान बनाउने छुट छ ?

    ग्यासको विकल्प खोजिनुपर्दछ । त्यसको भरपर्दो विकल्प विद्युतीकरण नै हो । विद्युतीकरणले नै हाम्रो देशमा खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि समाधान गर्नेछ । त्यसकारण तीव्र गतिमा विद्युत् उत्पादनतर्फ हाम्रो ध्यान जानुपर्दछ । जलविद्युत्‌मा हामीकहाँ प्रशस्त सम्भावना छन् । त्यससँगै पछिल्लो समयमा ग्लोबल वार्मिङ विश्वव्यापी समस्या बन्न जाँदा हिमालको हिउँ पग्लिने समस्या गम्भीर बन्दै गरहेको छ । यो समस्याप्रति पूर्व सतर्कता अपनाउँदै हामीले जलविद्युत्‌सँगै सौर्य ऊर्जातर्फ पनि ध्यन दिनुपर्ने हुन्छ । यहीँनेर हामीकहाँ ऊर्जा व्यवस्थापनसम्बन्धी समझदारमिा पनि समस्या छ ।

    हामीले अलिकति विद्युत् उत्पादन भयो कि निर्यात गर्न हौसिरहेको छौँ । यतिखेर रसुवाबाढीका कारण सरदर चार सय मेगावाट विद्युत् अभावबाट हाी गुज्रिरहेका छौँ । हिउँदमा पानीको बहाव घट्दै जाँदा विद्युत्‌को अभाव झनै घटेर जानेछ । त्यो अवस्थामा हिउँदमा पुनः हामी लोडसेडिङको युगतर्फ फर्किने त होइन भन्ने आशङ्का अहिलेदेखि नै गर्न थालिएको छ । त्यसैले विद्युत् व्यवस्थापनाको सन्दर्भमा सरकारले अहिलेदेखि नै ठोस योजना बनाएर काम गर्नुपर्ने देखिन्छ ।

    रसुवाबाढीपूर्व हाम्रो विद्युत् क्षेत्रमा करिब एक हजार विद्युत् थपिने अवस्थासँगै विद्युत्‌को मूल्य समायोजनको विषयले प्रवेश पाएको थियो । अब पुनः हिउँदमा विद्युत् अभावबाट गुज्रिने त होइन भन्ने आशङ्कामाझ हामीले विद्युत् आयोजना र सौर्य ऊर्जाको विकल्पमा ध्यान दिँदै हिउँदको घरेलु ऊर्जा आपूर्तितर्फ हाम्रो ध्यान जानुपर्दछ । त्यससँगै प्रसारण लाइनको सुदृढीकरण हाम्रो अर्को समस्या हो । यसको समाधानतर्फ पनि हामीले जोड दिनुपरेको छ । एकातिर, घरेलु आवश्यकतापूूर्तिका लागि विद्युत् उत्पादन बढाउँदै, अर्कोतर्फ विद्युत्‌को घरेलु दरलाई समायोजन गर्दै अहिलेको हामीकहाँ देखा परिरहेको ग्यासको अभावलाई समेत समाधान गर्ने नीति सरकारले लिनुपर्दछ ।

    यदि घरेलु प्रयोजनका लागि पेट्रोलियम पदार्थको विकल्पमा विद्युत् ऊर्जाले लिन्छ भने त्यसबाट हाम्रो व्यापारघाटा पनि कम हुँदै जानेछ । पक्कै पनि यस खालको सकारात्मक कदमले देशलाई फाइदा पुर्‍याउनेछ । त्यसैले ग्यास अभावको विकल्पमा विद्युतीकरणको विकल्प कार्यान्वयनमा उदासिनता देखाउनुहुन्न । समस्यालाई तत्कालको अस्थायी समस्याको रूपमा लिने गल्ती सरकारले गर्नुहुँदैन । आशा गरौँ, सरकारले त्यस्तो गर्ने छैन ।

    युगदर्शन साप्ताहिक, वर्ष १८, अंक ५, २०८३ असौज २१ गते प्रकाशित

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक
    बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
    मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण
    मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै
    भारतमा विपक्षी नेताहरू हिरासतमा
    मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

    भर्खरै

    • १.
      दसैँमा नयाँ पैसा लिन सजिलो: बैंकको एटिएमबाटै १०० को नोट पाइने

    • २.
      तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

    • ३.
      बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    • ४.
      हुम्लामा हिमपातले जनजीवन प्रभावित

    • ५.
      नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    • ६.
      ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

    • ७.
      मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

    • ८.
      सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.