सप्तरी । कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ माको बस्तीमा पानी पस्दा सो घरहरू प्रभावित भएको हो ।
Advertisement
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यम कृष्ण थापाले जानकारी थिएका थिए ।
उनका अनुसार कोशीमा पानीको बहवा उच्च भएकोले कोशी छेउछेउमा पानी बढेको अहिले विस्तारै पानी घटने क्रममा रहेको उनले बताए ।
यसैबीच तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले स्थलगत गर्नुभएको थियो ।
प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।
