• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

नारायणीको जलसतह हालसम्मकै उच्च

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • बैंकक, ११ असोज । लगातार परेको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ । बाढीका कारण हजारौं मानिस आश्रयस्थलमा बस्न बाध्य भएका छन् भने घर तथा सडकहरू जलमग्न भएका छन् ।

    Advertisement

    बैंकक महानगर प्रशासनका अनुसार करिब ४ हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् । बाढीपछि राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको छ ।

    मौसम विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म बैंककका केही क्षेत्रमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । सेप्टेम्बर थाइल्यान्डमा वर्षायामको उच्च अवधि भए पनि स्थानीय बासिन्दाले यसपटकको बाढी विगतका वर्षभन्दा गम्भीर भएको बताएका छन् ।

    बैंककको बाहिरी क्षेत्रमा प्रेमप्रचाकोर्न नहरनजिक बस्ने ४४ वर्षीय कार्यालय कर्मचारी कोसिन निलसेटका अनुसार उहाँको घर करिब ३० घण्टासम्म पानीमा डुबेको थियो । उहाँले यसपटक पानीको सतह सन् २०११ को विनाशकारी बाढीभन्दा पनि माथि पुगेको बताउनुभयो ।

    सन् २०११ मा थाइल्यान्डमा आएको व्यापक बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौं घरमा क्षति पुगेको थियो ।

    बैंककका विभिन्न क्षेत्रमा मानिसहरू घुँडासम्म आउने फोहोर पानीमा हिँडिरहेका देखिएका छन् । केहीले प्लास्टिकका टबमा आफ्ना सामान राखेर बाढीको पानीबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

    आश्रयस्थलमा कठिन अवस्था

    बैंककका नहरहरूमा पानीको सतह अझै उच्च रहेको र पानी निकास तीव्र बनाउन अधिकारीहरूले काम गरिरहेको महानगर प्रशासनले जनाएको छ । आइतबार पनि थप वर्षाको सम्भावना रहे पनि सोमबारदेखि वर्षा क्रमशः कम हुने अनुमान गरिएको छ ।

    बैंककका गभर्नर चाडचार्ट सिटिपुन्टले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्नुभयो । उहाँले शनिबार राति खेहा रोङ्क्लाओ क्षेत्रको अस्थायी आश्रयस्थलको निरीक्षण गर्नुभएको थियो, जहाँ करिब एक हजार जना विस्थापित भएको बताइएको छ ।

    आश्रयस्थलमा केही मानिस खाट र बेन्चमा आफ्ना कुकुरसहित बसेका थिए भने अन्यले कक्षाकोठाको भुइँमा कम्बल ओछ्याएर रात बिताएका थिए । बाढीका कारण बैंककका सयौं विद्यालय सोमबार बन्द हुने महानगर प्रशासनले जनाएको छ ।

    बाढीका कारण केही पसलमा अत्यावश्यक सामग्रीको अभावसमेत देखिएको छ । मानिसहरूले आवश्यक सामग्री किन्न हतार गरेपछि केही सुविधा पसलका ¥याकहरू खाली भएका थिए । प्रधानमन्त्री कार्यालयले भने सर्वसाधारणलाई आत्तिएर अत्यधिक सामान नकिन्न आग्रह गर्दै कृत्रिम रूपमा मूल्य बढाउनु कानुनविपरीत हुने चेतावनी दिएको छ ।

    प्रेमप्रचाकोर्न नहरनजिकै बस्ने ५६ वर्षीया थिदारत सिल्सुवानको घर पनि आंशिक रूपमा डुबेको छ । उहाँले दुई दिनदेखि टेबलमाथि सुतिरहेको बताउनुभयो । आश्रयस्थल जानुभन्दा आफ्ना सामान जोगाउने र घर सफा गर्ने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

    उहाँले ठूला विद्युतीय उपकरणहरू—फ्रिज र लुगा धुने मेसिन—बचाउन नसकेको र ती बिग्रिएको हुन सक्ने बताउनुभयो ।
    वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धि र जीवाश्म इन्धनबाट हुने उत्सर्जनका कारण अत्यधिक मौसमजन्य घटनाको तीव्रता र आवृत्ति बढ्न सक्ने चेतावनी दिँदै आएका छन् ।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
    दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु
    नारायणीको जलसतह हालसम्मकै उच्च
    पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

    • २.
      दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

    • ३.
      लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    • ४.
      पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    • ५.
      नारायणीको जलसतह हालसम्मकै उच्च

    • ६.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ८.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.