• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

पर्वतको सेतीबेणीका ५० घर डुबानमा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

गण्डकीका १६ मुख्य सडक बाढी र पहिरोले पूर्ण अवरुद


  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • पोखरा । लगातारको आएको बाढी र पहिरोले गण्डकीका १६ सडक पूर्ण अवरुद भएको छ ।

    Advertisement

    राष्ट्रिय राजमार्गसहित १६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधनहरू बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

    सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम तथा जोमसोम–कोरोला सडकखण्डमा समेत यातायात सेवा ठप्प भएको छ ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ कालोभिरमा लगातार ढुङ्गा खसेर बाटो रोकिएको छ । सोही खण्डमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ सेल्फीडाँडामा लेदोसहितको भेल आएपछि जोमसोम–कोरोला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यस्तै, थासाङ गाउँपालिका ४ काप्रेभिरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ । उता मनाङको नासो गाउँपालिका ३ खोत्रोमा पहिरो जाँदा चामेदेखि बेँसीसहर सडकखण्ड अवरुद्ध बनेको छ ।

    म्याग्दीको बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खस्दा बेनी दरबाङ सडक अवरुद्ध छ भने रघुगंगा २ बैसरी र अन्नपूर्ण ३ सुकेवगरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड बन्द भएको छ । बागलुङको निसिखोला ४ कानाबागरमा पहिरोले मध्यपहाडी लोकमार्ग र जैमिनी ८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका ८ फर्से र लस्तिमा सडकमा रुख ढलेपछि बेनी बागलुङ सडक दुवैतर्फ रोकिएको प्रहरीले जनाएको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका ८ स्याउलीबजारमा मोदी खोलाको बहाव बढेर सडक कटान गर्दा नयाँपुलबाट घान्द्रुक जोड्ने सडकखण्ड फेरि अवरुद्ध भएको छ । यहाँ यसअघि पनि सडक बगेर सडक अवरुद्ध भएको थियो । लामो समय मर्मत गरेपछि अस्थायी यातायात सुरु भएकोमा फेरि सडक बगेको हो । कास्कीकै रुपा गाउँपालिका ३ खाल्टे खोलामा पानीको बहाव बढ्दा पोखरा आउने भित्री सडकखण्ड बन्द छ ।

    स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरुद्ध भएको छ । तनहुँको ऋषिङ ८ मा पहिरोका कारण श्रृङ्गगापथ मार्ग अवरुद्ध छ । यसैगरी, नवलपुरको हुप्सेकोट ४ पाङ्ग्रोमा पहिरो जाँदा दलदलेबाट पाल्पा जोड्ने सडक र बुलिङटार ६ घुमाउरी घाटमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।

    सुरक्षा निकायको टोलीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहे पनि लगातारको वर्षा र पहिरो खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । प्रशासनले मौसम सामान्य नभएसम्म विपद् जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित
    पूर्वप्रधानन्यायाधीश जबरा रिहा
    आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह
    हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ
    क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
    पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ३.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    • ४.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ५.
      क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

    • ६.
      पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    • ७.
      नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    • ८.
      रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.