• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • वाशिङ्टन । सात महिनाअघि इरानमाथि युद्ध सुरु भएपछि वाशिङ्टन क्षेत्रका इरानी–अमेरिकी प्रवासीबीच विभाजन देखिन थालेको छ ।

    Advertisement

    नाम उल्लेख नगर्ने सर्तमा एक इरानी मूलका अमेरिकी सोरोसले तेहरानको इस्लामी सरकारलाई घृणा गर्नुहुन्छ तर युद्ध गरेर ‘केही राम्रो नहुने विश्वास’ उहाँको रहेको छ ।

    अमेरिकास्थित अन्य निर्वासितहरूले उहाँलाई आफ्ना दमनकारीहरूको समर्थन गरेको आरोप लगाउन थाले ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको युद्धलाई बलियो समर्थन गरेका कारण बहार थर बताउने अर्का इरानी–अमेरिकी पनि प्रवासी समुदायभित्र विभाजित बन्नु परेको छ । देशद्रोहीको आरोप खेप्नुपरेको उहाँ बताउनुभएको छ ।

    अमेरिका–इजरायल आक्रमणले शीर्ष नेतृत्वसहित व्यापक संरचनालाई ध्वस्त पारेपनि अमेरिकामा बसोबास गर्ने करिब ७५ लाख इरानी समुदाय इरानको इस्लामी शासनको विरोधमा लगभग एकमत छन् ।

    उनीहरूको मातृभूमि ९इरान० को ४७ वर्षको धार्मिक शासन अन्त्य गर्न युद्ध सफल हुनेछ कि छैन भन्ने विषयमा प्रवासी र निर्वासितहरूबीच गहिरो दरार देखिएको छ ।

    “पारिवारिक सम्बन्धहरू तनावपूर्ण वा टुटेका छन् । आजीवन मित्रता पनि यसैमाथि समाप्त भएका छन्,” क्यालिफोर्निया स्टेट युनिभर्सिटी, साक्रामेन्टोको इरानी र मध्यपूर्वी अध्ययन केन्द्रका निर्देशक साहर रजावीले भन्नुभयो । उहाँले युद्धले पहिलेदेखिकै तनावलाई बढाएको बताउनुभयो ।

    वाशिङ्टन वरपरका इरानी समुदायका सदस्यहरूसँग तनावबारे कुराकानी गर्दा आफ्ना साथी र आफन्त ९इरानी० हरूबारे कुरा गर्दा पूरा नाम नखुलाउन अनुरोध गरे।

    –अर्को कुनै समाधान छैन–
    दशकअघि अमेरिका आएका थ्री–डी कलाकार र एनिमेटर सोरोसले युद्ध २८ फेब्रुअरीमा सुरु भएपछि नजिकका साथीहरू र आफ्नै भाइ तथा भाउजूसँगको विवादबारे वर्णन गर्नुभयो ।

    उहाँले आफन्तहरूलाई भनेको सम्झना गर्दै मध्यपूर्वमा अघिल्ला अमेरिकी युद्धका नकारात्मक प्रभावहरू स्मरण गर्नुभयो, “इरानमा मानिसहरूले साथी, परिवारका सदस्यहरू गुमाउनेछन् । उनीहरूले जागिर र सम्पत्ती र बचत पनि गुमाउनेछन्।”

    “इरानी प्रवासीले होइन स्वदेशमा रहेका उनीहरू ले नै त्यसलाई भोगिरहेका छन्,” क्रिस्चियन धर्मान्तरित सोरोसले वाशिङ्टनको एउटा बारमा बियर पिउँदै एएफपीसँग भन्नुभयो ।

    सहरको कफी पसलमा चिकित्सा क्षेत्रमा काम गर्ने बहार र बैङ्कमा काम गर्ने आहू सिगार्चीले फर दृष्टिकोण राख्नुभयो ।
    उनीहरू सन् २०२६ जनवरीमा इरानी सुरक्षा बलहरूद्वारा मारिएका हजारौँ प्रदर्शनकारीहरूप्रति रिसले प्रेरित छन् जसले शासन ढाल्न सैन्य कारबाही आवश्यक बनाएको उनीहरूको भनाइ छ।

    “हामी सबैका परिवार, साथीहरू इरानभित्र छन् र हामी उनीहरूले बोल्न नसक्ने शब्दहरू बोलिरहेका छौँ,” आहूले भन्नुभयो । उहाँ निर्वासित रेजा पहलवीकी दृढ समर्थक हुनुहुन्छ । उहाँले विद्रोहको आह्वान गर्नुभएको थियो र प्रवासी समुदायमा समर्थन जुटाउनुभएको थियो ।

    “म युद्धमा हामी सही बाटोमा छौँ भन्ने ठान्छु र चाँडै मानिसहरूले खोजेको कुरा प्राप्त गर्नेछौँ भन्ने विश्वास गर्छु,” उहाँले शासनलाई हटाउन सैन्य हस्तक्षेप असफल भएको प्रश्नलाई पन्छाउँदै भन्नुभयो ।

    “वास्तविकतामा हामीसँग अर्को कुनै समाधान छैन,” आहूले भन्नुभयो ।

    बढ्दो इन्धन मूल्यको असर भोगिरहेको व्यापक अमेरिकी जनसङ्ख्यामा यो युद्ध अत्यन्त अलोकप्रिय छ ।

    युद्धविरोधी एड्भोकेसी समूह ‘नेशनल इरानियन अमेरिकन काउन्सिल’द्वारा गरिएको सर्वेक्षणअनुसार इरानी प्रवासी समुदायमा समर्थन चाँडै घट्यो।

    युद्ध सुरु हुँदा समुदाय लगभग आधा–आधा विभाजित थियो तर एक महिनापछिको दोस्रो सर्वेक्षणमा ६६।१ प्रतिशतले युद्धको विरोध गरे र केवल ३२।७ प्रतिशतले समर्थन गरे।

    रजावीले बाह्य रूपमा सञ्चालित शासन परिवर्तनप्रति शङ्का गर्ने युद्धविरोधीहरू आफूलाई सही ठानिरहेको बताउनुभयो तर धेरै समर्थकहरू ‘अझै अडिग छन्’ भन्नुभयो ।

    उहाँले उल्लेखनीय अल्पसङ्ख्यक समूहले पनि अमेरिकीविरुद्ध उभिने इरानी सरकारको वरिपरि प्रदर्शन गर्ने दृष्टिकोण परिवर्तन गरेको बताउनुभयो ।

    “इरानी प्रवासी समुदायमा यो कुरा बढ्दै गएको मैले देखिरहेकी छु,” उहाँले भन्नुभयो ।

    –‘मुक्ति सङ्घर्ष’ को दबाब–
    युद्ध र शासन दुवैको विरोध गर्ने तेहरानस्थित पूर्व पत्रकार मोहम्मद रेजा मौसवीले युद्धप्रतिको उत्साह घट्दै गएको महसुस गर्नुहुन्छ । युद्धको वकालत गर्नेहरूको असहिष्णुताप्रति उहाँ नाराज देखिनुहुन्छ ।

    “यदि उनीहरूले तिमी उनीहरूसँग हरेक कुरामा सँगै छैनौ भन्ने थाहा पाए भने उनीहरूजस्तो लेबल लगाउन सक्छन्,” उहाँले भन्नुभयो ।

    रजावीका अनुसार फार्सी भाषा कक्षा वा फारसी कविता पाठ आयोजना गर्ने इरानी समुदायका सङ्गठनहरूलाई ‘मुक्ति संघर्ष’ को खुला समर्थन नजनाएकोमा ‘कडा आलोचना’ गरिन्थ्यो।

    पहलवीका समर्थकहरू भने समुदायको दबाब एकतर्फी मात्र होइन भन्छन्।

    बहारले ट्रम्पलाई मतदान गरेकोमा फासीवादी भनिएको र सयौँ इन्स्टाग्राम शुभेच्छुक गुमाएको बताउनुभयो । अमेरिकामा एक शिक्षकले कक्षामा युद्धको विषय बारम्बार कुरा उठाएपछि इरानी कला र सङ्गीत पढाइने विद्यालयबाट उहाँले आठ वर्षे आफ्नो छोरालाई निकालिदिनुभयो ।

    तर मौसवी युद्धले समुदायलाई तहसनहस पारेको कुरालाई व्यावहारिक रूपमा हेर्नुहुन्छ ।

    “यस्ता कठिन समयमा तपाईँ आफू वरिपरिका मानिसहरूलाई बुझ्नुहुन्छ,” उहाँले भन्नुभयो, “तपाईँ कुझ्नुहुन्छ उनीहरू कस्ता मानिस हुन्।”

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो
    भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.