• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहनुभएको बताउँदै प्योङयाङ र वासिङ्टनबीच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताउनुभयो । उहाँले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिनुभयो । ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहनुभएको छ ।

    ट्रम्पले उत्तर कोरियासँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गर्नुभएको छ भने सियोलको अनुमानमा त्यहाँ ८० देखि १२० वटा आणविक हतियार छन् । रुसबाट पछिल्ला वर्षमा महत्त्वपूर्ण सहयोग प्राप्त गरिरहेको उत्तर कोरियाले भने ट्रम्पको प्रस्तावप्रति हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन ।

    राष्ट्रपति लीले वार्ताको सम्भावना कठिन भए पनि असम्भव नभएको बताउँदै त्यसलाई वास्तविकतामा परिणत गर्न सबै सम्भव प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । दक्षिण कोरिया र अमेरिकाले गत महिना वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यासको छोटो संस्करण आयोजना गरेका थिए ।

    यसैबीच, राष्ट्रपति लीले इरान युद्धमा दक्षिण कोरियाले कुनै सैन्य हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ । हर्मुज जलघाँटीमा सम्भावित तैनाथीबारे चर्चा भइरहे पनि आफ्ना व्यापारिक जहाज र तेल आपूर्ति मार्गको सुरक्षाका लागि आवश्यक न्यूनतम गतिविधि मात्र गरिने उहाँले बताउनुभयो ।

    “हामीले गैर–संलग्नता र गैर–हस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्दै आएका छौँ र त्यसलाई निरन्तर अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो ।

    अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । राष्ट्रपति ट्रम्पले इरान युद्धमा दक्षिण कोरियाले सहयोग नगरेको विषयमा गुनासो गर्नुभएको छ ।

    यसैबीच, दक्षिण कोरियाले अमेरिकी उच्च आयात शुल्कबाट बच्न गत वर्ष भएको सम्झौताअनुसार अमेरिकामा तीन खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । त्यससम्बन्धी परियोजना र अन्तिम सर्तबारे भने दुई देशबीच वार्ता जारी रहेको राष्ट्रपति लीले बताउनुभयो ।

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.