• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रतिनिधिसभा नियमावलीको विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली–२०८३ को विवादित प्रावधान तत्काल कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको छ ।

    Advertisement

    सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले नियमावलीको नियम १४० को उपनियम (११) मा रहेको व्यवस्था संविधानसँग बाझिएको देखिएको भन्दै २०८३ भदौ ३१ गते त्यसलाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    उक्त प्रावधानमा प्रतिनिधिसभा र राष्ट्रियसभाका कुल सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतका आधारमा संविधान संशोधन गर्न सकिने व्याख्या हुने व्यवस्था राखिएको भन्दै त्यस विरुद्ध प्रश्न उठाइएको थियो ।

    नेपालको संविधानले संविधान संशोधनका लागि सङ्घीय संसद्का दुवै सदनमा छुट्टाछुट्टै दुईतिहाइ बहुमत आवश्यक हुने व्यवस्था गरेको छ । संविधानको धारा २७४ अनुसार संविधान संशोधन विधेयक दुवै सदनबाट तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

    विवादित नियमावलीको व्यवस्थाले भने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सङ्ख्या जोडेर कुल दुईतिहाइ समर्थनबाट संविधान संशोधन गर्न सकिने अवस्था सिर्जना गर्ने भन्दै आलोचना हुँदै आएको थियो । आलोचकहरूले यस्तो व्यवस्था संविधानमा तोकिएको संशोधन प्रक्रियासँग मेल नखाने तर्क गरेका थिए ।

    यस विषयमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पनि वक्तव्य जारी गर्दै प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम (११) खारेज गर्न माग गर्नुभएको थियो । सिंहले उक्त प्रावधान संविधान विपरीत रहेको भन्दै त्यसको विरोध गर्नुभएको थियो ।

    विवादको अर्को महत्त्वपूर्ण पक्ष राष्ट्रियसभामा दलहरूको प्रतिनिधित्वसँग जोडिएको छ । राष्ट्रियसभामा प्रतिनिधित्वको अवस्था फरक रहेका कारण दुवै सदनका सदस्य सङ्ख्या जोडेर दुईतिहाइको गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएमा संविधान संशोधनको संवैधानिक प्रक्रिया नै प्रभावित हुन सक्ने भन्दै प्रश्न उठाइएको थियो ।

    यससँगै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि नियम १४० को उपनियम (११) मा आधारित रहेर संविधान संशोधनको प्रक्रिया अघि बढाउने सम्भावना तत्कालका लागि रोकिएको छ ।

    अदालतको आदेशले संविधान संशोधनको अधिकार, सङ्घीय संसद्का दुई सदनबिचको संवैधानिक भूमिका तथा संविधानको सर्वोच्चतासम्बन्धी बहसलाई थप गम्भीर बनाएको छ । अब उक्त प्रावधान संविधानसम्मत छ वा छैन भन्ने विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय महत्त्वपूर्ण हुनेछ ।

    यस घटनाले संसद्ले बनाउने नियमावलीसमेत संविधानको सीमाभित्र रहनुपर्ने र संविधानसँग बाझिने देखिएका संसदीय प्रावधान न्यायिक परीक्षणको दायरामा आउन सक्ने विषयलाई पुन: चर्चामा ल्याएको छ ।

    प्रतिनिधिसभामा दुईतिहाइ बहुमतको आड्मा स्वतन्त्र पार्टीले संविधानसँग बाझिने गरी प्रतिनिधिसभा नियमावलीमा संशोधन गरेको थियो । नेपालको संविधानअनुसार संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा दुईतिहाइ बहुमतको समर्थन आवश्यक पर्दछ तर उक्त पार्टीले प्रतिनिधिसभा नियमावलीमा संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कुल सदस्य सङ्ख्याको दुईतिहाइ बहुमत भएमा संविधान संशोधन गर्न सकिने व्यवस्था गरेको थियो । यस व्यवस्थाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदको कुल सङ्ख्याको दुईतिहाइको समर्थन भए संविधान संशोधन गर्न सकिने अवस्था सिर्जना हुन्थ्यो ।

    यस्तो प्रावधान राख्नुका पछाडि उक्त पार्टीको राजनीतिक उद्देश्य स्पष्ट थियो । उनीहरूको प्रतिनिधिसभामा करिब दुईतिहाइ बहुमत भए पनि राष्ट्रियसभामा एक जना पनि सांसद छैनन् । दुवै सदनको कुल सदस्य सङ्ख्याको दुईतिहाइ बहुमत पुगे संविधान संशोधन गर्न सकिने नियम बनाएर संविधानमा स्वेच्छाचारी ढङ्गबाट संशोधन गर्न खोजेका थिए र छन् तर त्यो व्यवस्था संविधान तथा राष्ट्रियसभा नियमावलीसँग समेत बाझिएको छ । संविधानले दुवै सदनका सदस्य सङ्ख्या जोडेर दुईतिहाइ बहुमत पुग्नुपर्ने व्यवस्था गरेको छैन बरु प्रत्येक सदनमा छुट्टाछुट्टै दुईतिहाइ सांसदको समर्थन आवश्यक हुने व्यवस्था गरेको छ ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.