• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले जेनजी आन्दोलनले असर नपारेको पार्टी नेकपा (मसाल) मात्रै भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८३ भदौ ३१ गते अबेर राति मलेसिया नेपाली एकता समाजको भर्चुअल माध्यमबाट सम्पन्न आठौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘हामी दाबीसाथ भन्छौँ, जेनजी आन्दोलनबाट ठुला भनिएका पार्टीहरू अस्तित्वको सङ्कटमा छन् तर नेकपा (मसाल) मात्रै त्यसको दुष्प्रभावबाट बचेको छ ।’

    राजनीतिक भेटघाटको क्रममा समेत विभिन्न दलका नेताहरूले सो स्वीकारोक्ति दिने गरेको उहाँले खुलासा गर्नुभयो ।

    ‘हामी विभिन्न राजनीतिक दलका नेताहरूसित भेटघाट गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा उहाँहरूको भनाइ हुने गर्दछ, जेनजी आन्दोलनले हाम्रो पार्टीलाई त ध्वस्त बनायो, तपाईंहरूको पार्टी मात्रै सिङ्गो छ ।’

    नेपालमा जेनजी आन्दोलन र वर्तमान सरकारबारे स्पष्ट धारणा राख्ने पार्टी मसाल मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘गत वर्ष भदौ २४ गतेको ध्वंसमा विदेशी घुसपैठ थियो; जेनजी आन्दोलनमा अमेरिकी सहयोग थियो र अहिलेको सरकार गठन पनि अमेरिकी योजनाअनुसार नै भएको हो भन्नेमा हामी स्पष्ट छौँ ।’

    उहाँले बालेन्द्र सरकारबारे तीनोटा तथ्य राख्नुभयो– ‘प्रथम– यो सरकार फासीवादी शैलीमा अगाडि बढिरहेको छ । द्वितीय यो सरकार गरिबमारा तर कर्पोरेट घरानाको पक्षमा छ । तृतीय– यो सरकार अमेरिकाको कठपुतली हो ।’

    ‘हाम्रो स्पष्ट मत छ, यो सरकार अमेरिकाको हितसाधन गर्ने अर्थात् अमेरिकाको पक्षमा काम गर्ने कठपुतली सरकार हो’ नेता शर्माले भन्नुभयो ।

    मुस्ताङको युरोनियम उत्खनन्को जिम्मा पछिल्लो सुशीला कार्की सरकारले अमेरिका र अस्टे्रलियालाई दिएको समाचारको प्रसङ्ग जोड्दै उहाँले बालेन्द्र सरकार पनि त्यही बाटोमा जान सक्ने बताउनुभयो ।

    आफूहरूले मुस्ताङको युरेनियम खानीको दुरुपयोग हुन सक्ने र अमेरिकाले त्यसलाई चीनको विरुद्धमा नेपाललाई उपयोग गर्न सक्ने सम्भावना पहिलेदेखि नै बताएको स्मरण उहाँले गर्नुभयो ।

    ‘मुस्ताङको युरोनियम खानीको पूर्व, उत्तर र पश्चिममा चीन छ, दक्षिणमा मात्रै नेपाल छ’ उहाँले भन्नुभयो– ‘अमेरिकाले त्यो युरोनियम खानी आफूले कब्जा गर्न चाहान्छ । उसले त्यसलाई चीनको विरुद्धमा प्रयोग गर्न चाहान्छ ।’

    मसाल र राजमोले देशको यस खालको राष्ट्रियतासँग जोडिएका विषयमा समान धारणा राख्ने राजनीतिक पार्टी, सङ्घसंस्था र बुद्धिजीवीसित सहकार्य गर्ने प्रयास गरिरहेको जानकार पनि दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीले पछिल्लो समयमा राजनीतिक भेटघाटलाई तीव्रता दिएका छौँ । सो भेटमार्फत देशका सामु उत्पन्न गम्भीर खतराको सामना गर्न संयुक्त आन्दोलन उठाउन प्रयास गरिरहेका छौँ ।’

    नेता शर्माले अहिले देशको लोकतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमाथि गम्भीर खतरा देखिएकाले संयुक्त आन्दोलन आवश्यक रहेको तर्क गर्नुभयो ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.