काठमाडौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सर्तसहित सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला गरेको छ ।
Advertisement
नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यका बाहिर दर्ता हुने विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिइएको छ । उपत्यकाभित्र भने हाललाई स्कुल बस र सट्टाभर्नाका लागि मात्र दर्ता अनुमति दिइएको विभागले जनाएको छ ।
विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । यसअघि जेठ ७ गतेदेखि सार्वजनिक सवारीको दर्ता रोकिएकोमा साउन १८ गते मालवाहक र अहिले यात्रुवाहक सवारीको दर्ता सर्तसहित खुला गरिएको हो।

