काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछिको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको समीक्षा गरेको छ।
Advertisement
बैठकले लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन तथा समन्वयका लागि एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
समितिमा दलहरूको संसद्मा रहेको सीट संख्याका आधारमा प्रतिनिधित्व रहनेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घ भ्रमणबारे पनि छलफल भएको जनाइएको छ।

