• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

‘कुशअमबसिया’ पर्व मनाउँदै मैथिल


  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
  • जलेश्वर । सांस्कृतिक र पारम्परिक चाडपर्वको धनी मानिने मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसिया’ पर्व मनाइँदैछ । चन्द्रमासको भदौको औँसी तिथिका दिन यो पर्व मनाउने मैथिल परम्परा छ । पर्वका अवसरमा आज सनातन वैदिक परम्पराका अनुयायी मैथिल कुश सँगाल्न लागेका छन् ।

    Advertisement

    हिन्दु मैथिल परम्परामा भदौ औँसीका दिनलाई ‘कुशअमबसिया’ भनिन्छ । यस दिन वैदिक मन्त्रोच्चारण गर्दै धार्मिक विधि र कर्मकाण्डमा अति पवित्र मानिएको वनस्पति कुश सङ्ग्रह गरेर घरमा राख्ने चलन छ । यस दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य र धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

    पर्वका दिन हिन्दु परम्परामा पुरोहितले आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले उखालिएको कुश मुठा पारेर घरको दलिनमा सिउरने चलन छ तर मिथिलामा भने घरका मुख्य पुरुषले आफैँ ब्रह्ममुहूर्तमा कुश उखेलेर पवित्र ढङ्गले घरमा राख्ने चलन छ । कुश उखल्दा गरिने मन्त्रोच्चारण यस्तो छ–

    ‘विरिञ्चिनां सहोत्पन्न: परमेष्ठी निसर्गत: ।
    नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
    पूर्व मन्त्रं समुच्चार्य तत: पूर्वोतरामुख: ।
    हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

    यसरी उखेलिएको कुश कर्मकाण्डका विधिमा पवित्र मानिन्छ । हिन्दु वैदिक परम्परामा प्रत्येक धार्मिक कार्य, त्यसको सङ्कल्प कुशविना कल्पना नै नगरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् । मैथिल परम्परामा यस मठका मठाधीश सांस्कृतिक तथा धार्मिक प्रतिनिधि मानिने चलन छ ।

    हिन्दु धर्ममा खास चाडपर्वका विधि, पितृकार्य र अन्य कुनै पनि शुभकार्यको कर्ताले कुशको औठी लगाउनैपर्ने कर्मकाण्डीय विधान छ । सबैजसो वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जाँै, तिल समातेर गरेको सङ्कल्पपछि मात्र मुख्य काम प्रारम्भ भएको मानिन्छ ।

    मैथिल परम्परामा यस दिन सङ्ग्रह गरिएर घरमा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ । शास्त्रीय मतनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने विश्वास छ । मिथिलामा यस दिन दिवङ्गत पितृका लागि तर्पण दिने परम्परा छ । (रासस)

    शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने
    सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय
    बाढीपहिरोले सात जिल्लाका सडक प्रभावित : कुनकुन सडक बन्द छन् ?
    विदेशबाट फर्किएका म्याग्दीका युवाहरूले सुरु गरे भेडापालन
    रसुवाबाढी : फर्किने आशा मरेपछि बागलुङका चारै जनाको अन्तिम संस्कार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.