• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

राष्ट्रियता, लोकतन्त्र र पर्यावरणरक्षाका लागि युगदर्शनबाट उच्च भूमिकाको अपेक्षा


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    युगदर्शन साप्ताहिक सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा हामीले त्यसले अहिलेसम्म खेलेको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनमा पनि त्यसको उच्च भूमिकाका लागि शुभकामना दिन्छौँ ।

    अहिलेको युगदर्शन पत्रिका पहिलेको “हाँक” साप्ताहिकको नै निरन्तरता हो । त्यसले पहिलेको हाँक पत्रिकाको गौरवमय इतिहासलाई निरन्तरता दिने प्रयत्न गरिरहेको छ । गत कालका त्यसले अत्यन्त चुनौतीपूर्ण दिनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    आगामी दिन अरू चुनौतीपूर्ण हुने कुरा निश्चित छ । एकातिर देशमा अमेरिकी साम्राज्यवादको बढ्दो आक्रामक भूमिका र देशमा त्यसको कठपुतली सरकार स्थापनाका कारणले देशको राष्ट्रियता र सार्वभौमिकतामा पैदा भएको गम्भीर खतरा र त्यसका साथै देश फासिष्ट शासनतिर जाने सम्भावनाका कारणले पनि आगामी दिन धेरै नै चुनौतीपूर्ण हुने कुरा प्रष्ट छ । त्यसका साथै राजावादीका कारणले गणतन्त्र र धर्मनिरपेक्षतामा समेत गम्भीर खतरा पैदा भएको छ । त्यस प्रकारको पृष्ठभूमिमा एकातिर साम्राज्यवाद र अर्कातिर प्रतिगमनको विरुद्ध समेत जनतामा उच्च चेतना उठाउनुपर्ने ऐतिहासिक आवश्यकता देशका अगाडि छ । हामीले आशा र विश्वास गर्दछौँ युगदर्शन साप्ताहिकले त्यो जिम्मेवारी पूरा गर्दै आफ्नो गौरवपूर्ण इतिहासलाई लगातार अगाडि बढाउनेछ ।

    हाम्रो देशले लामो समयदेखि भारतीय साम्राज्यवादको पनि सामना गर्दै आउनुपरेको छ । त्यसले एकातिर कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेतको नेपालको भूमिका कब्जा गरेको छ, नेपालका धेरै सीमामा अतिक्रमण गरेको छ । नेपालको तराईलाई भारतमा मिलाउनको लागि लगातार प्रयत्न गरिरहेको छ । अर्कोतिर नागरिक आक्रमणद्वारा संसद्मा भारतीयको बहुमत पुर्‍याएर नेपाललाई सिक्किम बनाउने रणनीतिअन्तर्गत पनि योजनाबद्ध प्रकारले काम गरिरहेको छ । त्यसले हिन्दु कट्टरपन्थी तत्त्वको माध्यमद्वारा नेपालमा साम्प्रदायिकताको स्थिति उत्पन्न गर्न पनि काम गरिरहेको छ । नेपालका राजावादीले पनि भारतका कट्टरपन्थीको आडमा आफ्नो प्रतिगामी उद्देश्य पस्रा गर्न प्रयत्न गरिरहेका छन् ।

    यस सन्दर्भमा यो कुराप्रति पनि आँखा चिम्लनु सही हुने छैन कि अमेरिकी साम्राज्यवाद पश्चिमी साम्राज्यवादी शक्ति वा भारतीय साम्राज्यवादले पनि नेपाली जनमतलाई योजनाबद्ध प्रकारले कुण्ठित गर्ने प्रयत्न गरिरहेका छन् र त्यसको परिणामस्वरूप नेपालमा विभिन्न राजनीतिक पार्टी, कतिपय सङ्घसंस्था, बुद्धिजीवी र जनताको एउटा पङ्क्ति पनि काफी हदसम्म प्रभावित हुने गरेको छ । त्यो अवस्थामा जनमतलाई सही दिशामा अगाडि बढाउनुपर्ने चुनौति पनि हाम्राअगाडि छ । हामीले आशा गर्नुपर्दछ, युगदर्शन साप्ताहिकले त्यो दिशामा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

    आज हामीले खालि हाम्रो आफ्नो देशको समस्याप्रति मात्र ध्यान दिएर पुग्दैन । नेपाल सम्पूर्ण संसारसित जोडिएको छ र संसारमा घट्ने घटनाक्रमबाट नेपाल पनि अलग हुन सक्दैन । आज विश्वमा युद्धको खतरा लगाचार बढ्दै गइरहेको छ । संसारका कैयौँ देशमा युद्ध चलिरहेका छन् । ती युद्धले विश्वयुद्धको रूप लिने खतरा पनि गम्भीर छ । आजको युगमा विश्वयुद्ध आणविक युद्धमा परिणत हुने खतरा पनि अत्यधिक छ । यदि आणविक युद्ध हुन्छ भने सम्पूर्ण मानवजाति नै समाप्त हुने अत्यधिक खतरा छ । त्यसकारण संसारको कुनै देशमा पनि युद्ध हुन्छ भने त्यसको विरोध गर्नु र शान्तिका पक्षमा आवाज उठाउनु हाम्रो अन्तर्राष्ट्रिय दायित्व हुन्छ र त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

    आजको युगमा कुनै पनि देशमा हुने युद्धको मुख्य स्रोत साम्राज्यवाद नै हो । त्यसकारण युद्धको विरोध र शान्तिको रक्षाका लागि हामीले सर्वप्रथम र मुख्य रूपले साम्राज्यवादको नै विरोध गर्नुपर्दछ । साम्राज्यवादबाट खालि युद्धको खतरा मात्र छैन, त्यसबाट फासिवादको खतरा पनि अत्यन्त गम्भीर छ । जहाँजहाँ साम्राज्यवादको प्रभाव बढेर जान्छ, त्यहाँत्यहाँ पुँजीवादी प्रकारको पनि लोकतन्त्र समाप्त भएर फासिष्ट शासन कायम हुने सम्भावना नै धेरै हुन्छ । स्वयम् नेपालमा पनि कठपुतली सरकारले लिँदै गएको फासिष्ट शासनको दिशाबाट त्यो कुरा प्रष्ट हुन्छ । त्यसकारण साम्राज्यवादको विरोध हाम्रो अन्तर्राष्ट्रिय दायित्व मात्र नभएर हाम्रो राष्ट्रिय जीवनसित सम्बन्धित कुरा पनि हो । त्यसकारण साम्राज्यवादको विरोधलाई हामीले राष्ट्रिय महत्त्वको गम्भीर जिम्मेवारीको रूपमा पनि लिनुपर्दछ ।

    यस सन्दर्भमा साम्राज्यवादी रणनीतिका कारणले नेपाल कसरी युद्धको भूमिका बदलिने खतरा पनि बढ्दै गइरहेको छ ? त्यसप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । खास गरेर अमेरिकाको साम्राज्यवादी नीतिका कारणले त्यस प्रकारको खतरा झन्पछि झन् नजिक आइरहेको छ । अहिले विश्वमा अमेरिकी साम्राज्यवादका विरुद्ध चीनको प्रतिस्पर्धा बढ्दै गइरहेको छ । आर्थिक र सैनिक दुवै क्षेत्रमा चीनले अमेरिकालाई चुनौती दिने काम गरिरहेको छ । चीन स्वयम् एउटा साम्राज्यवादी देश हो । पहिले चीन समाजवादी देश थियो । पछि त्यसले पुँजीवादी दिशा समात्यो र अब त्यो साम्राज्यवादी देशमा बदलिएको छ र अमेरिका र चीनका बिचको प्रतिस्पर्धा धेरै नै बढेर गएको छ ।

    अमेरिकाले चीनलाई घेर्नका लागि इन्डोप्यासिफिक रणनीति अपनाएको छ । त्यसअन्तर्गत चीनको सीमामा पर्ने दक्षिणपूर्वी र दक्षिण एसियाका देशमा त्यसले एमसिसी (मिलिनियम च्यालेन्ट कर्पोरेसन) रणनीति अपनाएर चीनका विरुद्ध सैनिक घेराबन्दी गर्ने नीति अपनाएको छ । अमेरिकाको रणनीतिको अर्को मुख्य पक्ष तिब्बतमा दलाई लामालाई पुनस्र्थापना गर्ने हो । त्यसका लागि तिब्बतमाथि सैनिक आक्रमण गर्नुपर्नेछ । त्यो आक्रमण गर्नका लागि अमेरिकालाई नेपालको भूमिको रणनीतिक आवश्यकता छ र तिब्बतमाथि आक्रमणका लागि सिआइएले नेपालमा भूमिगत र योजनाबद्ध प्रकारले युद्धको तयारी गरिरहेको छ ।

    पहिले अमेरिकाले तिब्बतसित जोडिएका नेपालका सीमामा खम्पाद्वारा गुरिल्लायुद्ध सञ्चालन गरेको थियो । अहिले पनि त्यसले नेपालमा भूमिगत रूपले हतियार जम्मा गर्ने र खम्पालाई युद्धको तालिम दिने काम गरिरहेको छ । पहिले माओवादी, एमाले र नेकाका सरकारले अमेरिकापरस्त नीति अपनाए पनि उनीहरूले एक चीनको नीति तथा चीनप्रति मैत्रीपूर्ण नीति अपनाएको हुनाले उनीहरूद्वारा चीनको दलाइ लामा वा तिब्बतमाथि आक्रमणको नीतिमा बाधा पुगेको थियो । त्यसैले अमेरिकाले पुराना राजनीतिक पार्टीको नेतृत्वलाई विस्थापित गरेर नेपालमा आफ्नै कठपुतली सरकार कायम गर्ने रणनीति अपनायो ।

    नेपालका पुराना सत्तारूढ पार्टीहरूले अमेरिकाको समर्थन प्राप्त गरेर सत्तामा टिकिरहनका लागि अमेरिकापरस्त नीति अपनाएका थिए तर अमेरिकाले उनीहरूलाई लात हान्यो र जेनजी आन्दोलनद्वारा आफ्नो कठपुतली सरकार कायम गर्‍यो । प्रकट रूपमा जेनजी आन्दोलन एउटा स्वत:स्फूर्त र न्यायपूर्ण आन्दोलन थियो तर अमेरिकाले नेपालमा काम गरिरहेका छद्म अमेरिकापरस्त तत्त्वद्धारा जेनजी आन्दोलनलाई हाइज्याक गरेर नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्‍यो । अन्तरिम सरकारको समयदेखि नै वर्तमान कठपुतली सरकारले जसरी दलाइ लामापरस्त नीति अपनाउँदै आएको छ, त्यसबाट यो सरकारले तिब्बतमाथि आक्रमणका लागि नेपाललाई युद्धभूमि बनाउने अमेरिकी रणनीतिअन्तर्गत नै काम गरिरहेको कुरामा कुनै शङ्का रहन्न ।

    संसारका युद्ध भइरहेका सबै देशको अनुभवबाट यो कुरामा कुनै शङ्का रहन्न कि नेपाल युद्धको भूमि भयो भने त्यसबाट नेपालको शान्तिमा कति गम्भीर रूपले धक्का पुग्नेछ र नेपालको धनजनमा कति ठुलो क्षति हुनेछ ? तिब्बतमाथि अमेरिकी आक्रमणमा वा दलाई लामाको तिब्बतमा पुनस्र्थापनाको प्रश्न नेपालको सरोकारको विषय होइन, त्यसकारण त्यो युद्धमा नेपालको शान्तिमा कुनै खलल पुग्न नदिन र नेपालको धनजनको कुनै क्षति हुन नदिन पनि नेपाली जनताले अमेरिकी साम्राज्यवाद वा त्यसको सेवाको लागि बनेको वर्तमान कठपुतली सरकारका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    आज हाम्रो देश रसुवाको भोटेकोशी बाढीद्वारा गम्भीर रूपले आक्रान्त भएको छ । त्यो भोटेकोशी बाढीलाई पनि हामीले, एकातिर नेपाल र चीनको सीमान्त क्षेत्रका उच्च हिमालय र पहाडको भौगोलिक र भूगर्भीय तथा अर्कातिर आज विश्वव्यापी रूपमा देखा परिरहेको पर्यावरण, जलवायु परिवर्तनको परिप्रेक्ष्यमा नै बुझ्नुपर्दछ । नेपाल र चीनका सीमान्त क्षेत्रमा जुन अग्ला हिमालय र पहाड छन्, तिनीहरूको भूगर्भीय संरचना अत्यन्त जटिल प्रकारको छ । त्यहाँ ठुलो सङ्ख्यामा हिमनदी वा ताल छन्, तिनीहरूमा हुने विस्फोटबाट बारम्बार कैयौँ ठुला बाढी आउने गर्दछन् । अहिलेको भोटेकोशीको बाढी पनि त्यही प्रकारको भूगर्भीय प्रक्रियाको एउटा गम्भीर र विनाशकारी परिणाम हो ।

    त्यससँग जोडिएको अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज विश्वस्तरमा नै पर्यावरण र जलवायुको परिवर्तनले गम्भीर रूप लिइरहेको छ । विश्वव्यापी रूपमा नै त्यसबाट कैयौँ क्षति पुग्ने गरेको छ । खास गरेर विकसित पुँजीवादी देशका ठुला उद्योगका कारणले ठुलो पैमानामा हुने तापक्रम वा प्रद्रूषणबाट विश्वस्तरमा नै वातावरण र जलवायुले अत्यन्त विनाशकारी रूप लिँदै गइरहेको छ । त्यसबाट हाम्रो हिमालय वा नेपाल र चीनका सीमामा रहेको पर्वत शृङ्खलामा पनि धेरै नै असर पर्ने गर्दछ । त्यसकै परिणाम हो कि नेपालमा हिमालयको हिउँ पग्लिँदै गइरहेको छ र हिमालय काला पहाडमा बदलिंँदै गइरहेका छन् । पहाडभित्रका पत्थर पग्लने क्रम बढ्दै गइरहेको छ र त्यसको परिणामस्वरूप त्यहाँ हिमनदीमा विस्फोट हुने र त्यसबाट भयानक प्रकारका बाढी आउने क्रम बढ्दै गइरहेको छ । त्यसको परिणामस्वरूप आउने दिनमा भोटेकोशीजस्ता वा त्योभन्दा पनि भयानक प्रकारका कैयौँ बाढी आउने गम्भीर प्रकारको खतरा छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसबाट हुने विनाश कैयौँ भूकम्प वा अहिलेको भोटेकोशी बाढीबाट भएको विनाशभन्दा कैयौँ गुणा बढी हुनेछ ।

    युद्धका लागि साम्राज्यवाद जिम्मेवार भएजस्तै पर्यावरण वा जलवायु परिवर्तनबाट हुने त्यस प्रकारको विनाशका लागि पनि साम्राज्यवाद नै मुख्य रूपले जिम्मेवार छ, किनभने साम्राज्यवादी देशका ठुला उद्योगबाट पैदा हुने प्रदूषण वा तापक्रमका कारणले नै प्रकृतिक प्रकोपले कैयौँ गुण विनाशलाई निम्त्याउँछन् । त्यसकारण आज विश्वमा गम्भीर बन्दै गइरहेको पर्यावरण वा जलवायु परिवर्तन समस्याको समाधानका लागि पनि साम्राज्यवादका विरुद्ध हुने सङ्घर्ष निर्णायात्मक महत्त्वको कुरा बन्न गएको छ र त्यसका लागि जनतामा सही चेतना उठाउन पनि युगदर्शनले प्रभावशाली भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

    अन्तमा उपर्युक्त सबै विषयमा प्रभावशाली भूमिका खेल्न युगदर्शन साप्ताहिकले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीले आशा र सफलताको कामना गर्दछौँ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय
    मिसन पत्रकारिता अगाडि बढाउन शुभकामना
    यस अङ्कका तीन विषय : अठारौँ वर्षमा प्रवेश, जेनजी दिवस र रसुवा बाढी
    लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति ?
    प्रकृति विरुद्ध मानिसको लडाइँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.