काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ ।
२०८३ भदौ २५ गतेको मन्त्रिपरिषद् बैठकले सो कार्यतालिका स्वीकार गरेसँगै पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको हो ।
बैठकले संयुक्त राष्ट्र सङ्घको एकासिऔँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए ।
प्रधानमन्त्री शाहको सो भ्रमण आगामी असोज ६ देखि १० गतेसम्म हुने तय भएको छ ।
यसअघिका नेपाली प्रधानमन्त्रीको विदेश भ्रमण प्रायश: भारत हुने गरेको छ । त्यसलाई ब्रेक गरेर तत्कालीन माओवादीबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल चीन गएका थिए तर पछि आफू ओलम्पिक हेर्न गएको, आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए ।
अहिलेका प्रधानमन्त्री बालेन्द्र पहिलो विदेश भ्रमणको रूपमा अमेरिका गए पनि त्यसलाई संयुक्त राष्ट्र सङ्घको भ्रमणको रूपमा अथ्र्याउने सम्भावना छँदैछ ।
त्यसो त प्रधानमन्त्री बालेन्द्रले वैदेशिक सम्बन्धबारे आफ्नो धारणा बदल्दै आइरहेका छन् । पहिले उनले विदेशका राजदूतसँग एकल भेटघाट नगर्ने बताए पनि पछि त्यसबाट पछि हटेको घटनालाई त्यस रूपमा बुझ्न सकिने बताइन्छ ।
