• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. “१२ मई” ऐतिहासिक नाटक

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • तेहरान । इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ ।

    Advertisement

    तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ ।

    अन्तर्राष्ट्रिय सम्झौता ‘ब्रेन्ट क्रुड’ को मूल्य बिहीबार एशियाली व्यापारमा प्रतिब्यारेल १०१.२८ डलर थियो, जुन जुलाई पछि पहिलो पटक १०० डलरभन्दा माथि पुगेको हो ।

    तेहरानको रिभोलुसनरी गाड्र्सले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मिडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जनाइएको छ ।
    तेहरानमा अमेरिका–इजरायली आक्रमणले द्वन्द्व सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गतिरोधमा परेको युद्धमा संयुक्त राज्य

    अमेरिकाले जित हासिल गरेपछि तेलको मूल्य तुरुन्तै कम हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । हर्मुज जलमार्गको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने सुझाव दोहोर्याउँदै उहाँले भन्नुभयो, “हामीले इरानसँगको युद्ध जिते पछि तेलको मूल्य घट्नेछ हामी यसलाई जित्दैछौँ र हर्मुज स्ट्रेटलाई नियन्त्रण गर्छौं ।”

    इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्सले बुधबार ओमानको खाडी र अरब सागरका केही भागहरूलाई नयाँ प्रतिबन्धित क्षेत्र मा थप गरेपछि ट्रम्पको यस्तो आशावादी टिप्पणी आएको छ ।

    यदि कुनै जहाज निर्धारित समन्वयबिना त्यस क्षेत्रमा प्रवेश गर्छ भने, यो हाम्रो प्रतिबन्धको अधीनमा हुनेछ गार्डका प्रवक्ता हुसेन मोहेबीले सरकारी टेलिभिजनसमक्ष बताउनुभयो ।

    फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले होर्मुज जलमार्गको नियन्त्रणमा दाबी गरेको छ, जलमार्गबाट हुने यातायात अवरुद्ध गरेको छ ।

    जहाजहरू तेहरानको जलमार्ग प्रयोग गर्नुअघि अनुमति प्राप्त गर्ने र पारवहन शुल्क तिर्नुपर्ने दाबी इरनले गर्दै आएको छ ।

    इरानले अब लड्न नसक्ने उल्लेख गर्दै ट्रम्पले बुधबार नोभेम्बरमा हुने मध्यावधि चुनावपछि युद्ध समाप्त हुने बताउनुभएको छ ।

    यद्यपि वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पका शीर्ष सल्लाहकारहरूले उहाँको कार्यकालको बाँकी दुई वर्षसम्म युद्ध जारी रहनसक्ने चेतावनी दिएका छन् ।

    इरानी सेनाको वैचारिक शाखा गाड्र्सले पनि एक दिनअघि अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्करहरू नष्ट गरेको प्रतिक्रियामा जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताएको छ ।

    जोर्डनको सेनाले जोर्डनमा प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको बताइएको छ ।

    इरानको विदेश मन्त्रालयले आफ्नो तेल ट्याङ्करहरूमा भएको आक्रमणलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै निन्दा गर्दै उक्त आक्रमणले यस क्षेत्रमा तनावको खतरा बढाएको बताएको छ ।

    यस क्षेत्रमा अमेरिकी सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्नु ‘आत्मरक्षार्थ’ प्रयास भएको उहाँले बताउनुभएको छ ।

    अमेरिकी सेनाले भने अमेरिकी लडाकू विमानलाई लक्षित गरी भएको इरानी आक्रमणको जवाफ दिइरहेको बताएको छ भने एक हप्ताभन्दा कम समयमा यो दोस्रो घटना हो ।

    लेबनान र यमनमा भएको युद्धको मागसहितका आफ्ना सर्तहरू वासिङ्टनले पूरा गरे युद्ध अन्त्य गर्न सकिने इरानी गाड्र्सले जनाएको छ ।

    गाड्र्सले अमेरिकाको नयाँ धम्कीहरूबाट बच्नुपर्ने लेबनानबाट इजरायली शासनको सेना फिर्ता लिनुपर्ने यमनको नाकाबन्दी अन्त्य गर्नुपर्ने र अमेरिकाले फ्रिज गरेको इरानको सम्पत्तिमा जारी गर्नुपर्दछ तथा देशको आणविक र मिसाइल क्षमताहरूमा कुनै पनि हस्तक्षेप हुनु नहुने मोहेबीले बताउनुभएको छ ।

    वासिङ्टनले इरानलाई आर्थिक रूपमा दबाउन खोज्दा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० का बोर्ड अफ गभर्नरहरूले बुधबार तेहरानमाथि दबाब दिने कूटनीतिक कदममा इरानलाई आणविक गैरन्यायिक भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को पक्षमा मतदान गर्नुभएको छ ।

    उक्त प्रस्ताव २३–३ मतले पारित भएको थियो जसमा आठ जना अनुपस्थित थिए उनीहरूले भने रुस, चीन र नाइजरले यसकाविरुद्धमा मतदान गरेका थिए ।

    संयुक्त राष्ट्र आणविक निगरानीका लागि इरानका प्रतिनिधिले अमेरिकी दबाबमा प्रस्ताव पारित भएको भन्दै यसको कुनै आधार नभएकाले कुनै परिणाम नल्याउने बताउनुभएको छ ।

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त आक्रमणको उदेश्य इरानी शासनलाई झकाउनु रहेको दाबी गर्दै इरान ध्वस्त हुन लागेको दाबी गर्नुभएको छ ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै
    जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
    उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता
    महोत्तरी बढ्दैछ कोदोखेती
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.