• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रकृति विरुद्ध मानिसको लडाइँ


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##

    Advertisement

    त्रेतायुगमा मन्त्रद्रष्टा ऋषि विश्वामित्र गङ्गाकिनारमा पुगेर माता गङ्गालाई प्रणाम गर्दै भने– ‘माता, काश ! यो माथिबाट तल झर्ने गडगडाहट स्वर नहुँदो हो त ।’

    माता बोलिन्– ‘यो त एउटी माताले आफ्नो बच्चालाई स्तनपान गराउन जसरी माथिबाट तल झुक्छिन्, त्यसैगरी मैले पनि सबैलाई तृप्त गर्न यसरी तलतिर झुक्नैपर्छ । यसो गर्दा केही गडगडाहट मात्र सुनिएको हो ।’

    विश्वामित्र नतमस्तक बनेर ‘धन्य माता !’ भन्दै प्रणाम गरेर त्यहाँ बाट निस्किए ।

    जल र जीवको सम्बन्ध आमा र बच्चाको जस्तै हो । बाढी आफ्नो बाटोमा पर्ने माटो, ढुङ्गा, रुख, जीवजन्तु बगाउँदै अगाडि बढ्नु उसको धर्म हो । प्रकृतिलाई सराप्नेभन्दा प्रकृतिअनुकूल आफूलाई बनाउनुमा नै मानवजातिको कल्याण लुकेको छ ।

    इतिहासको कुनै कालखण्डमा सायद टिमुरे, स्यफ्रुबेसी, त्रिशूली सबै फाँट यिनै लेन्दे, भोटेकोसी र त्रिशूली नदी मिलेर नै बनेका थिए । लामो समयपछि तिनै फाँट खेतीयोग्य जमिनमा रूपान्तरण हुँदै गए । बिस्तारै खेतीपातीसँगै त्यही बगरमा मानव बस्तीको पनि विकास हुँदै गयो । यिनै नदीको जल र जमिन जीवनको आधार बने ।

    लामो समयपछि यही जल आज बाढीमा बदलियो । फेरि फाँट र बस्तीलाई बगरमा रूपान्तरण गर्दै हिँजो जीवनको आधार बनेको जल आज बाढी बनेर जीवन र बस्ती दुवै खोसेर हिँड्यो । जलले बग्ने उसको स्वभाव बदलेको त हैन तर नदीबाट बाढी मात्र बन्दा पनि जीवनको अस्तित्व नै सङ्कटमा बदलियो । यो मानवजातिले प्रकृतिमाथि गरेको दोहनको परिणाम हो ।

    हिमालमा हिउँ जम्नु, हिमपहिरो जानु, हिमनदी बग्नु, हिमताल बन्नु र फुट्नु सबै यहाँको स्वाभाविक र नियमित प्रक्रिया हो । यस्ता प्रक्रिया नियमित हुँदै गर्दा यसले मानवजातिलगायत अन्य जीव, जमिन र जलमा कस्तो फरक पर्छ ? यो स्वयम् त्यहीँ रहने सबैले जान्नुपर्ने कुरा हो । यी सबै एकअर्काका परिपूरक हुन् ।

    कहिले बाढी, कहिले पहिरो, कहिले भूकम्प प्रकृतिका नियमित कर्म हुन् । मानवजाति यस्तो एउटा जाति हो, जसको एउटा चेतनशील दिमाग पनि छ । यही चेतना प्रकृतिसँग पौठेजोरी खेल्दै गर्दा प्रकृतिमाथि नै विजय गरेको अनुभव गर्न थाल्दछ । जब उसले निर्माण गरेका हरेक निर्माण र उसको स्वयम् जीवनको अस्तित्व नामेट हुन थाल्दछ, तब कहिले प्रकृतिको पूजा गर्न थाल्दछ त कहिले प्रकृतिकै उपस्थितिलाई चुनौती दिन थाल्दछ र स्वयम्को विनाशको कारण बन्दछ तर प्रकृतिको नित्यकर्ममा बाधा हालेर प्रकृतिको नियमित कर्म पनि अस्वाभाविक लाग्ने कर्मजस्तो बनाउँछ । परिणाम उसको स्वार्थको प्रतिकूल हुँदा प्रकृतितिर फर्केर धारे हात लाउन थाल्दछ । उसलाई लाग्छ, प्रकृति पनि उसको निर्देशअनुसार चलोस् । उसलाई लाग्छ, मानवजाति नै प्रकृतिको मालिक हो ।

    भनिन्छ, त्रेतायुगमा रावणले नवग्रहलाई नियन्त्रण गरेर आफ्नो इच्छाअनुसार कर्म गराउँथे तर कलियुगमा त्यस्तो कतै कोही देखिँदैन तर अन्तत: रावण पनि मृत्युलाई स्वीकार गर्दै प्रकृतिमै विलीन भएका थिए ।

    प्रकृतिको कर्ममा बाधक बन्नु भनेकै उसको बाटोमा उभिनु हो । प्रकृतिले आफ्नो धर्म, कर्मद्वारा निर्वाह गरिरहेको हुन्छ । उसको कर्म हाम्रो चाहनाको प्रतिकूल भइदिँदा हामी उसैलाई चुनौती दिएर उसको बाधक बनदिन्छौँ । खोलामा घर बनाइदिन्छौँ, बाँध बाँधेर बाटै बदलिदिन्छौँ । बम र बारुदमा आफ्नो शक्ति देख्छौँ । प्रकृति नै काँप्ने गरी शक्तिप्रदर्शन गर्दछौँ । आफू बाँच्न अरू जीवको अस्तित्व नै मेटाइरहेका छौँ ।
    जङ्गल, जल, वायु सबै दूषित बनाइसकेको छ । प्रकृतिप्रदत्त हरेक चिज सबैका लागि हो र सबैको समान हकअधिकार लाग्छ भन्ने जानेर पनि नजानेजस्तो गरिदिन्छौँ । सम्पूर्ण मानवजातिले यो समान अधिकार आफ्नो मात्रै पैत्रिक अधिकार सम्झिँदा कमजोर त्यो मानव होस् या अन्य जीवजन्तु, सबैले बिपद् खेप्नुपरेको छ । सजाय भोग्नुपरेको छ । जहाँ उसको कुनै दोष नै छैन, संसारले बिपद् खेप्नुपरेको छ । आजका शक्तिसम्पन्न साम्राज्यवादी राष्ट्र आफ्नो आर्थिक र सामरिक शक्ति अधिक आर्जनको लागि अधिक कार्बन उत्सर्जनजस्ता थुप्रै अप्राकृतिक कार्य गरिदिँदा प्रकृति पनि आफ्नो कर्मबाट धर्मराउन थालेको छ । अप्राकृतिक रूपमा पहिरो, अधिक वर्षा, अधिक सुख्खा, हिमपहिरो जान बाध्य बनाएका छन् । स्वाभाविकताको क्रमभङ्ग हुँदै गएको छ, जसले गर्दा सम्पूर्ण मानवजातिसँगै अन्य जीवजन्तु सबै प्र्रत्यक्ष/अप्रत्यक्ष रूपमा यसको शिकार बनेका छन् ।

    कार्बन उत्सर्जनजस्ता अपराधमा नेपाल र नेपाली तथा यस्तै अन्य देशको कहिले योगदान रह्यो र ? कहिल्यै पनि रहेन । तुलनात्मक रूपमा शून्य नै भन्न मिल्छ तर पनि यिनै कारणले प्रकृतिले दिएको सजाय पटकपटक निर्दोष नेपाल र नेपालीले भोग्नुपरेको छ । शक्तिराष्ट्रबाट भएको योभन्दा ठुलो अपराध के हुन सक्छ ? यस्तो क्षति र निर्दोषले पाएको सजायको क्षतिपूर्ति कहिले पाउने हो ? प्रश्न वर्षौंदेखि उठेका छन् तर सानो मुखले चर्को आवाज गर्दा कताकता अँठ्याउने हुन् कि ? डर मान्नुपर्ने अवस्था साना र कमजोर राष्ट्रमा देखिएको छ ।

    अहिले वैश्विक शक्ति सन्तुलन यस्तो ठाउँमा पुगेको छ, जहाँका नेता गब्बर सिंह बनेका छन् । गाउँलेले उसको लागि खजाना जम्मा गरेर राखिदिने र आएको बखत् सम्मानपूर्वक दिने हो । सवालजबाफ चल्दैन । चल्यो भने सिधै सजाय र खजानाको लुटपाट । कालिया मान्छे उठाउथे । यहाँ नेतासँगै देश नै उडाइदिने क्रम सुरु भइसकेको छ । कालियाजस्तै साम्राज्यवादीसँग पनि थुप्रै कालिया हरेक देशभित्रै रहेका छन् ।

    निर्दोष र कमजोर राष्ट्रमाथि धनी र शक्तिशाली राष्ट्रहरूले यस्ता अन्याय सहन बाध्य बनाइरहेका छन् । धन र शक्ति दुवै आर्जन गरेर विश्वभरि एकछत्र राज गर्ने यी साम्राज्यवादी देशबाट विश्व सधैँ खतरामा परेको छ । यिनैका कारण प्रकृति पनि आज साना र कमजोर देशका विनाशका कारण बनेका छन् । आज पनि साम्राज्यवाद विरुद्ध लडाइँ अझ एकबद्ध र सशक्त हुनुपर्ने आवश्यकता बढेको छ ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय
    मिसन पत्रकारिता अगाडि बढाउन शुभकामना
    राष्ट्रियता, लोकतन्त्र र पर्यावरणरक्षाका लागि युगदर्शनबाट उच्च भूमिकाको अपेक्षा
    यस अङ्कका तीन विषय : अठारौँ वर्षमा प्रवेश, जेनजी दिवस र रसुवा बाढी
    लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.