• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेकपाबाट तीन मन्त्री नियुक्त

रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा

विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

बागमतीमा राजनीतिक संकट

रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

चल्ला बोकेर आन्दोलनमा उत्रिए पोल्ट्री व्यवसायी, १२ बुँदे मागपत्र बुझाइयो सरकारलाई

मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचित

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ८. राप्ती गापा, समृद्धि र सम्भावना

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह


  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • रोल्पा, भदौ ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट रोल्पाका १३ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र फरक मत राख्ने नेतामाथि कारबाही गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै पार्टी छोडेका हुन् ।

    Advertisement

    केन्द्रीय प्रतिनिधि सदस्य लालबहादुर वली ‘विश्व’ को नेतृत्वमा उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टीकी सचिवालय सदस्य तथा जनयुद्धकालीन चर्चित ‘गोरखा जेल ब्रेक’ घटनाकी योजनाकार उमा भुजेल ‘शिलु’ माथि गरिएको कारबाहीपछि पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच उनीहरूको विद्रोह सार्वजनिक भएको हो ।

    पार्टी छोड्नेमा केन्द्रीय प्रतिनिधि सदस्य वलीसहित जिल्ला कमिटी सचिवालय सदस्य नन्द वली र महेन्द्र वली, जिल्ला सदस्य पूर्णबहादुर वली र धनबहादुर केसी रहेका छन् । त्यस्तै स्थानीय कमिटीका तिलक महरा, मनवीर घर्ती मगर, लोकेन्द्र डाँगी, रुद्र केसी, हिरालाल वली, कमला वली, निर्मला वली र लेखनाथ डिसीले पनि पार्टी परित्याग गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    उनीहरूले जारी गरेको संयुक्त वक्तव्यमा वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच एकता, पुनर्गठन, ध्रुवीकरण र केन्द्रीकरण आवश्यक रहेको उल्लेख गरेका छन्। उनीहरूले विप्लव नेतृत्वको पार्टीले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकताको आवश्यकतालाई आत्मसात् गर्न नसकेको आरोप लगाएका छन्।

    वक्तव्यमा जनयुद्ध र जनआन्दोलन हुँदै लामो समयदेखि विप्लव नेतृत्वको पार्टीमा सक्रिय रहे पनि पछिल्लो समय पार्टीभित्र फरक मत राख्ने नेतामाथि कारबाही गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाइएको छ ।

    हालै बसेको पार्टी बैठकमा स्थायी समिति सदस्य ‘शिलु’ र पिबिएम ‘असल’ले कम्युनिष्ट पार्टीको पुनर्गठन तथा एकताको विषय उठाउँदा त्यसबारे गम्भीर छलफल गर्नुको सट्टा उनीहरूमाथि कारबाही गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

    पार्टी परित्याग गर्ने समूहले अब ‘शिलु’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुने घोषणा गरेको छ । उनीहरूले विप्लव नेतृत्वबाट वर्तमान अवस्थामा क्रान्ति सम्पन्न हुन नसक्ने निष्कर्षसमेत सार्वजनिक गरेका छन् ।

    संयुक्त वक्तव्यमा पछिल्लो ‘जेनजी’ आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति थप जटिल बनेको उल्लेख गर्दै राष्ट्रियता र जनताको पक्षमा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको दाबी गरिएको छ ।

    विप्लव नेतृत्वको नेकपा पहिलोपटक आमनिर्वाचनमा सहभागी भएको थियो । उक्त निर्वाचनमा पार्टीले देशभरबाट करिब २३ हजार मत प्राप्त गरेको थियो । त्यसयता पार्टीको राजनीतिक दिशा र नेतृत्व क्षमताबारे पार्टीभित्रै बहस र असन्तुष्टि बढ्दै गएको देखिएको छ ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेकपाबाट तीन मन्त्री नियुक्त
    रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा
    विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा
    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
    बागमतीमा राजनीतिक संकट
    चल्ला बोकेर आन्दोलनमा उत्रिए पोल्ट्री व्यवसायी, १२ बुँदे मागपत्र बुझाइयो सरकारलाई

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      नेकपाबाट तीन मन्त्री नियुक्त

    • २.
      रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा

    • ३.
      विभिन्न प्रलोभनमा परि विद्यार्थीहरू डिजिटल ठगीको मारमा

    • ४.
      प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

    • ५.
      बागमतीमा राजनीतिक संकट

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ७.
      चल्ला बोकेर आन्दोलनमा उत्रिए पोल्ट्री व्यवसायी, १२ बुँदे मागपत्र बुझाइयो सरकारलाई

    • ८.
      मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.