• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

एल्गोरिदमको पर्दापछाडि

अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

इबोलाले बढायो गर्भवतीको जोखिम

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

इबोलाले बढायो गर्भवतीको जोखिम


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • बुनिया (कङ्गो) । पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवतीहरूले स्वास्थ्य संस्थामा जान छोडेपछि मातृ मृत्युदर तीव्र रूपमा बढेको छ । स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय सङ्कट सिर्जना भएको चेतावनी दिएका छन् ।

    Advertisement

    इटुरी प्रान्तको राजधानी बुनियाकी २६ वर्षीया गर्भवती एस्थर लुटुलाले ज्वरो आएमा इबोला सङ्क्रमित ठहरिएर एकान्तवासमा राखिने डरले प्रसवपूर्व स्वास्थ्य परीक्षण नै बन्द गर्नुभएको छ । “रोग कम भएपछि मात्रै अस्पताल जाने सोचमा छु”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो धारणा अहिले धेरै गर्भवतीमा देखिएको छ ।

    संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) का कङ्गोस्थित उप–देश प्रतिनिधि नोएमी डाल्मोन्टेका अनुसार प्रकोप घोषणा हुनुअघि इटुरीमा प्रसूति जटिलताका कारण सातामा औसत ३.१ जना महिलाको मृत्यु हुने गरेकोमा मे २५ देखि जुलाई १९ सम्म यो सङ्ख्या बढेर ५.८ पुगेको छ । स्वास्थ्य संस्थाबाहिर हुने मातृ मृत्यु पनि सोही अवधिमा ९.१ प्रतिशतबाट १७.४ प्रतिशत पुगेको युएनएफपिएको तथ्याङ्कले देखाएको छ ।

    मे १५ मा इटुरीमा इबोला प्रकोप घोषणा भएयता कङ्गोले इतिहासकै तीव्र गतिमा फैलिएको प्रकोपको सामना गरिरहेको छ । हालसम्म एक हजार ५०० भन्दा बढी जनाको मृत्यु पुष्टि भइसकेको छ । यसबीच गर्भवतीहरू अस्पताल नपुग्दा देशको पहिले नै उच्च रहेको मातृ मृत्युदर झन् बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

    डाल्मोन्टेले इबोलाबारे फैलिएका अफवाह र गलत सूचनाले मानिसहरूमा असाधारण त्रास सिर्जना गरेको बताउनुभयो । कतिपयले इबोला अस्तित्वमै नरहेको दाबी गर्ने गरेका छन् भने कतिपयले अस्पताल पुगेपछि सामान्य ज्वरोलाई पनि इबोला भन्दै जबर्जस्ती एकान्तवासमा राखिने विश्वास गरेका छन् ।

    विश्वमै बच्चा जन्माउन सबैभन्दा जोखिमपूर्ण मुलुकमध्ये कङ्गो एक हो । संयुक्त राष्ट्रसङ्घका पछिल्ला तथ्याङ्कअनुसार सन् २०२३ मा गर्भावस्थासम्बन्धी जटिलताका कारण कम्तीमा १९ हजार महिलाको मृत्यु भएको थियो । यो सङ्ख्या नाइजेरियापछि विश्वकै दोस्रो ठूलो हो । कङ्गोमा एक महिलाले औसतमा छ सन्तान जन्माउने गर्छिन् ।

    बुनियास्थित बेनेडिक्ट क्लिनिकका चिकित्सा निर्देशक डा। सोनी म्वेम्बोका अनुसार प्रकोपअघि हरेक महिना करिब ६० जना गर्भवती प्रसवपूर्व परीक्षणका लागि आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर करिब १० मा सीमित भएको छ । बुनियाकी गर्भवती एलोडी याबिरीले बिरामी भएर अस्पताल पुग्नेबित्तिकै इबोला भन्दै एकान्तवासमा राखिने डरका कारण आफू सकेसम्म अस्पताल नगएको बताउनुभयो ।

    इबोलाको हाल फैलिएको प्रकारका लागि स्वीकृत उपचार वा खोप उपलब्ध छैन । यसका साथै उपचार केन्द्रमाथि भएका आक्रमण, सुरक्षाको चुनौती र स्वास्थ्यकर्मीको अभावले सेवा प्रवाह थप प्रभावित भएको छ ।

    सहायता संस्थाहरूका अनुसार प्रभावित पाँच प्रान्तका स्वास्थ्य संस्थाले कर्मचारी र स्रोतसाधन इबोला नियन्त्रणमा केन्द्रित गरेपछि मातृ स्वास्थ्य सेवा कमजोर बनेको छ । हालसम्म कम्तीमा ४४ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने धेरै स्वास्थ्यकर्मीले तलब नपाएको विरोधमा काम छोडेका छन् । प्रकोप घोषणा भएयता स्वास्थ्य संस्था र स्वास्थ्य टोलीमाथि कम्तीमा १२ वटा आक्रमण पनि भएका छन् ।

    इटुरीको रुवाम्पारा स्वास्थ्य क्षेत्रका महामारीविद् डा। घिस्लेन मानेबाले सीमित स्रोतसाधन र तलबविहीन अवस्थामै स्वास्थ्यकर्मीहरूले दिनरात जनचेतना फैलाउने र उपचार सेवा जारी राखेको बताउनुभयो ।

    विशेषज्ञहरूका अनुसार महिलाहरू बिरामी आफन्तको मुख्य हेरचाहकर्ता हुने र स्वास्थ्य सेवामा अग्रपङ्क्तिमा पनि धेरै महिला कार्यरत रहने भएकाले उनीहरू इबोलाको बढी जोखिममा छन् । इबोला अत्यन्त सङ्क्रामक तथा प्रायः घातक रोग हो । यो रोग बान्ता, रगत, वीर्यलगायत शारीरिक तरल पदार्थ तथा दूषित सामग्रीको सम्पर्कबाट फैलिन्छ ।

    युएनएफपिएले गर्भवती महिला र महिला स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित रहने उपायबारे सही सूचना उपलब्ध गराउन नसकिए मातृ मृत्युदर अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा
    अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी
    ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
    सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
    अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु
    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

    • २.
      एल्गोरिदमको पर्दापछाडि

    • ३.
      अस्वाभाविक माग आउँदा ग्याँस अभाव भएको दाबी

    • ४.
      ‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’

    • ५.
      सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

    • ६.
      अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

    • ७.
      इबोलाले बढायो गर्भवतीको जोखिम

    • ८.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.